सम्पर्क

बिदेश

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

बिदेश, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, १५ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुग्नुभएका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्र्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभएको हो । दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिनुभएको थियो । युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं सा...

नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, १७ कात्तिक : नेपालको विकासमा सक्रिय १६ विकास साझेदारले यहाँको सामाजिक–आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् । विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा बिहीबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ । सरकार, विकास साझेदार, नागरिक समाज सङ्गठन, निजी क्षेत्रका सरोकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने पुनः प्रतिबद्धता व्यक्त ग...

टुँडिखेलमा फूलपाती बढाइँ

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको साताँै दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो । बडादसँैका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने ...

नेपालीलाई उद्धार गर्न इजरायल गएको विमान आज राति १ः३० बजे आइपुग्ने

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, समाचार
काठमाडाैँ २५ असोज : इजरायलमा हमास समूहको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई उद्धार गर्न गएको नेपाल एयरलाइन्सको विमान आज राति १ः३० बजे काठमाडौँ आइपुग्ने भएको छ । विमान दुई सय ५३ नेपाली नागरिक लिएर इजरायलबाट काठमाडौँका लागि उडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाली नागरिकको उद्धारका लागि विमान आज बिहान ३ः३० बजे दुबई हुँदै त्यसतर्फ प्रस्थान गरेकाे थियो । उद्धारका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद विमानमा आफैँ इजरायल जानुभएको थियो । इजरायलबाट स्वदेश फर्कन चाहने नेपाली ल्याउनका लागि नेपाल एयरलाइन्सको दुई सय ७४ सिट क्षमता भएको वाइडबडी विमान इजरायल गएको हो ।शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । एक जना नेपालीको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्...

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, २४ असोज : इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ । नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुहुने उहाँका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए । यसैगरी परराष्ट्र मन्त्रालयले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको उद्धार र स्वदेश फिर्ताका सम्बन्धमा हालसम्म भएका पहलकदमी तथा प्रगतिबारे जानकारी गराएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहने नेपालीका लागि नेपाल एयरलाइन्सको दुई सय ५० सिट क्षमताको वाइडबडी विमान आज राति इजरायलको तेल अविवतर्फ प्रस्थान गर्ने जानकारी दिनुभयो । उहाँले भन्...

चीन भ्रमण पूर्णरुपमा सफल : प्रधानमन्त्री

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १३ असोज: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु ।” नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो । महासभामा सहभागी भई प्रधानमन्त्री दाहाल त्यतैबाट जनवादी गणतन्त्र चीनको भ्रमणमा जानुभएको थिय...

राष्ट्र र राष्ट्रियताको प्राथमिक बयान

जिबनशैली, बिदेश, राजनिती, विचार, विचित्र संसार
भवानी बराल राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफुलाइ लागे अनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ । अथवा कुनै न कुनै रुप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाइ स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भाष्य निर्माण गरिँदो छ । एउटा यस्तो भाष्य जहाँ परम्परागत राजतन्त्र र हिन्दु धर्मसापेक्ष पुनस्थापित भयो भने देश रहने, नत्र देशै नरहने आतंकी भाका प्रयोग हुँदै आएको छ । केही हदसम्म यो कुविचारले घर गर्दै गरेको पनि देखिन्छ ।राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता जस्ता शब्दावलीमा गलत अर्थ लगाएर फैलाइएको भ्रम चिर्न नसक्तानै आजको राष्ट्रिय राजनीति प्रतिगमनउन्मुख हुने क्रममा छ । प्रतिगमनको यो पारो बढ्दै जाने हो भने यसले अग्रगमनको सिकार गर...

तातोपानी नाकाबाट मानव आवतजावत सहिजकरण गर्न सांसद सापकोटाको नेतृत्वमा सर्बपक्षीय छलफल

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
९ भदौ, काठमाडौं । नेपाल र चीनबीच दशैं अघि नै तातोपानी नाकाबाट मानव आवतजावत गर्ने सहमती कार्यान्वयन गर्न तयारी तिब्र पारिएको छ । तातोपानी नाका रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको नेतृत्वमा सो को तयारी स्वरुप शनिवार काठमाडौंमा सर्बपक्षीय छलफल भएको हो । छलफलमा नेपाल चीन व्यापारिक तातोपानी नाकाबाट मानव आवतजावतको व्यवस्थापनको विषयमा महत्वपूर्ण छलफल भएको सांसाद सापकोटाले जानकारी दिए । उनले भने ‘बैठकमा शुक्रबार प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीसँग भएको भेटको जानकारी, तातोपानी क्षेत्रलाई व्यवस्थित गर्ने, सो क्षेत्रको भग्नावशेस हटाउन संघीय सरकारलाई आग्रह गर्ने, लिपिङ क्षेत्रको बजार पुनर्स्थापित गर्ने विषयमा छलफल भयो ।’ सहभागीका अनुसार बैठकमा चीनको सुरक्षा संवेदनशीलतालाई समेत ख्याल गर्दै मानव आवतजावतको तयारी गर्ने, गाउँ कार्यप...

तातोपानी नाकाको विषयमा सिन्धु१ का जनप्रतिनिधि र व्यवसायीद्वारा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण, चीन भ्रमणका क्रममा नाकाको पूर्ण सञ्चालन र मानसरोबर रुटको विषय उठाउने प्रधानमन्त्रीको प्रतिवद्धता

बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताउँनभएको छ। तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर शुक्रबार विहान बालुवाटार पुग्नु भएका सांसद माधव सापकोटा ’सुबोध’ नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जाहेर गर्नु भएको सञ्चार कर्मी श्रीधर न्यौपानेले जानकारी दिनु भउको छ । उँहाका अनुसार प्रधानमनत्रीले ’प्रचण्ड’ले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोबर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउँनु भएको छ। शुक्रबार विहान सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधिहरु र तातोपानी क्षेत्रका व्यवसायीहरु...

भोटेकोशीका विद्यार्थीले छात्रवृत्ति सहित रसियामा पढ्न पाउँने

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा र रसियाका राजदुत महामहिम आलेक्सी या नोभिकोव (Mr. lAekseif\ A. Novikov ) बिच भेटवार्ता भएको छ । यहि श्रावण २८ आइतबार भोटेकोशी गाउँपालिका कार्यालयमा नेपालका लागि रसियाका राजदुत महामहिमसँग भएको भेटमा राजदुतले भोटेकोशी गाउँपालिकाका विद्यार्थिहरुलाई उच्च शिक्षा हासिलको लागि छात्रवृत्ति प्रदान गरि अध्ययनको लागि रसिया पठाउने व्यवस्था मिलाउँने प्रतिबद्धता जनाएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । दुई पक्षबिच भेटवार्ता तथा समसामयिक छलफलका क्रममा रसियाको राजदूतावासले गाउँपालिकाले गरेको हरेक विकास निर्माणका क्षेत्रहरुमा सहयोग गर्ने, लगायतका विषयमा राजदुतले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । राजदुतलाई अध्यक्ष शेर्पा लगायत गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर बस्नेत तथा पालिकाका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । &nb...