सम्पर्क

सामुदायिक बन दिवस को अबशरमा ब्यक्तीत्व कला सहीत बृक्षरोपण

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ७मा रहेको ज्ञानमन्दीर नमुना माबीमा “सामुदायिक वनको प्रभावकारितातीनै तहको सरकार र समुदायको सहभागिता “ भन्ने मुल नाराका साथ सामुदायिक बन दिवस मनाइएको छ ।
चौतारा सिन्धुपाल्चोक सामुदायिक बन उपभोक्ता महासघ नेपाल जिल्ला महासघ सिन्धुपाल्चोक को आयोजना , चौतारा सागाचोकगढी नगरपालिका वडा नँ ७ को सहयोग र डिभिजन बन कार्यालय सिन्धुपाल्चोक र श्री ज्ञान मन्दिर नमुना मा. बि. मेल्चौरको समन्वयमा “सामुदायिक वनको प्रभावकारितातीनै तहको सरकार र समुदायको सहभागिता “ भन्ने मुल नाराका साथ सामुदायिक बन दिवस २०८१ को अवसर पारेर शुक्रबार श्रावण २५गते चौतारा सागाचोकगढी नगरपालिका अन्तर्गत मा. बि. स्तरिय ब्यक्तीत्व कला प्रतियोगिता कार्यक्रमको आयोजना गरेर दिबश मनाएको हो ।सामुदायिक बन ब्यवस्थापन्मा स्थानिय सरकार र समुदायको भुमिका विषयक उक्त बक्तृत्व कला प्रतियोगितामा नगरपालिका अन्तर्गत संचालित १७ वटा मा. बि. का छात्र छात्राहरुले सहभाता जनायका थिया । सो प्रतियोगितामा इर्खु मा. बि. इर्खु का छात्रा सुनिता तामाङ प्रथम, कालिका देबि मा. बि. कुबिन्डेका छात्र सबिन श्रेष्ठ,दितिय सेतिदेबी पन्चकन्या मा. बि कुबिन्डेका छात्र नवराज लाम तृतिय र श्री कृष्ण रत्नगंगा मा. बि. चौताराका छात्रा सबिना श्रेष्ठ ले सान्तोना स्थान प्रप्त गर्नुभयको थियो ।सामुदायिक बन उपभोक्ता महासघ नेपाल बाग्मती प्रदेश महासघका अध्यक्ष बिनोद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा चौतारा सागाचोक गढी नगरपालिका वडा नँ ७ का वडा अध्यक्ष डम्बर तामाङ र वडा नँ ६ का वडा अध्यक्ष हेम बहादुर तामाङ रहनुभयको थियो ।
प्रतियोगिताको निर्णायक मन्डलमा चौतारा सागाचोकगढी नगरपालिका का शिक्षा शाखा का श्रोत ब्यक्ति राजु पराजुली, डिभिजन बन कार्यालय सिन्धुपाल्चोकका अधिकृत भक्त श्रेष्ठ र सामुदायिक बन उपभोक्ता महासघ नेपाल बागमती प्रदेश महासघंका सचिवालय सद्स्य शिव नेपाल रहनुभयको थियो । कार्यक्रममा वडा सद्स्यहरु, स्थानिय महासघका पदाधिकारिहरु, सामुदायिक बन समुहका पदाधिकारिहर, नेपाली सेना, नेपाल प्रहरी र श्री ज्ञान मन्दिर नमुना मा. बि. का प्र. अ पुन्यप्रसाद गजुरेल, श्री गोल्मादेबी मा. बि. का प्र. अ. ज्ञानबहादुर तामाङ लगायत बिद्यालयहरुका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।सामुदायिक बन उपभोक्ता महासघ नेपाल जिल्ला महासघ्का सिन्धुपाल्चोकका अध्यक्ष जनकराज गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियो सुन्नकोशिका स्टेसन मेनेजर यज्ञ दंगालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन जिल्ला महासघका सहसचिव बिस्नु ढुङ्गानाले गर्नुभयको थियो ।यसै बिच बलेफि गाउपालिका वडा न ६ स्थित डुडेगैरामा भुक्षय नियन्त्रणको लागि बासको बिरुवा र सालको विरूवा रोपिएको छ।कार्यक्रम बलेफि ६ निवासी सुजता पराजुलि अध्यक्षतामा गर्नु भएको थियो भने। बलेफि ६ का वडा अध्यक्ष तेज बहादुर पराजुलीको प्रमुख आतिथ्यतामा वडाका जनप्रतिनिधिहरू पाटिका प्रतिनिधिहरू शिक्षकहरु र विधार्थीहरु र स्थानियको उपस्थितिमा पहिरो जाने स्थानहरूको पहिचान गरि ५०० माथि बिरुवा रोपिएको कार्यक्रम संचालिका सुजता पराजुलिले बताउनु भयो ।दिवसकै अवसरमा डिभिजन बन कार्यलय सिन्धुपाल्चोक को सहयोगमा बिभिन्न स्थानहरुमा बृक्षारोपण कार्यक्रम समेत गरिएको कुमार बस्नेतले जानकारी दिनु भयोे ।