सम्पर्क

राष्ट्रपति रनिङसिल्ड चौतारालाई

राष्ट्रिय खेलकुद परिषद जिल्ला खेलकुद बिकास समिति सिन्धुपाल्चोक जिल्लाले आयोजना गरेको आठौँ राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । खेलकुद प्रतियोगिता असार २१ गते र २२ गते बिभिन्न खेलकुदको कार्यक्रम गरि दुइदिने कार्यक्रम राष्ट्रपति रनिङसिल्ड चौताराले हात पार्दै समापन भएको हो । खेलकुद कार्यक्रममा एथलेक्टिक्स,कराते उसु भलिवल लगायतको खेलकुदको कार्यक्रम रहेको थियो । जिल्ला भरिका नगरपालिका र गाउँ पालिका गरि ५ वटा स्थानिय तहहरूको उपस्थिति रहेको थियो । भने नँया बनेको डाँडापारीको खेलकुद मैदान, श्री कालिकादेवी मा.वी देउराली आहालडाँडाको कभर्डहलमा खेलकुद संचालन भएको थियो । पुर्ब मन्त्री माननीय शेर ब तमाङको प्रमुख आतिथ्यमा प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाल बिशेष अतिथ्यतामा कायृक्रमको उद्धघाटन भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले ३९ गोल्डमेडल र सिल्ड हाता पारि प्रथम स्थान हासिल गरेको थियो। दोश्रो हेलम्बु गाउँपालिकाले ८ वटा स्वर्ण पदक र भोटेकोशी गा.पाले १ गोल्डमेडल हाता पारेका थिए।
२२ गते समापन कार्यकर्ममा जिल्ला खेलकुद परिषदका अध्यक्ष सुरेश रानामगरले प्रथमलाई सिल्ड मेडल बितरण गर्नु भएको थियो भने ५ नं. वडाका वडा अध्यक्ष शिव श्रेष्ठले ट्रफि मेडल प्रमाण पत्र बितरण गर्नु भएको थियो उक्त समापन कार्यक्रममा जिल्ला खेलकुद संयोजक गणेश श्रेष्ठ,आयोजक टिमका अमृत मान श्रेष्ठ, रमेश गुरूङ, रमेश खड्का,लगायत प्रहरी नायव निरिक्षक घनश्याम नेपाल सुबर्ण श्रेष्ठ प्रकाश दंगाल, राजु श्रेष्ठ,श्याम सुन्दर लामिछाने, रोशन सापकोटा,गंगालाल श्रेष्ठ सविन दंगालहरूको उपस्थिति रहेको थियो ।