सम्पर्क

प्रदेश स्तरीय मेयर कपमा ठुलोसिरुवारी डोजोलाई ५ स्वर्ण, ५ रजत र ७ कास्य

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधित्व गर्दै मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाले ५ स्वर्ण, ४ रजत र ९ कास्य पदक जितेको छ । पुरुषतर्फ ४५ केजी तौलमा रोसन बि क , ५० केजी तौलमा अञ्जन पुरी , ६७ केजी तौलमा रोजन श्रेष्ठ र महिलातर्फ ५० केजी तौलमा रेश्मा राना मगर , ५५ केजी तौलमा विमला पुरीले स्वर्ण जित्नुभएको छ । महिलातर्फ ५० केजी तौलमा रेश्मा राना मगर सर्वोत्कृष्ट खेलाडी चुनिनुभएको प्रशिक्षक तथा एसिएन रेफ्री गँगालाल श्रेष्ठले बताउनुभयो ।
कराते प्रतियोगिता आई डब्लु एफएन कराते शाखा डोजो ठैबको आयोजनामा ललितपुरको गोदावरी नगरपालिकामा शुक्रबार र शनिवार सम्पन्न भएको थियो । सो खेलमा जिल्लाबाट चौतारा साँगाचोकगढी नगरपालिका भित्रका खेलाडीहरु सहभागी भएका थिए ।