देब राज सुबेदी ,
पछिल्लो समय युवा पुस्तामा निकै व्यस्त रहेका लोकप्रिय गायक तथा सर्जक सरोज लामिछानेको चर्चा थप चुलिँदै गएको छ । विगत डेढ दशक देखि गीत सङ्गीतको यात्रामा निरन्तर संघर्ष गरिरहेका गायक सरोज अहिले पनि उत्तिकै शसक्त र उर्जाशील भएर लागिरहेका छन् । २०४९ साल माघ २ गते सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको फटकशिलामा बुबा उत्तममणि लामिछाने र आमा सावित्रा लामिछानेको कोखबाट जन्मिएका गायक लामिछाने पाँच जना परिवार मध्यका उनी कान्छा छोरा हुन् । सानै उमेरदेखि गीत लेख्न , गाउँन, नाच्न कार्यकम चलाउन र अभिनय गर्न निकै रुचि र चासो राख्ने लामिछाने बहु आयामिक कलाकारका रुपमा स्थापित भएका छन् । पछिल्लो समय नेपालमा काँठ क्षेत्रका गितहरु ओझेल पर्दै गएको अवस्थामा लामिछाने अहिले तिनै काँठको धरोहरको रुपमा परिचीत छन् र उनको आगमन संगै काँठे भाकाले समेत नंया उचाई हासिल गरेको छ ।
लोक दोहोरी गित भन्ने बित्तिकै पछिल्लो समय युवापुस्ताले खासै रुचाएको पाइदैन तर लामिछानेको गित भने युवापुस्ता माझपनि लोकप्रिय रहेको छ भने युवाहरुको मनमा छाएका छन् । आफ्नो स्कूले जीवन देखिनै हरेक प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा भाग लिएर प्रथम , द्वित्तीय र तृतीय स्थान हासिल गर्ने गरेका लामिछानेले थुप्रै मेडल तक्मा तथा पुरस्कारहरु प्राप्त गरेका छन् । गाउँ बस्तीको वास्तविक र यथार्थ जीवनलाई बुझेका लामिछानेले गाउँ घरकै कुनै पनि घटनालाई टपक्कै टिपेर गीतको मालामा उन्ने गरेका छ्न र यो नै उनको मुख्य विशेषता पनि हो । प्राय मौलिक पनका गीतहरू सृजना गर्न माहिर उनी मौलिकतामा नै उनको बढी दख्खल देखिन्छ । कडा परिश्रम र मेहनत गर्न मन पराउने उनका अधिकाशं गीतहरु भिउजका आधारमा करोड तथा आधा करोड भन्दा माथि दर्शकको नजर परेको देख्न सकिन्छ । उनको अधिकांस गीतहरू सरोज लामिछाने नामको आफ्नै युट्युब च्यानलमा रहेका छन् । उनी भन्छन् ” मासिक ३० देखि ५० हजार सम्मको हाराहारीमा युट्युब बाटै आम्दानी हुन्छ ” । सुरुवाती चरणमा निकै कडा दुःख कष्ट, र मेहनतका साथ आफूलाई व्यवसायिक र सफल गायकको रुपमा स्थापित हुने सपना देखेका गायक आज साँच्चै सम्पूर्ण दर्शक तथा लोक पारखिहरुको पहिलो रोजाई र रूचाइमा पर्ने गरेका छन् । रेडियो मध्यपूर्वमा लोक गीतको कार्यक्रम लोक सुसेली सञ्चालन गर्दै यात्राको थालनी गरेका गायक त्यसपछि एकाएक आफ्नो सिर्जना र गायन यात्रालाई पेशा कै रुपमा अघि बढाएका थिए । पहिलो सांगीतिक कोशेली,नरुनु है ए आमा बाट आफ्नो व्यवासायिक यात्राको प्रारम्भ गरेका लामिछानेका थुप्रै प्रतिष्ठित गीतहरू बजारमा चर्चाको शिखरमा छन् , जसका गीतहरू , मेला ,महोत्सव , चार्डपर्व , जात्रामात्रा , बाजागाजा, बिहे,व्रतबन्ध तथा अन्य सांस्कृतिक कार्यक्रमहरुमा गुञ्जिने गर्दछन् । लामिछानेको गितमध्य बदाम खाको , सुन्तला छोडाको , धानको बाला लसरी पसरी , कोठा भाडा तिर्दिने मैले हो , मूसौरी, दुई खोली दोभान , हे मेरो सानु , कहाँ होला र सुन जस्तो पित्तल , सालको पात हे मायाँ टपरी दुना ( घर त ठिमी) खाडा देभि माई , चन्द्रागिरीमा, माछी कहाँ छ खोलिको लेउमा छ , सानुमाया हासेर बोल , मुड आयो , जिन्दगी के छ र , के चाहिँ गर्ने हो, जस्ता सयौं गीतहरू प्रचलित छन् । बच्चा देखि वृद्ध बा आमा सम्मको प्रिय बनेका उनी आफ्ना विभिन्न गीतहरु मार्फत थुप्रै संघ संस्थाहरूबाट अवार्डहरु प्राप्त गरेका गायक,कार्यक्रमको शिलशिलामा विदेशका विभिन्न शहरहरूमा पुगेर आफ्नो सांगीतीक प्रस्तुति दिइसकेका छन् । देश तथा विदेशमा उत्तिकै लोकप्रिय बनेका गायकले पछिल्लो समय व्यवसायिक रूपमा आफ्नो दोहोरी साँझ पनि सञ्चालन गरेर थुप्रै कलाकारहरुलाई रोजगारी समेत दिईरहेका छन् । मिडियाको मूलधारमा रहेर काम गरिरहेका लामिछानेले, रेडियो सेफर्ड हुँदै ,अरनिको टेलिभिजन, रेडियो सिटी सहित पछिल्लो समय रेडियो काठमाडौंमा लोकप्रिय कार्यक्रम ईन्द्रेणी र लोक माला कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन् भने उनले आफ्नो व्यवसायको रुपमा साईनो रोधी घर पनि लाजिम्पाटमा सञ्चालन गर्दै आएका छन् । रेडियोमा बोल्न रुचाउँने उनी श्रोता माझपनि उत्तिकै लोकप्रिय छन् । उनको फोन इन कार्यक्रममा सयौंको संख्यामा स्रोताहरुको फोन आउने गर्दछ भने आएका प्रतिक्रियालाई ग्रहण गर्दै आफुमा निखारता ल्याउने गरेका छन् । लामिछाने सञ्चारकर्मीको रुपमा समेत परिचीत रहेका छन् । गीतसङ्गीत सङ्ग सम्बन्धित विभिन्न संघ संस्थाहरुमा उच्च ओहोदामा रहेर काम गरेका उनको समाज रपन्तरणमा उल्लेखनीय योगदान रहेको पाइन्छ ।