खानेपानिको ब्यवस्था भएपछि स्थानीय बासिमा खुसि छाएको छ । वषौंदेखि पानीको समस्या झेल्दै आइरहेका सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ डडुवाको माथिल्लो टोलका जनजाति तथा दलित टोलमा पानि तान्ने पम्पपाईप र भ्याट समेतको ब्यवस्था गरेपछि खुशि लागेको दलित बस्तीका राम बहादुर सार्कीले बताउनु भयो । पानि लिन गाग्री बोकेर जाँदा समस्यामा परेकालाई यो व्यवस्था गरेकोबाट धेरै राहत पुगेको माथिल्लो टोलका रामशरण थापा मगरले बताउँनु भयो । ईन्द्रावती मेलम्ची उपत्यका उत्थान कार्यक्रम अन्तरगत यो कार्यका लागि बजेटको व्यवस्था भएपछि यो सामाग्रीको व्यवस्था गरिएको राजेन्द्र बस्नेतले जानकारी दिनुभयो । ईन्द्रावती मेलम्ची उपत्यका उत्थान कार्यक्रमले १४ नं. वडामा बर्षात्को समयमा सडकको अबस्थालाई हेरेर हिमपाईपको समेत व्यवस्था गरी सडकमा राखिएको छ । १४ नं. वडाको वडाध्यक्ष उद्धव नेपालले उत्थान कार्यक्रमले समस्या परेका नागिरकलाई यसरी सहयोग गरेकोमा कार्यक्रमलाई विशेष धन्यबाद दिदै आगामि दिनमा अझ सहयोगका लागि अनुरोध समेत गर्नु भयो । उत्थान कार्यक्रमले झ्याडिमा लिफ्ट खानेपानीको लागि पनि सहयोग गरेको छ । डडुवामा रहेको स्वास्थ्य कार्यलयमा भल पस्ने समस्या रहेकोमा हिमपाईप राखेपछि भवन समेतको सुरक्षा भएको बताउँनु भयो । उत्थान समितिले आबश्यकता हेरेर जरुरी परेको ठाउँमा बजेटको व्यवस्था गरेको बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० मा खानेपानिको व्यवस्था गरेको बताउँदै ईन्जिनयर अशोक कोईरालाले हरेक बर्ष समस्याको पहिचान गरेर समस्या लाई सम्बोधन गरेको बताउँनु भयो ।
