मेलम्ची नगरपालिकाको बाह्रौँ नगरसभा सम्पन्न
मेलम्ची नगरपालिकाको बाह्रौँ नगरसभा सम्पन्न भएको छ । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरपालिका केन्द्रबाट सबै वडा कार्यालय जोड्ने मुख्य सडक स्तरोन्नति गरी बाह्रै महिना यातायात सञ्चालनयोग्य बनाइने उल्लेख छ । साथै वडाभित्रका सबै बस्तीहरुलाई सडक सञ्जालसँग जोडी स्थानीय उत्पादनहरुको बजारीकरण गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगर प्रमुख आइतमान तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा ‘आफ्नो गाउँ आफै बनाऔँ’ विशोष कार्यक्रमलाई नगरभित्रका सबै वडाहरुमा बिस्तार गरिने, बाहुनेपाटी बजारलाई व्यापारिक क्षेत्रको रुपमा र मेलम्ची बजार क्षेत्रलाई प्रशासनिक क्षेत्रको रुपमा विकास गरिने, नगरका मुख्य बजार केन्द्रहरुमा सार्वजनिक शौचालय र प्रतीक्षालय एवम् ग्रामीण क्षेत्रमा ‘एक वस्ती, एक सामुदायिक भवन’ निर्माण गर्ने, प्रशासनिक भवन, स्वास्थ्य चौकी, सामुदायिक विद्य...
