चौतारा ।सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवाको रानीटार खेल मैदानमा यही असोज १६देखी १८ गते सम्म फुटबल खेल प्रतियोगिता हुने भएको छ ।
विजया दशमी २०७९ को उपलक्ष्यमा वडामा रहेका टोल समिती बिच मैत्रीपूर्ण फूटबल हुने भएको हो । रानीटार युवाक्लबको आयोजनामा मैत्रीपूर्ण फुटबल हुन लागेको हो ,
प्रतियोगितामा प्रथम र द्धितीय तृतीय हुने टीमलाई क्रमशः २१०००।१६०००।र११०००। नगदका साथै प्रमाण पत्र ट्रफी र मेडल प्रदान गरिने क्लबका अध्यक्ष मनकुमारतामागंले बताउँनु भयो । उक्त खेलमा हुने प्रतिसपर्धाका लागी १२गते टिम र्दा गरि सक्न पर्ने सस्थाका सदस्य गणेश तामागंले जानकारी दिनु भएको छ ।
