सम्पर्क

बिजनेस

राजनितीसँगै कृषी पेशामा दुलाल

बिजनेस, ब्रेकिङ न्युज २
लामो समय सम्म राजनीती यात्रामा क्रियाशिल रहनुभएका मदन दुलाल (केसी) ले राजनिती यात्रा सँगै कृषी पेशा पनी सँगै लाग्नु भएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिका वडा नं– १३ का राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता मदन कुमार केसी दुलालले राजनिती भन्दा पनी कृषी पेशा राम्रो हो भन्दै कृषी उत्पादनमा लाग्नु भएको छ । उँहाले पुर्खाले गरेका कामलाई निरन्तरता दिदै समाजसेवा गर्ने उद्धेश्य राखेर आफुले गाँउमा नै बसेर अर्गानिक तरकारी खेती गर्न लागेको बताउँनुभयो । गाँउमा नै रहेको माटोलाइ नगदमा परिणत गरेर घर खर्चको ब्यबस्थापन गर्न पनी सकिने र सोही अर्गानिक तरकारी आफुले खाँदा आफू पनी निरोगी हुनुका साथै खर्च पनी कम हुने , आफ्नो बारीमा तरकारी खेती गर्दा शारिरिक ब्यायाम पनी हुने हँुदा त्यस तर्फ लागेको बताउनुभयो । केसीले बिगतका दिनहरुमा आफुले तरकारी किन्दा हुने गरेको खर्च बचेको र उल्टै दैनिक १ हजार र...

ठुलो सिरुवारी साना किसान सहकारीको साधरण सभा सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. १३ मा रहेको ठुलो सिरुवारि साना किसान कृषि सहकारि सस्थाको तेश्रो साधरण सभा शनीवार सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा न १३ का वडा अध्यक्ष एवँ नगर सामाजिक बिकास शाखाका संयोजक रामप्रसाद गौतमले मैन बत्ति बालेर साधरण सभाको उद्घाटन गर्नुभएको थियो । साधरण सभाको उद्घाटन गर्दै गौतमले बर्तमान समयमा सहकारी क्षेत्रको बिकासका लागी नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उँहाले सहकारीका माध्यमबाट गरेका हरेक कार्यक्रमहरु सफलतातिर अगाडि बढेको बताउँदै ठुलो सिरुवारिमा भएको ठुलो सिरुवारी साना किसान कृषी सहकारी सँस्थाले ठुलो सिरुवारिकै पहिचान बोकेर कामगरिरहेको बताउनुभयो । उँहाले सहकारीहरु धेरै भएतापनी ठुलो सिरुवारीमा चार वटा सहकारी सक्रीय रहेको पाइएको हुँदा निष्क्रीय रहेका सहकारीहरुलाई पनी समेटेर एकिकृत गर्दै स...

ज्यामिरे साना किसानको साधारणसभा जग्गादाना सम्मान र व्यवस्थापन हस्तान्तरण

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
पाण्डब अधिकारी ज्यामिरे मेलम्ची नगरपालिका वडा नं. ९ मा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्था लि. को तेस्रो बार्षिक साधारण सभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले सहकारीको मर्म र भावना अनुरूप शेयर सदस्यहरुलाई कृषि, पशु लगायतका व्यवसायमा लाग्न व्यवसायिक योजना साथ अघि बढ्न आग्रह गर्नुभयो। सहकारीको माध्यमबाट किसानलाई आत्मनिर्भर बनाई आम्दानी बृद्दि गराउने नगरपालिकाको रणनीति रहेको बताउँदै प्रमुख अतिथि अर्यालले उत्पादन, प्रशोधन , बितरण, प्रबर्द्दनको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो। ’कृषिमा अत्याधिक व्यक्ति संलग्न रहे पनि हाम्रो परम्परागत निर्वाहमुखी खेतीका कारण फाइदा लिनु पर्ने वर्गले फाइदा लिन सकेको छैन।’– नगर प्रमुख अर्यालले भन्नुभयो – ’नगण्य संख्यामा केही ...

शुक्रबारदेखि माथिल्लो बलेफी ‘ए’ को संरचनाको परीक्षण गरिने

बिजनेस, ब्रेकिङ न्युज १
सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको संरचनामा पुस २ गते (शुक्रबार) देखि पानी भर्न सुरु गरिने भएको छ । आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि संरचनामा पानी भरेर कुनै समस्या भए नभएको हेर्न लागिएको हो । अहिले आयोजनामा जडान भएका उपकरणहरूको परीक्षण भइरहेकाले संरचनामा पानी भर्ने मिति तय गरेको प्रवद्र्धक बलेफी हाइड्रो पावर कम्पनीका सञ्चालक उमेश कसजुले जानकारी दिनुभयो । उहाँका अनुसार पानी भरेर संरचनाको अवस्था ठिक भए नभएको हेर्न करिब २ साताको समय लाग्नेछ । ‘उपकरणहरूको आन्तरिक परीक्षण सकिएपछि आयोजनाको बाँध, सुरुङ, पाइपलाइनमा पानी हालेर कुनै समस्या भए÷नभएको हेर्छौ,’ उहाँले भन्नुभयो, ‘संरचनाको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ ।’ उहाँले सबै चरणको परीक्षण पूरा गरे विद्युत उत्पादन सुरु गर्न बढीमा १ महिना लाग्ने पनि बताउनुभयो । आयोजनाको स...

पोखरे भञ्ज्याङ् साना किसानको साधारणसभा सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज २
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं –७ दुवाचौर स्थित पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वडा न ७ को कार्यालय प्राङ्गणमा आयोजित साधारणसभाको उदघाटन वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सहकारीको माध्यम बाटै समाजको आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुने र समुदायले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर समयको माग बमोजिम आधुनिक पशुपालन तथा कृषि प्रविधिमा लाग्न आग्रह गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले सहकारी मार्फत एकीकृत भएर ब्यबसायिक कृषि तथा पशुपालन गर्न आग्रह गर्नुभयो । उहाँले नगरले कृषी र पशुमा दिएको अनुदान , बिमा लगायत कार्यक्रमका बारेमा जानकारी गराउनुभयो । संस्थाका अध्यक्ष कुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाका कुल शेयर सदस्य ५सय ७० जना रहे...

सिप सिकाएर आत्मनिर्भर बनाउन बाँस, निगालो तालिम

बिजनेस, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर २ बरुवामा बाँस निगालो प्रसोधन तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बाँस,निगालो सम्बन्धी हस्तकला सिप विकास तालिम बुधबार सुरु भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा भएको सो तालिममा आठ जना सहभागी छन् । वडा नं. २ बरुवाको विकट गाउँ डालेमा सञ्चालित तालिम एक महिना सञ्चालन हुने उद्यम विकास शाखा प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘आफ्नै ठाउँमा पाइने बस्तुको प्रयोग गरेर व्यापार गर्नु नै सबैभन्दा राम्रो व्यवसाय हो,’ पौडेलले भन्नुभयो,‘सधैंभरी परनिर्भर भएर बस्नाले हाम्रो गाउँको विकास हुन सक्दैन । सबैले यहीँ ठाउँको विकासका लागि लाग्नुपर्छ । त्यसका लागि यस्तै सानोसानो कुराले समेत गाउँको मुहार फेरिन्छ ।’ तालिमको उद्देश्यबारे जानकारी गराउँदै पौडेलले सिप सिकाएर आत्मनिर्भर बनाउन तथा खेर गइरहेको बाँ...

मेलम्चीमा करदाता शिक्षा तथा सम्मान कार्यक्रम

बिजनेस, समाचार
देवराज सुवेदी मेलम्ची नगरपालिकाले नगरपालिकाभित्रका व्यापारी, व्यवसायी, उद्योगी लगायतका व्यक्तिहरुका लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेलम्ची नगरपालिकामा सम्पन्न कार्यक्रममा कर सम्बन्धी विभिन्न जानकारीका साथै कर तिर्नुका कारणबारे जानकारी गराइएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव उमेशराज रिमालले राष्ट्रको विकासमा करको योगदान रहेको बताउनुभयो । कार्यक्रममा अर्थ मन्त्रालयका सहायक अधिकृत रघुनाथ पराजुलीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । प्रशिक्षकद्वय रिमाल र पराजुलीले सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै कर तिर्नुको फाइदा तथा कर सम्बन्धी विभिन्न नियमहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उद्यमी ...

केक काटेर ईन्द्रावती साना किसानको साधारणसभा सम्पन्न

बिजनेस, समाचार
इन्द्रावती गाउँपालिका वडा नं २ कुञ्चोक स्थित इन्द्रावती साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुञ्चोक जौडाँडामा रहेको महेन्द्र माध्यमिक विद्यालयको प्रांगणमा आयोजित चौथो साधारणसभाको उदघाटन नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद , पुर्व कानुनमन्त्री शेरबहादुर तामाङले चार वटै केक काटेर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री तामाङले सहकारीको माध्यम बाटै समाजको आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुने र समुदायले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर समयको माग बमोजिम आधुनिक पशुपालन तथा कृषि प्रविधिमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तामाङले सहकारी र स्थानीय कृषकहरुले समयानुकूल नयाँ तरिकाबाट आय आर्जनका कार्यक्रमको प्रस्तावना ल्याएमा माथिल्लो तहबाट अनुदान र बजेट व्यवस्थापन...

प्रयास महिला सहकारीको अध्यक्षमा तामाङ

बिजनेस, समाचार
चौतारा साँगाचोकगढि नगरपालिका वडा १२ मा रहेको प्रयास महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो अधिवेशन, नवौं साधारण सभा तथा १०औं वार्षिक उत्सव सम्पन्न भएको छ । अधिवेशनले धामो तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति समेत निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा मनमाया नेपाल, सचिवमा अस्मीता विक, कोसाध्यक्षमा नानिमाया राना, सह –सचिवमा विनु रिसाल र सदस्यहरुमा विन्दा पौडेल र यसोदा गिरी रहनुभएको छ । सो कार्यक्रमका प्रमुख अतिथि वाग्मति प्रदेशका पुर्व सामाजिक मन्त्री युवराज दुलालले संस्थाको संस्थागत र भौतिक विकासका लागी आफुले आवश्यक पर्ने वजेट विनियोजनमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले सहकारी महिलाहरुको भावना उच्च वनाउने कार्यमा लागेको र सवैको सहयोगले नै यसको गरिमा उच्च हुने समेत बताउनुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढि नगरपालिका उपप्रमुख जानुका पराजुली लगायतले शुभकामना मन...

ज्यामिरेमा तरकारी संकलन केन्द्र बन्ने

बिजनेस, ब्रेकिङ न्युज २
पाण्डब अधिकारी मेलम्ची नगरपालिका–९, ज्यामिरेमा रहेको ज्यामिरे साना किसान कृषि सहकारी संस्थाको तरकारी संकलन केन्द्र भवन बन्ने भएको छ । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको भवनको सोमबार बिहान शिलान्यास गरिएको छ । शिलान्यास भवनका जग्गादाता मध्यका गोपालबहादुर खड्काले गर्नुभयो । भवन निर्माण गर्न सहकारीको लागि गोपाल सहित उहाँका छोरा नवराज, भतिजहरु किरणदीप र प्रकाशले जग्गादान गर्नुभएको थियो । भवन बनाउन खड्का परिवारका ४ घरपरिवारले सहकारीको लागि १२ आना जग्गादान दिनुभएको हो । तरकारी संकलन केन्द्र निमार्णको लागि मेलम्ची नगरपालिकाको २० लाख आर्थिक सहयोग रहेको सहकारीका अध्यक्ष केशव बिष्टले जानकारी दिनुभयो । केन्द्र भवन निमार्ण फाल्गुन १५ गतेसम्म सम्पन्न गरिसकिने सहकारीले जनाएको छ ।...