सम्पर्क

खेलकुद

खेलकुदमा गरेको लगानी अपुग– पुर्व मन्त्री बस्नेत

खेलकुद, ब्रेकिङ न्युज १
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले खेलकुद बिकासका लागि तीनै तहका सरकारको खेलकुदमा गरेको लगानी अपुग भएको बताउनुभएको छ । शनिबार रुपन्देहीमा भएको कन्चन गोल्ड कप–२०७८ को फाइनल खेललाई सम्बोधन गर्दे बस्नेतले खेलकुदमा तीनै तहका सरकारले उचित ध्यान दिन आग्रह गर्नुभएको छ । राज्यले समग्र खेल क्षेत्रमा प्रर्याप्त बजेट बिनियोजन गरी खेलकुदमा ब्यबसायीकरण गर्नु पर्ने पूर्व मन्त्री बस्नेतले जानकारी दिनुभयो । खेलकुदका लागि खेल मैदानका साथै पूर्वाधार निमार्णमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार प्राथमिकताका साथ लाग्न पनि उहाँले आग्रह गर्नुभयो । खेलकुदले नै मुलुकलाई बिश्वमा चिनाउने हुदाँ सरकार यसतर्फ जिम्मेवार भएर लाग्नु पर्नेमा बस्नेतको जोड छ । नेपाली काँग्रेस खेलकुद बिभाग प्रमुख समेत रहेका बस्नेतले आफूले सिन्धुपाल्चोक र अन्य जिल्लामा सबै खेल क्षेत्रका लागि प...

भोताङले चुम्यो पाँचपोखरी टि – २० क्रीकेटको उपाधी

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगिताको उपाधी पाँचपोखरी भोताङ क्रीकेट क्लबले हात पारेको छ । शनिबार भएको फाइनलमा पाँचपोखरी क्रीकेट टोलिलाइ ६८ रनले पराजित गर्दै भोताङले उपाधी संगै नगद ७५ हजार सिल्ड मेडल प्राप्त गरेको छ । दोश्रो भएको पाँचपोखरी क्रीकेट क्लवले ४० हजार पाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरेको थियो । विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न उक्त गाउँपालिकाका आठवटै वडामा क्रिकेट खेलकुद सामग्री वितरण गरिएको थियो । प्रतियोगितालाई ...

पाँचपोखरी टि ट्वान्टी जिल्ला स्तरिय प्रतियोगिताको फाइनल आज

खेलकुद, ब्रेकिङ न्युज १
मुलपानी मैदानमा जारी पाँचपोखरी टि२० जिल्ला स्तरियप्रतियोगिता फाइनलमा पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टिम खेल्नेभएका छन । पाँचपोखरीले पहिलो सेमिफाइनल खेलमा चौतारासाँगाचोकगढी नगरपालिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । अर्कोसेमिफाइनलमा पाँचपोखरी भोताङ क्रिकेट टिमले सानु सिरुवारीलाई ७० रनलेहराउँदै फाइनलमा स्थान बनाएको छ । प्रतियोगितामा ७ टिम सहभागि थिए । फाईनल खेलआज हुने छ ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोकजिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजनागरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा ‘जितबहादुरखड्का स्मृति पाँचपोखरी सुपर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करणसफलतापूर्वक सम्पन्न गरिसकेको छ ।विश्वमै देखिएको कोरोना महामारीका कारण चौथोसंस्क...

खेलाडी राष्ट्रका गहना हुन, खेल क्षेत्रमा सहयोग गर्न कांग्रेस तयार छ  — सभापती तामाङ

खेलकुद, ब्रेकिङ न्युज २
सन्तोष सिग्देल नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापती आइतमान तामाङले खेलाडी राष्ट्रको गहना भएको बताउनुभएको छ । नेपाल सोतोकान कराँते संघले आयोजना गरेको खेलाडीहरूलाई सम्मान कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । कराँतेको खेलाडी, प्रशिक्षक तथा रेफ्रि समेत रहनुभएका तामाङले खेल क्षेत्रमा सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको समेत बताउनुभयो । ’जहाँ कराँते छ त्यहाँ कांग्रेस छ । मैले खेल बुझेको छु । सबै खेलाडीलाई परेको समस्यामा नेपाली कांग्रेसले साथ दिन्छ ’, तामाङले भन्नुभयो । ’म राजनितिक कर्मी मात्र नभई खेलाडी पनि हुँ , तपाईहरू राम्रो खेल्नुस भविष्य छ । करांतेको सहयोग र संरक्षण गर्न नेपाली कांग्रेस तयार छ साथमा छ’, तामाङले थप्नुभयो । आइतमान तामाङ नेपाल वादोकाई कराँते संघका केन्द्रिय सचिव समेत हुनुहुन्छ । उहाँ जापान कराँते फेडेरेसनका सदस्य समेत हुनुहुन्छ । कार्यक्रममा नेपाल...

पाँचपोखरी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आजबाट ,जिल्लाका ७ टिम सहभागी

खेलकुद, ब्रेकिङ न्युज १
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना गरेकोे २० ओभरको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुने भएको छ । आज २ खेल सञ्चालन हुनेछ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा ‘जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकोमा सो प्रतियोगितालाई प्रोत्साहन गर्न पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ८ वटै वडामा क्रिकेट खेलकूद सामग्री वितरण गरिएको छ । प्रतियोगितालाई निरन्तरता दिँदै चौथो संस्करणका रु...

पाँचपोखरी टी–२०जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने, जिल्लाका ८ टिम सहभागी हुने

खेलकुद, ब्रेकिङ न्युज २
सन्तोष सिग्देल ’स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । । गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा जितबहादुर खड्काको स्मृतिमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । उक्त प्रतियोगिता काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा यहीफागुन १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुदविकास समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८ वटा टिम सहभागिता रहनेछ । विश्वमै देखि...

सेना दिवसको अवसर पारेर दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस हुने

खेलकुद, ब्रेकिङ न्युज १
सिन्धुपाल्चोकमा रहेको नेपाली सेनाको गोरखबक्स गण र भोटेकोशी गाउँपालिकाको आयोजनामा दोस्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस दौड प्रतियोगीता सञ्चालन हुने भएको छ । सेना दिवस २०७८ को अवसरमा ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले गत वर्षदेखि ट्रेल रेस दौड प्रतियोगीताको आयोजना सुरु गरेको थियो । त्यसैको निरन्तरता स्वरुप यो वर्ष पनि प्रतियोगीता सञ्चालन गर्न लागेको नेपाली सेना गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिनुभयो । भोटेकोशी गाउँपालिकाको सुख्खा बन्दरगाहा देखि लिस्ती हुदै दुगुनागढी सम्म साढे २४ किलोमिटर लामो दौड प्रतियोगीता हुने छ । गत वर्ष २१ किलोमिटर मात्रै दौड भएको थियो यो वर्ष भने केही किलोमिटर बढाइएको नेपाली सेनाले जानकारी दिएको छ । । लामो ट्रेल रेस प्रतियोगीता सम्पन्न गरेको हो । सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तीमाइ र दुगानागढीको संरक्षण र प्रचार...

फिफा वरीयतामा नेपालको दुई स्थान सुधार

खेलकुद
नेपालले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयताअनुसार नेपाल समग्रमा १६७औँ स्थानमा छ । यसअघि नेपाल १६९औँ स्थानमा थियो । नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा माथि भारत र माल्दिभ्स रहेको छ । भारत समग्रमा १०४औँ र माल्दिभ्स १५७औँ स्थानमा छ । यसैगरी बंगलादेश १८६औँ, भुटान १८५ औँ, पाकिस्तान १९७ औँ र श्रीलंका २०४औँ स्थानमा छ । नेपालले हालै दक्षिण अफ्रिकी मुलुक मोरिसससँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेलेको थियो । दुवै खेलमा नेपाल १–० गोलले विजयी भएको थियो । सोही आधारमा नेपालले वरियतामा सुधार गरेको हो । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, अर्जेन्टिना चौथो र इङ्ल्यान्ड पाँचौँ स्थानमा रहेको छ ।...

नेपाली सेनाका राई र बुढाको कब्जामा मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिताको उपाधि

खेलकुद, ब्रेकिङ न्युज १
सिन्धुपाल्चोकमा भएको चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिताको खुल्ला पुरुष तर्फको उपाधि नेपाली सेनाका गजेन्द्र राई र महिलातर्फ पनि नेपाली सेनाकै विश्वरुपा बुढाले प्राप्त गर्नुभएको छ । २४ किलोमिटरको दौड राईले १ घण्टा ३६ मिनेटमा पार गरेर उपाधी कब्जा गर्नुभयो भने खुल्ला महिला तर्फ बुढाले १ घण्टा ५६ मिनेटमा पार गरेर उपाधी कब्जा गर्नुभयो । राई र बुढा दुबैले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद, ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाको १२ नं वडाको सांगाचोकगढी देखि मानेडाडा, जल्किने,ईर्खु ,चौतारा हुदै ब्याङचेपानी पुगेर गौरती भिमसेन मन्दिर परीक्रमा गरी डुडिखेल सम्म २४ किलोमिटरको दुरी रहेको हाफ म्याराथनमा ३० जिल्लाका १ सय ७० खेलाडिहरुको सहभागिता रहेको थियो । भेट्रान्सको तर्फको सबै इभेन्टभने ईर्खुबाट सुरु भएको र दुरी १५ किलोमिटरको भएको आयोजकल...

सेकेण्ड आरब्लु विन्टर स्ल्याम ‘रेस्लिङ’ चट्टानले उचाले ‘आरडब्लु हेभिवेट’ उपाधी

खेलकुद
अनिश तिवारी सिन्धुपाल्चोक– जिल्लामा २ लाख ६५ हजार पुरस्कार राशी भएको ‘सेकेण्ड आरडब्लु स्ल्याम रेस्लिङ’ पा“च विधाको प्रतियोगिताअन्र्तगतको ठुलो ‘आरडब्लु हेभिवेट रेस्लर’ को उपाधी चौतारा सा“गाचोकगढी नगर चौताराका चट्टानले उचालेका छन् । जिल्ला समन्वय समितिको प्रायोजनमा नेपाल रिङ रेस्लिङ एशोसेसियनद्वारा शनिवार मेलम्ची नगर ,पा“चपोखरी र इन्द्रावती गाउ“पालिकाको सीमाभेग गुफाडा“डामा आयोजित प्रतियोगिताको ‘आरडब्लु हेभिवेट म्याच’मा उनले चर्चित रेस्लर साइमलाई रिङमा टिक्न नदिएर केही समयमै हराए । दोश्रो कठिन विधा ‘मिडिल वेट म्याच’ खेलमा फिट रेस्लर डेभिडले युबिएल स्टोनलाई पछार्दै ‘मिडिल हेभिवेट’ पुरस्कार हात पारे ,रिङबाट केही समय बाहिरिएपनि उनले जितेर छाडे । ‘हार्डकोर म्याच’मा किगं रोर्बटले उत्साही नुवाकोट टाइगरलाई धेरै समय लगाएर हराउनुप¥यो ,अधिक समय रिङ बाहिर दौडाएर दुवैबीच घमासान खेल चल्यो । टाइगरले टेबु...