दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
गैरआवासिय नेपाली संघ , एनसिसी कतारको पहलमा कास्कीका पिडित जोगलाल बिश्वकर्मा घर फिर्ता हुनु भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा गत जुलाईमा कतार आईपुगेका बिश्वकर्मा आएको डेढ महिनामै मानसिक समस्यामा परेपछि एनसीसी कतारको श्रमिक बिभागले टिकट व्यबस्थापन गरी सोमवार राती नेपाल फिर्ता गरेको हो ।
कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाका बिश्वकर्मा कतारको सल्वा रोडमा रहेको बाफ अल मन्दी रेष्टुरेन्टमा कार्यरत रहदा मानसिक समस्या देखिए पछि आवश्यक प्रक्रिया पुरा गरी टिकट व्यवस्थापन गरेर नेपाल पठाएको एनसीसी कतारका श्रमिक बिभाग संयोजक सन्तोष पौडेलले बताउनुभयो । श्रमिक बिभाग संयोजक पौडेल र कास्की आदर्श कतारका पदाधिकारीहरुले विश्वकर्मालाई नेपाल एअरलायन्स मार्फत नेपाल पठाएको र मङ्गलवार बिहान बिस्वकर्मा काठमाडौंमा उनको परिवार सगं सङ्ग भेटघाट भैसकेको छ ।
एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले रोजगारीको लागी आएका विश्वकर्मा मानसिक समस्यामा परेको जानकारी पाएपछी निरन्तर खटेर उद्दार गर्नुहुने एनसीसी कतारका श्रमिक बिभागका संयोजक सन्तोष पौडेलको नेतृत्वमा रहेको टिम र कास्की आदर्श समाज कतारलाई धन्यवाद व्यक्त गर्दै नेपाली श्रमिकका हरेक समस्यालाई प्राथमिकतामा राखेर काम गरिने बताउदै एनसीसी कतारले सन्चालन गरेको हट लाईन मार्फत आएका श्रमिकका गुनासाहरुलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग सहित फ्लो अप गर्न समेत आग्रह गर्नुभयो ।
