सम्पर्क

खेलकुद

मिस एण्ड मिसेस गुरुङ’को औपचारिक शुभारम्भ

मिस एण्ड मिसेस गुरुङ’को औपचारिक शुभारम्भ

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
नयाँ संस्करणको ‘मिस एण्ड मिसेस गुरुङ’को औपचारिक शुभारम्भ भएको छ । गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तिकरणको उद्देश्यसहित आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उद्घाटन तथा ओरिएन्टेशन कार्यक्रम काठमाडौंको सामाखुसीस्थित विशाल फुटसलमा शुक्रबार एक कार्यक्रमबीच भएको हो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा कृषि मन्त्री माननीय रामनाथ अधिकारीको विशेष उपस्थिति ररहेको थियो । कार्यक्रममा इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य, वरिष्ठ अभिनेता सरोज खनाल, पूर्व सांसद मानकुमारी गुरुङ, पूर्व डिआइजी डा. देउती गुरुङ, जिनोपेका प्रमुख कार्यकारी अधिकृत प्रिजम प्रधान, आयोजक टोलीका शानु खान, रबीलामा तामाङ, केशव थापा तथा नेपाल आइडल २०१७ का विजेता बुद्ध लामाको विशेष अतिथिका रूपमा सहभागीता रहेको थियो । एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको नेतृत्व प्रबन्ध न...
मेलम्ची नगरपालिका -१२  अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

मेलम्ची नगरपालिका -१२ अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा घोषणा

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका- १२, बाँसबारीमा वडा शिक्षा समितिको आयोजना तथा जालपादेवी मावि बाहुनीपाटी को समन्वयमा वडालाई ‘अनिवार्य तथा निशुल्क शिक्षा लागु भएको वडा’ घोषणा गरिएको छ । उक्त कार्यक्रम मेलम्ची नगरपालिका -१२ बाँसबारीका वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडाका जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो । ४ देखि १३ वर्षसम्मका बालबालिकाको घर–घरमा पुगेर तथ्यांक संकलन गर्दा विद्यालय बाहिर रहेका सबै बालबालिका विद्यालयको पहुँचमा ल्याउने कार्य सम्पन्न गरिएको थियो। साथै ४ देखि १३ बर्ष उमेर समुहका विद्यालय आउन बाँकि कोहि छुटेका बालबालिका भए उनिहरुलाई समेत अनिवार्य शिक्षामा समेट्ने प्रतिवद्धता सहित कार्यक्रम सम्पन्न गरिएको थियो।...

मदन भण्डारीको ७४औँ जन्मजयन्तीमा वृहत् साइकल तथा पदयात्रा सम्पन्न

खेलकुद, समाचार
जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्ती तथा मानव अधिकार एलायन्सको २६औँ स्थापना दिवसको अवसरमा एलायन्सको काठमाडौँ जिल्ला शाखाले वृहत् साइकल तथा पदयात्रा आयोजना गरेको छ । गोकर्णेश्वरको माकलबारीबाट सुरु भएको पदयात्रा गुह्येश्वरीमा पुगेर समापन गरिएको थियो । कार्यक्रमको शुभारम्भ एलायन्सका केन्द्रीय महासचिव तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले रिवन काटेर, आफैँ साइकल यात्रामा सहभागी भएर गर्नुभएको थियो । यात्रापछिको औपचारिक कार्यक्रममा काठमाडौँ जिल्ला शाखाकी अध्यक्ष ललिता उप्रेती रिजालले सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकारवादी तथा साहित्यकार डा. कृष्ण सुवेदीले युवा केन्द्रित कविता वाचन गर्नुभयो भने प्रमुख अतिथि समेत रहनुभएका विष्णु रिजालले मानव अधिकारको रक्षामा जननेता मदन भण्डारी र नेकपा (एमाले) ले पुर्याएको योगदानको चर्चा गर्नुभयो । त्यस...

मेलम्ची नगरपालिकाद्धारा भ्रममा नपर्न अनुरोध

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, साहित्य
गर्देै मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्धता भएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ। नगर प्रमुख तामाङको सचिबालयले आफ्नो आधिकारीक सञ्जाल मार्फत यस्तो जनाएको हो । केही दिन अगाडी केही सञ्चार माध्यमबाट मेलम्ची नगरपालिकामा अनियमितता भन्दै नगर प्रमुख र उप प्रमुख समेतको नाम आए पछी नगरपालिकाले यस्तो बताएको हो । पालिकाले नगर बासीलाइ भ्रममा नपर्न समेत आग्रह गरेको छ । हामी नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध छौं । पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणको प्रतिवेदनको हवाला दिंदै मेलम्ची नगरपालिकाको विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छौं । बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छौं ।हामीलाई लाग्थ्यो रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समा...

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा उद्योग वाणिज्य संघ विजयी पर्यटन प्रवद्र्धनमा जोड

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) लामोसाँघु, असार ७ –सिन्धुपाल्चोक जिल्लाको लामोसाँघुस्थित बसन्तपुर खेल मैदानमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले रोमाञ्चक जित हात पारेको छ । ३१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा उद्योग वाणिज्य संघले सिन्धु सुकुटे पर्यटन व्यवसायी संघलाई ३–२ गोल अन्तरले परा   जित गर्दै उपाधि उचालेको हो । प्रतियोगिता उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा सम्पन्न भएको थियो, जसमा जिल्ला फुटबल संघ, सिन्धुपाल्चोकले प्राविधिक सहयोग पुर्याएको थियो । पहिलो हाफसम्म दुवै टोलीले २–२ को बराबरी खेलेका थिए भने दोस्रो हाफमा उद्योग वाणिज्य संघले निर्णायक गोल गर्दै उपाधि सुनिश्चित गर्यो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका सल्लाहकार सभापति बेद बहादुर श्रेष्ठले रेफ्...
त्रिपुरासुन्दरीमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा

त्रिपुरासुन्दरीमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
 पृथ्वीजंग पाण्डे / पिस्कर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको सभाध्यक्षतामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहबीच त्रिपुरासुन्दरीलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको हो ।नेपालको संविधान २०७२ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरिएको अध्यक्ष भक्तध्वज बोहराले ले जानकारी दिनुभयो।   आधारभूत शिक्षा प्राप्त नगरेमा राज्यबाट पाउने सेवा सुविधा नपाइने भएकोले निशुल्क शिक्षा प्राप्त गर्न लागि पर्न सबैलाई आव्हान गर्नुभयो ।गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालले पालिकाको निर्मित समितिहरु चलायमान हुनुपर्ने र साना नानीहरुको ओठमा मुस्कान ल्याउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो...

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र पर्यटन व्यवसायी संघबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज ) सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रम अन्तर्गत यहि २०८२ साल असार ७ गते शनिबार बिहान ८ः०० बजे बसन्तपुर खेल मैदान, लामोसाँघुमा एक मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन व्यवसाय प्रवद्र्धन गर्दै व्यवसाय विस्तारमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिता सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र सुकुटे पर्यटन व्यवसायी संघ बीच हुनेछ । उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले खेलप्रेमी सबै महानुभावहरुलाई सो अवसरमा उपस्थित भई प्रतियोगितालाई उत्साहप्रद बनाउन हार्दिक अनुरोध गर्नुभएको छ । उक्त प्रतियोगिताले जिल्लाभित्र आपसी सद्भाव बढाउनुका साथै पर्यटन र व्यवसाय क्षेत्रका प्रतिनिधिहरूबीच सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।...

बागमती प्रदेशसरकारको ६७ अर्बको बजेटमा को कुन मन्त्रालयलाई कति?६७ अर्बको बजेट

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार राती आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७अरबको बजेट प्रस्तुत गर्नु भएको हो । दिउसो ३बजे बजेट प्रस्तुत गर्नै भनीउको भउता पनी मनत्रालयका सचिबले बजेट बनाउँदा मन्त्री सँग सल्लाह नगरी एकलौटी बजेट निर्माण गरेको भन्दै बिबाद भए पछी बजेट प्रस्तुत गर्न राती भएको बताइएको छ । कुल विनियोजनमध्ये ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ जुन कुल बजेटको ६१.४० प्रतिशत हो। चालु खर्चतर्फ भने २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८.६० प्रतिशत विनियोजन गरिएको छ।मन्त्री काफ्लेले आर्थिक वृद्धिसँगै सेवा प्रवाहको प्रभावकारिता र दिगोपनामा बजेटले टेवा पु¥याउने बताउँनु भयो ।बजेट कार्यान्वयनका लागि सरकारले कर तथा गैरकर स्रोतबाट आम्दानीको खाका ...

पर्वत समाज कतारले खेलाडीहरुलाई गर्‍यो सम्मान

खेलकुद, बिदेश, समाचार
लोकप्रिय समाचार दैनिक पर्वत समाज कतारले आफ्ना भलिबल खेलाडीलाई सम्मान गरेको छ । समाजले शुक्रबार एक कार्यक्रम गरि कतारमा यो बर्ष आयोजना भएका दुई ठुला भलिवल प्रतियोगिताको उपाधि जिताउन सफल भलिबल टिमलाई सम्मान गरेको हो । पर्वत समाज कतारको भलिबल टिमले बक्र इद (इद–उल–अज्हा) को अवसरमा रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको आयोजना र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको सहकार्यमा सम्पन्न ‘अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता–२०२५’ र इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा पर्वत समाज कतारको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा भएको ’जिल्ला स्तरीय भलिबल प्रतियोगिता –२०२५ झको उपाधी जित्न सफल भएको थियो । कार्यक्रममा पर्वत समाज कतारका प्रमुख संरक्षक छबिलाल भट्टराईले लगातार दुई उपाधी जित्दै सस्थाक...

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीद्धारा शैक्षिक सामग्री प्रदान

खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले आज शैक्षिक सामग्री – कापी, कलम, सिसाकलम, कलम,जेमेट्री बस्क, इरेजर, स्वीटर, ड्रेस कपडा,सिलाई ज्याला र अभिभावक सहयोग वितरण गरेको छ ।   आज मेलम्ची नगरपालिका भित्रका बालसुधार मावि, तेर्से मावि, जलवाईदेवि मावि, लाभगाउँ आधारभूत विद्यालय, ज्योति भञ्ज्याङ आधारभूत विद्यालय र प्रज्ञा आधारभूत विद्यालयमा वितरण सम्पन्न गरेको छ । तेर्से माविमा आयोजित कार्यक्रममा मेलम्ची ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङले रेष्टले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर रुपमा सहयोगको अपेक्षा गर्नुभयो । रेष्टले सिन्धुपाल्चोकमा २०५७ सालबाट निरन्तर काम गर्दै आइरहेको संस्थाका जिल्ला कार्यक्रम संयोजक कुमार भट्टराइले जानकारी दिनुभयो । जिल्लामा १३७९ जनालाई यस वर्ष शैक्षिक सहयोग गर्ने तयारी रहेको भट्टराइले जानकारी दिनुभयो । रेष्ट केन्द्रीय कार्यालयका सह कार्यकारी निर्देशक...