अन्तरपालिकास्तरीय भलिबलको उपाधि मेलम्चीलाई
लामोसाँघु युवा क्लबद्वारा आयोजित अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिका ‘ख’ ले जितेको छ । आईतबार सम्पन्न भएको फाइनल खेलमा मेलम्ची नगरपालिका ‘क’ लाई मेलम्ची नगरपालिका ‘ख’ ले हराउँदै उपाधि हात पारेको हो । खेलमा मेलम्ची नगरपालिका ‘ख’ टीमले ‘क’ लाई १५–२५, २५–१६, २०–२५ र २०–२५ को सेटमा हराउँदै उपाधिमा कब्जा जमाएको हो । सिन्धुपाल्चोकका स्थानीय तहका १० टीमको सहभागिता रहेको प्रतियोगितामा हेलम्बु गाउँपालिका तेस्रो भएको थियो । जुगल गाउँपालिकाले सान्त्वना स्थान हात पारेको थियो । उपाधिसँगै विजेता मेलम्ची नगरपालिका ‘ख’ ले नगद एक लाख हात पारेको छ । दोस्रो भएको मेलम्ची ‘क’ ले नगद ६० हजारसहित ट्रफी हात पारेको छ । तेस्रो हुनेले ४० हजार र सान्त्वनाले १५ हजार नगद पुरस्कार जितेका छन् । प्रतियोगितामा मेलम्ची नगरपालिका ‘ख’ का सुरज खतिवडा उत्कृष्ट खेलाडी, इन्द्र कार्की उत्कृष्ट ब्लकर रमेलम...
