सम्पर्क

खेलकुद

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
कास्की, २ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु हुने भएको छ । अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ । बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पु¥याएको छ । विशेषगरी वीरेठाँटी क्षेत्र बढी प्रभावित भएको छ भने चिम्रुङ, हाइजुङलगायत आसपासका क्षेत्रमा पनि बाढीपहिरोले क्षति पु¥याएको गाउँपालिकाले जनाएको छ । मुख्य सडकमा क्षति पुगेपछि स्थानीयको दैनिक आवतजावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन् । वीरेठाँटीस्थित पुल नजिकै सडक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा बगाएको छ । सडक पुनर्निर्माणका लागि नेपाली सेनाले १०० जना जनशक्ति परिचालन गर्ने भएको छ । ...
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, ३१ साउनः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभएको छ । कांग्रेसको संस्थापन पक्ष इतरको तीन दिने राष्ट्रिय भेला समापनका अवसरमा आज उहाँले पञ्चायतकालदेखिनै आफू र आफ्नो पार्टीलाई न्यायालयले न्याय दिएको बताउनुभयो । “विगतमा मलाई राजाले थुन्दा पनि न्यायालयले शाही आयोग खारेज गरेको हो । अहिले पनि हाम्रो पार्टीको आधिकारितासम्बन्धी विषय सर्वाेच्च अदालतमा छ, न्याय पाइने अपेक्षा गरेका छौँ”, पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो । उहाँले विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराउनुभयो । फरक प्रसङ्गमा पूर्वप्रधानमन्त्री देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र हिन्दू संस्कार मान्दै आएको उल्लेख गर्दै कसैलाई पन...
सामुदायिकवनको बक्तृत्वकलामा चौतारको समृद्धि खड्का प्रथम

सामुदायिकवनको बक्तृत्वकलामा चौतारको समृद्धि खड्का प्रथम

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सगुन बस्नेत सवल हरित अर्थतन्त्रका लागी युवा सहभागिता र दिगो व्यवस्थापनमा स्थानीय सरकारको प्रतिबद्धता बिषयक बक्तृत्वकला प्रतियोगितामा कृष्ण रत्न गङ्गा माध्यमिक बिद्यालय चौताराकी समृद्धि खड्का पहीलो हुन सफल हुनु भएको छ । साामुदायक बन दिबश २०८३को अबशरमा चौतारा साँगचोकगढी नगरपलिका वडा नं ११मा रहेको जनबिकास माबीमा भएको बक्तृत्वकला प्रतियोगितामा नगर भित्रका १२वटा बिद्यालयले भाग लिएको थियो । वनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार शुसासन र हरित अर्थ तन्त्र समृद्धीको आधार भन्ने मुल नारा बोकेर हरेक बर्षको श्रावण २५ गतेलाइ सामुदायक बन दिबशको रुपमा मनाइने गरेको छ । सोही अबशर पारेर बन उपभोक्ता महासंघले बिद्यार्थीहरु बिच बक्तृत्वकला प्रतियोगिातको आयोजना गरिएको आयोजक बन उपभोक्ता महासघंका जिल्ला अध्यक्ष जनक गिरीले जानकारी दिनु भयो । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ...
सामुदायिक वनलाई हरित अर्थतन्त्र र युवा रोजगारीसँग जोड्नुपर्नेमा जोड

सामुदायिक वनलाई हरित अर्थतन्त्र र युवा रोजगारीसँग जोड्नुपर्नेमा जोड

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २५ साउनः सामुदायिक वनलाई आर्थिक समृद्धि, रोजगारी सिर्जना र हरित अर्थतन्त्रको आधारका रूपमा विकास गर्नुपर्नेमा सरोकार भएका निकायका प्रतिनिधिले जोड दिएका छन् । सामुदायिक वन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले सामुदायिक वनबाट आर्थिक उपार्जन बढाउन युवा सहभागिता विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले वन उद्यमलाई प्राथमिकता दिँदै वन क्षेत्रबाटै राज्यको आम्दानी वृद्धि गर्न सकिने धारणा राख्नुभयो । “सामुदायिक वन आर्थिक समृद्धिको आधार हो, यसबाट हुने आर्थिक उपार्जनमा युवाको सहभागिता बढाउन आवश्यक छ”, सचिव डा मिश्रले भन्नुभयो । वन तथा भू-संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले सामुदायिक वनको दिगो व्यवस्थापनसँगै हरित अर्थतन्त्र प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । विभागका उपमहानिर्देशक राजीवकुमार झाले नेपालमा ३५...
पशुपतिनाथमा दर्शनार्थीको ओइरो

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, २५ साउनः आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो । पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ । यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको प...

सिन्धु कांग्रेसको नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम बाह्रबिसेमा

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला नेपाली कांग्रेस क्षेत्र नं. १ ले जिल्ला स्तरीय नेता तथा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। क्षेत्र नं. १ का सभापति बालकृष्ण बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नेपाली कांग्रेसका पूर्वसभापति भूपेन्द्रबहादुर थापालगायत पार्टीका जिल्ला, क्षेत्र तथा स्थानीय तहका नेता–कार्यकर्ता, विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र कांग्रेस समर्थकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठनलाई थप मजबुत र व्यवस्थित बनाउँदै आगामी दिनमा जनतासँगको सम्बन्धलाई अझ घनिष्ठ बनाउनुपर्नेमा जोड दिएका थिए। नेता तथा कार्यकर्ताबीच प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर...
सिन्धु रास्वपा सभापतीमा माँया गुरुङ

सिन्धु रास्वपा सभापतीमा माँया गुरुङ

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक सस्थापकका रुपमा रहनु भएको माया गुरूङ जिल्ल अधिबेशनबाट पनी अत्याधिक बहुमतबाट निर्वाचित हुनु भएको छ । शुक्रबार चौतारामा भएको निर्वाचनमा गुरूङले १ सय ४९ मत ल्याएर बिजय हासिल गर्नु भएको हो । सभापतिमा निर्वाचित गुरूङ यसअघि पनि जिल्ला सभापति हुनुहुन्थ्यो । २०७९ सालमा सिन्धुपाल्चोक– २ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत बन्नु भएको गुरुङले प्रथम समावेशी महिला आरोहण टोलीबाट सगरमाथा आरोहण समेत गर्नु भएको छ । उँहाको निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, सभापतिका अर्का उम्मेदवार कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२, दिलराम श्रेष्ठले २ मत ल्याउँनु भएको थियो । एक पदका लागी ५जना मैदानमा खडा भएकोमा गुरुङले अत्याधिक मतले बिजय हासिल गर्नु भएको हो । यो सँगै उपसभापतीमा पनी सरोजा श्रेष्ठले १ सय २३ मत ल्याएर उपसभापती पदमा निर्वाचित हुनु भएको छ ।...
मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

., अन्तर्वाता, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २१ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङसहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागद्वारा विज्ञप्तिमा उल्लेख छ । यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना ...
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २० साउनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेस गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो । “हेलो सरकारमा विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायतका माध्यमबाट प्राप्त हुने गुनासोलाई एउटै पोर्टलमा व्यवस्थापन गर्ने गरी स्तरोन्नति गर्ने गरी प्रस्ताव गरिएको छ”, सापकोटाले रासससँग भन्नुभयो । गुनासोकर्ताले सोझै सम्वन्धित कार्यालयमा हेलो सरकार प्रणालीमा गुनासो दर्ता गरी आवश्यक कारबाहीको जानकारी लिन सक्नेछन् । यस्तै, सम्बन्धित कार्यालयमा गुनासो दर्ता गर्न नचाहेमा हे...
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १७ साउनः देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको तथा बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्ष...