सम्पर्क

सिन्धु– कांग्रेस २ ःको सभापतिका लागि चारजनाको प्रतिष्पर्धा तामाङ महधिबेशन प्रतिनिधीमा जाने

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन नजिकिएसँगै सिन्धुपाल्चोक २ मा सभापतिका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । यो क्षेत्रमा हालसम्म क्षेत्रीय सभापतिका लागि चार जनाले उम्मेदवारी घोषणा गरेको पाइएको छ ।

 

 

 

अहीले सम्म पुर्ब मन्त्री तथा बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ समाज सेवी भुपेन्द्र थापाले हामीलाइ मोखिक जानकारी सहीत सामाजीक सञ्जाल माफर्लत जानकारी दिइ सक्नु भएको छ । आकांक्षीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो हामीले मोखिक जानकारी तथा सामाजीक सञ्जालबाट जानकारी पाए अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति पदका लागि पूर्व प्रदेश मन्त्री कृष्ण कुमार तामाङ नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ का कोषाध्यक्ष भूपेन्द्र थापा कांग्रेसका पुराना नेता तथा यसअघिका अधिवेशनमा महासमिति र महाधिवेशन प्रतिनिधि भइ सक्नु भएका पासाङ दोङ र कांग्रेस नेता करुणासागर सिग्देलको सामाजिक सञ्जालबाट सभापतीको उम्मेदवार भएको जानकारी प्राप्त भएको छ । हाल क्षेत्रीय सभापती रहनु भएका आइतमान तामाङ नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई भव्य र सफल रूपमा सम्पन्न गर्ने संकल्पसहित सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी दिने हुनु भएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा सक्रिय रहँदै आउँनु भएका लोकप्रिय नेता तामाङले पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेर काम गरिसक्नु भएको छ। उहाँ हाल मेलम्ची नगरपालिकाका नगर प्रमुखका रूपमा नेपाली कांग्रेसको सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हालि रहनु भएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मेलम्ची नगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भएका तामाङले नगर नेतृत्वसँगै पार्टी संगठनलाई अघि बढाउने जिम्मेवारीमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आउँनु भएका यस क्षेत्रका लोकप्रिय नेताका रुपमा परिचित रहनु भएको छ ।
पार्टी संगठनमा निरन्तर सक्रियता, कार्यकर्तासँगको सहकार्य र संस्थागत जिम्मेवारीबाट हासिल गरेको अनुभवलाई थप प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको तामाङको भनाइ रहेको छ। उँहाले संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउने, कार्यकर्ताबीच निरन्तर संवाद र समन्वय कायम गर्ने तथा पार्टीको लोकतान्त्रिक मूल्य, विधि र विधानलाई आत्मसात् गर्दै आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । निर्बाचन हारिरहेको यस क्षेत्रमा तामाङ क्षेत्रीय सभापती भए पछी सघीय सासद र प्रदेस सभामा काग्रेसलाइ बिजय गराउँनु भएको थियो ।
कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, आपसी एकता र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै तामाङले महाधिवेशनलाई भव्य र सफल बनाउन सबै प्रतिनिधि तथा कांग्रेसजनमा आह्वान गर्नु हुँदै आगामी निर्बाचनमा खटेर काँग्रेसलाइ पहीलो पाट िबनाउान लागी पर्ने सँधै जनताका साथमा रहेका र रहने नेतालाइ नेतृत्वमा लानका लागी आफु पनी लागी परेको छ सबैले सक्षम नेतृत्वका लागी पहल गर्न समेत आग्रह गर्नु भएको छ ।