सम्पर्क

बिदेश

तोडफोड र आगजनीपछि सिंहदरबारको अवस्था : अधिकांश मन्त्रालयका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति, लुटपाट कयौं सामग्री लुटपाट

कृषि, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ भदौ : भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा ठूलो मानवीय क्षति भएसँगै मङ्गलबार प्रदर्शनले उग्ररूप लिएको थियो । त्यसक्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशभरका महत्त्वपूर्ण संरचनामा अपुरणीय क्षति भएको छ । गोरखा भूकम्पपछि भर्खरै पुनःनिर्माण सम्पन्न भएको सिंहदरबारस्थित पुरातात्विक महत्त्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकांश भाग जलेर नष्ट भएका छन् । आगजनी भएको २४ घन्टासम्म पनि सिंहदरबारभित्रका अधिकांश मन्त्रालयका भवनबाट धुँवा आइरहेको छ । गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ...

सुरक्षा निकाय द्धारा शान्ती सुरक्षामा सहयोग गर्न अनुरोध

अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
नपाली सेना, प्रहरी प्रधान कार्यलय ले शान्ती सुरक्षामा सहयोग गर्न देसबाीलाइ आग्रह गर्दै यस अबस्थामा केही अराजक ब्यक्तीहरुबाट हुन सक्ने सम्भाबीत खतारहरुबाट बच्नका लागी अनुरोध सेमत गरेको छ यसका लागी सेनाले आफ्नो घर वरपर कुनै उच्छृङ्खल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । जसका लागि हेल्पलाइन नम्बर ०१–५९७९००० मा फोन गरी जानकारी दिन सेनाले आग्रह गरेको हो । जेन–जी को आन्दोलनका कारण प्रधान मन्त्रीले राजीनामा समेत दिइ सक्दा पनी स्थिती निउन्त्रणमा नआए पछी नेपाली सेना ले देस,नागरिक, सार्वजनीक सम्पती सुरक्षाका लागी नेपाली सेना २४ गते राती १० बजे बाटै सुरक्षा निकायलाइ परिचालन गरेको हो । यसै बिच नेपाल प्रहरी प्रधान कार्यलय प्रहरी महानिरिक्षकको सचिवालय बाट पनी शान्ती सुरक्षा का लागी सबैमा अनुरोध गरेको छ ।  ...

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २५ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिकतर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । सेवाका लागि तयार छौः वायुसेवा सञ्चालक सङ्घ वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति ...

जेन–जीको प्रदर्शनमा भएको घटना प्रती महासंघद्धारा भत्र्सना

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ — जेन–जीको प्रदर्शनको क्रममा भएको घटनाको नेपाल पत्रकार महासंघले निन्दा र भत्र्सना गरेको छ । नेपाल पत्रकार महासघंका महासचिब राम प्रसाद दाहाल द्धारा जारी बिज्ञेप्तीमा भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले चलाएको गोली लागेर चार जना पत्रकार घाइते भएको र एक सञ्चारगृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ निन्दा र भत्र्सना गर्दछ भनएिको छ । कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र स्वतन्त्र पत्रकार सम्भु दंगाल प्रदर्शनमा परेर घाइते हुनु भएका हो । त्यस्तै, थाहा खबरको कार्यालयमा तोडफोड भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।सामाजिक सञ्जालबाट सुरु भएको अभियान सोमबार सडकसम्म पुगेको प्रदर्शनस्थलमा रिपोर्टिङ गरिरहेका चार जना पत्रकारको ...

सामाजिक सञ्जाल बन्दको प्रभाव: पत्रकारिता र मिडियामा चुनौती र अवसर

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
रमेश कुमार बोहोरा सञ्चार माध्यम मानव सभ्यताको आधारभूत स्तम्भ हो । गुफाभित्रको चित्र र प्रारम्भिक संकेतबाट सुरु भएको सूचना आदान प्रदानको यात्रा आज डिजिटल युगमा फेसबुक, ट्विटर, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालसम्म आइपुगेको छ । यस अवस्थामा मिडिया र सामाजिक सञ्जालको सम्बन्ध अलग्गिन असम्भव छ । परम्परागत पत्रकारिता, अर्थतन्त्र, राजनीति, संस्कृति र दैनिक जीवन नै इन्टरनेट र सामाजिक सञ्जालको प्रभावमा लगातार परिवर्तन हुँदै आएको छ । हालै सरकारले विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता प्रक्रिया पूरा नगरेका कारण फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विटर लगायत २६ वटा प्लेटफर्ममा तत्काल प्रभावमा रोक लगाएको छ । सरकारले यसको उद्देश्य सञ्चार सम्बन्धी कानूनको पालना गराउनु र भ्रामक समाचार फैलिनु, सामाजिक अस्थिरता बढ्नु जस्ता जोखिम रोक्नु रहेको बताएको छ । तर यसको प्रभाव केवल कानूनी कार्यान्व...

एनसिसी कतारको पहलमा कास्कीका जोगलाल घर फर्किए

बिदेश, समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार गैरआवासिय नेपाली संघ , एनसिसी कतारको पहलमा कास्कीका पिडित जोगलाल बिश्वकर्मा घर फिर्ता हुनु भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा गत जुलाईमा कतार आईपुगेका बिश्वकर्मा आएको डेढ महिनामै मानसिक समस्यामा परेपछि एनसीसी कतारको श्रमिक बिभागले टिकट व्यबस्थापन गरी सोमवार राती नेपाल फिर्ता गरेको हो । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाका बिश्वकर्मा कतारको सल्वा रोडमा रहेको बाफ अल मन्दी रेष्टुरेन्टमा कार्यरत रहदा मानसिक समस्या देखिए पछि आवश्यक प्रक्रिया पुरा गरी टिकट व्यवस्थापन गरेर नेपाल पठाएको एनसीसी कतारका श्रमिक बिभाग संयोजक सन्तोष पौडेलले बताउनुभयो । श्रमिक बिभाग संयोजक पौडेल र कास्की आदर्श कतारका पदाधिकारीहरुले विश्वकर्मालाई नेपाल एअरलायन्स मार्फत नेपाल पठाएको र मङ्गलवार बिहान बिस्वकर्मा काठमाडौंमा उनको परिवार सगं सङ्ग भेटघाट भैसकेको छ । एनसिसी कतारका अध्यक...

लडेर घाइते भै उपचाररत दर्जिलाई पर्वत समाजको १ लाख बढी सहयोग

बिदेश, समाचार
 दर्शन सुनार/लोकप्रिय दैनिक, कतार पर्वत समाज कतारले पर्वत जिल्ला फलेबास नगरपालीका वार्ड नं १० कुर्घाका तिल वहादुर दर्जीलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत साउन ८ गते साझ दाउरा काट्ने क्रममा रुख बाट खसेर मेरुदण्डमा गम्भीर चोट लागी पोखरा स्थित गण्डकी अस्पतालमा उपचारत दर्जीलाई समाजले एक लाख दुइ हजार तीन सय एक्काइस रुपैया प्रदान गरेको हो । स्थापना देखि नै मानवीय सेवामा सक्रिय संस्थाले संस्थाका सह–सचिव सुधा परियार(अञ्जली) का कान्छो बुबा दर्जीको आर्थिक अवस्था कमजोर भएकोले उपचारमा थोरै भएपनी सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको संस्थाका अध्यक्ष सन्तोष क्षत्रीले बताउनुभयो । अझै पनि अस्पतालमा उपचाररत रहेका दर्जिलाई उपचारमा ठुलो रकम आवश्यक परेको हुँदा पर्वत समाज कतारका सह–सचिव सुधा परियार(अञ्जली) को संयोजकत्वमा आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गरिएको थियो । साथै समाजले अभियानमा सहभागी...

कतारमा रहेका लुम्बिनी बासीहरुले भब्य रूपमा मनाए तिज

बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
  दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा रहेका लुम्विनी प्रदेश बासीहरुले भब्य रुपमा तिज मनाएका छन् । लुम्विनी प्रदेश समन्वय परिषद कतारको आयोजना तथा प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा “तिज विशेष तथा दरखाने कार्यक्रम” भब्य रुपमा मनाएका हुन् ।लुम्बिनी प्रदेश समन्वय परिषद कतारकी काःवा अध्यक्ष मनिषा खडकाको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन गरेर कार्यक्रमको समुद्वंघाटन गरिएको कार्यक्रममा कतारमा रहेका आधा दर्जन कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । तीज लहर आयो बरिलै,घन्काईदेउ मादलु ताल, सबैले भन्छन पातली नाच्छे, आहै मेरो बलमा,लाहुरेले लैन केरे,जस्ता एक दर्जन भन्दा बढी गितहरुमा रातो, साडी, हरि...

नेपाली महावाणिज्यदूत निरौला र महानिर्देशक तिङबीच भेटवार्ता

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
ल्हासा, २०८२ भदौ ११ ल्हासा स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता सम्पन्न भयो ।महावाणिज्यदूत निरौलाले महावाणिज्यदूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै महानिर्देशकको पहिलो पटक भएको महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उँहाले नेपाल चीनबीचको ऐतिहासिक संबन्ध बारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पु¥याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिनु भयो । सो अवसरमा उँहाले यो वर्ष नेपाल र चीनबीच कुटनैतिक संबन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भएकाले विविध कार्यक्रमहरु आयोजना भइरहेका उल्लेख गर्दै पारस्पारिक सद्भाव, एकअर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुबै देशबाट भइरहेका कार्यले संबन्धमा थप बल ...

कतारमा भव्य रूपमा मनाइयो रमाईलो  तिज,टीका र रेजिनाले मच्चाए धमका

बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
दर्शन सुनुवार लोकप्रिय समाचार राष्टिय दैनिक कतार ,नेपाली महिला समाज कतारको आयोजनामा आयोजित "रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५" कार्यक्रम भव्य रूपमा मनाइएको छ ।नेपाली महिला समाज कतारले आयोजना गरेको "रमाइलो तिज" कार्यक्रममा नेपालबाट आफ्नो सांगीतिक प्रस्तुति दिन कतार पुगेकादोहोरी गायिका टीका पुन र रेजिना परियारले धमका मच्चाएका छन् ।शुक्रवार मुन्ताजा स्थित होटेल होलिडे भिल्लाको म्याजेस्टिक सभा हलमा करिब एक हजार दर्शक उपस्थिति रहेको सचेतना तथा विविध सास्कृतिक कार्यक्रममा कलाकार द्वयले आफ्नो प्रस्तुति दिँदै धमका मच्याउदै उपस्थित  दर्शकहरूलाई भरपूर्ण नचाए .कार्यक्रमको मुख्य आकर्षकको रूपमा रहेकीनेपालबाट आमन्त्रित अतिथि कलाकार रेजिना परियार कार्यक्रमको उतार्धमा स्टेज चढिन  उनले कर्मैले परदेश पुरायो,यतिको भएसी चल्छ नेपालमा,भुल परे दाइ म त,नाच ओई बाटुली,परे म त छक्कै जस्ता आधा दर्...