सम्पर्क

सिन्धुपाल्चोकसहीत सरकारको बजेट

नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मालो आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट सार्वजनिक गर्नु भएको हो । budget fullआगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।बिनीयोजित बजेटमा सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरु बाह्रबिसे नगरपालिकालाइ३७ करोड ७२ लाख चौतारासागढी नगरपालिकालाइ ६५ करोड ६८ लाख मेलम्ची नगरपालिकालाइ ६२ करोड ५ लाख भोटेकोशी गाउँपालिकालाइ २६ करोड ८ लाख त्रिपुरासुन्दरी गाँउपालिकालाइ२७ करोड २४ लाख लिसंखुपाखर गाउपालिकालाइ ३० करोड ८३ लाखसुनकोशी गाउँपालिकालाइ ३६ करोड ३१ लाख बलेफी गाउपालिकालाइ ३३ करोड ९५ लाखजुगल गाउपालिकालाइ ३३ करोड ८२ लाख ईन्द्रावती गाउपालिकालाइ पा ४४ करोड ८ लाख पाँचपोखरी थाङ्पाल गउपालिकालाइ ३३ करोड १ लाख र हेलम्बु गाँउपालिकालाइ ३० करोड बिनियोवजन गरिएको छ । यो हिसाबले सबै भन्दा बढी चौतारासाँगाचोकगढी र कम भोटेकोशीलाइ भएको छ । सरकारले मेलम्ची खानेपानी बिकास समिती पनी खारेज गरेको छ ।