सम्पर्क

डेगींको बासस्थान खोज र नष्टगर अभियान सञ्चालन

सिन्धु सिन्धुपाल्चोक जिल्ला स्थित सबै स्थानीय तहका सरकारले डेंगी नियन्त्रणकालागी डेंगीबास स्थान नष्ट गर्नका लागी खोजी गरेका छन । जिल्लामा मा २८ जनामा संक्रमण पुष्टि भए पछी यसको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय, स्थानिय तह, विभिन्न सघंसस्थाहरुले पनि अभियान सञ्चालन गरिरहेका छन ।  बिहबिार चौतारासाँगाचोकगढी नगरपालिका बाह्र्बिसे नगरपालिका मेलम्ची नथगरपालिका क्ष्न्द्रावती गाँउपालिका भमोटेकोशी गाउृँपालिका लगाएतका १२वटै स्थानीय तहबाट मेलम्चीमा डेंगी नियन्त्रणका लागि स्प्रे अभियानका साथै सचेतना अभिमुखिकरण कार्यक्रम समेत गरिएकोे छ । स्वास्थय कार्यलय सिन्धुपाल्चोकको सहयोग तथा पालिकाहरुको सहयोगमा यसका साथै खोज र नष्ट गर अभियानमा समेत गरिएको छ । बाह्र्बिसेमा नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा यस सम्बन्धी सचेतना फैलाउँदै बजार परिक्रममा गरेर बासस्थान देखीएका स्थानहरुमा तत्काल प्रालष्टीकका भााडा तथा टायरहरु हटाइ डेग्ांी नष्ट गरिएको छ भने चौतारासाागाचोकगढी नगरपालिकामा पनी यो अभियान गरिएको स्वास्तय शाखा प्रकुख शिब पुरीले जानकारी दिनु भयो यसै गरि मेलम्ची नगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ। मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरसैनीका अनुसार नगरपालिकाले बजार क्षेत्रमा पानी जमेका स्थान, खाल्डाखुल्डीलगायत विभिन्न स्थानमा स्प्रे गर्नुका साथै खोज र नष्ट गर अभियान चलाइरहेको छ।
हालसम्म सिन्धुपाल्चोक जिल्लामा २८ जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ कार्यालयले स्थानियतहसँग समन्वय गर्दै डेंगी रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारीले बताउनुभयो ।लामखुट्टेले डेगी रोगबाट संक्रमित भएको मानिसलाई टोकेर फेरि अर्को मानिसलाई टोक्दा यो रोग सर्ने गर्दछ । यसबाट बच्नका लागि पानी जम्न नदिने, घर वरीपरि सरसफाई राख्ने, मच्छडधुप, कीटनाशक बिषादी छर्ने र राती सुत्दा झुलको प्रयोग गर्न स्वास्थ्य कार्यालय सिन्धु पाल्चोकले जिल्ला बासीमा अनुरोध गरेको छ । चौतारा अस्पतालका अध्यक्ष टकं काकीृलेरोग लागी सकेपछी उपचार गर्नु भन्दा रोग लाग्नै नदीन तर्फध्यान दिन जरुरी रहेको बताउँनु भएको छ ।