सम्पर्क

तिब्बतमा अलपत्र परेका नेपाली आज आउँदै बाह्र्बिसेद्धारा निशुल्क बससेवा

सिन्धुपाल्चोक जिल्ला बाह्र्बिसे नगरपालिकाले गत हप्ता आएको बाढीका कारण रसुवा केरूङ तिब्बतमा अलपत्र परेका नेपालीहरुलाइ घर जानको लागी नगरपालिकाले निशुल्क बस दिएको छ । बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा हामीले यो सेवा उपलब्ध गराएको बताउँनु हँुदै मानब सेवाका लागी नगरपालिका सँधै तैयार रहेको बताउँनु भयो । असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काउने भए पछी नगरपालिकाले यातायातको वयवस्था गरिदिएको हो ।कामको सिलसिलामा त्यहाँ रहेका नेपाली हरुलाइ घर फर्काउँने काममा सहजताका लागी यो व्यवस्था गरिएको हो । गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत् आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो ।अलपत्र परेका २०३ जना नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका भएर नेपाल ल्याउने तयारी गरिए पछी उक्त बसको व्यवस्था गरिएको नगर प्रमुख बस्नेतले बताउँनु भयो ।रोजगारीका सिलसिलामा गएकाहरु, चालकलगायतका नेपालीलाई बाढीपछि केरुङमा सुरक्षित राखिएको थियो ।