सम्पर्क

विघटन भएको कमिटीले गर्दा ल क्याम्पसमा भाडभैलो, कारबाहिको माग

तत्कालीन नेबिसङ्घ अध्यक्ष नैनसिंह महरले नियुक्त गरेका देशभरका नेबिसङ्घका कमिटिहरु नेपाली कांग्रेसले २०७५ माघमै बिघटन गरे पनि ल क्याम्पसमा अनाधिकृत गतिविधि भयकोमा ल क्याम्पस नेबिसङ्घ कार्यबाहक सभापति मुकेश सेन्चुरिले आपत्ती जनाएका छन् । सुरज सेजुवालले केही बिध्यार्थिहरु प्रयोग गर्दै नेबिसंघ र पार्टिको निर्णय बिपरित काम गरेको नेता सेन्चुरिको आरोप छ । उहाँका अनुसार ल क्याम्पसको आधिकारिक सभापति रन्जिता कार्की नै भएको र सुरज सेजुवालको समुहले नियम बिपरित लेटरप्याडको प्रयोग गरेको,पार्टी निर्णयलाई धज्जी उडायको,नेबिसङ्घलाई सिध्याउने खेल गरेको,राजनीतिमा युवाहरुलाई बितृष्णा ल्याउने काम गरेको आरोप छ । ल क्याम्पसमा रन्जिता कार्किकै समुहको आधिकारिक समिति भएको र त्यही समितीलाई क्याम्पसले समेत आधिकारिक मानी बार्षिकोत्सवमा समेत नाम उल्लेख गरेको कार्यबाहक सभापति सेन्चुरिले बताउनुभयो । उहाँले मनोमानी सङ्गठन बिपरित काम गर्ने सबैलाई कारबाहिको माग समेत गरेका छन् ।