सम्पर्क

सि डिभिजन लिक छनौट फूटबल प्रतियोगिताका खेलाडीलाई विदाई

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र उपमेयर सीता थापाले संयुक्तरुपमा खेलाडीहरुलाई शुभकामनासहित विदाई गर्नु भएको छ ।
दोस्रो पटक सि डिभिजन लिक छनौट फुटबल प्रतियोगितामा सहभागि हुने चौतारा स्पोर्टिङ क्लबका खेलाडीहरुलाई मेयर सापकोटा र उपमेयर थापाले खादा आढाएर विदाई गर्नु भएको हो ।Open photo
सो अवसरमा मेयर सापकोटाले खेल क्षेत्रको विकासका लागि नगरले लगानी बढाउनका साथै खेलाडी प्रोत्साहनका लागि कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । गौरव गर्न लायक खेलाडी जन्माउन नगरपालिकाले वातावरण निर्माण गरिने पनि उहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले नगरपालिकाले खेलकूद र खेलाडीलाई नगर गौरवको रुपमा लिनु पर्ने बताउनु भयो । भौतिक पूर्वाधारको विकासलाई मात्र नभई खेलकूद लगायतको विकासलाई पनि नगर गौरवको रुपमा लिएर योजना बनाउन अध्यक्ष श्रेष्ठले अनुरोध गर्नु भयो ।
स्र्पोटिङ क्लबका अध्यक्ष सविन श्रेष्ठका अनुसार प्रतियोगिता असोज ९ गते दिनको ३ बजे ग्राम निर्माण बन्धु मण्डलबीच हुनेछ ।
सहयोगी र शुभेच्छुकहरुसँग आर्थिक संकलन गरेर प्रतियोगितामा सहभागि हुन लागेको क्लबका राकेश रानाले बताउनु भयो ।