नेपाली काग्रेस सिन्धुपाल्चोक जिल्लाको दुबै क्षेत्रको अधिबेशनको मिती सरेको छ।भरी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्र्तगत सिन्धुपाल्चोक जिल्लामा शनिबारका लागि तय गरिएको प्रदेशसभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति परिवर्तन गरिएकोहो ।

पार्टी अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृत दिलिप कुमार अधिकारीले एक सूचना जारी गर्दै मौसम पुर्वानुमान महाशाखाद्वारा जारी सूचना एवम् नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको असोज ८ गतेको प्रेस विज्ञप्ती समेतको आधारमा पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा क्षेत्रीय अधिबेशन असोज १२ र १३गते गरिने जानकारी दिनुभयो ।वर्षाको सम्भावनालाई दृष्टिगत गरी पार्टीको शनिबार हुने भनिएका प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशका निर्वाचन कार्यक्रम परिबर्तन गरि १२गते उद्धघाटन र १३ गते मतदान गर्ने भनी दुबै क्षेत्रबाट सुचना समेत जारी भएको छ ।
हरू अन्य जिल्लाहरूमा पनि सारिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ सम्म हुन गइरहेको १५ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन भने गाउँ नगर अधिवेशन सम्पन्न हुने क्रम जारी छ । यस क्रममा पालिका अधिवेशन अन्तर्गत ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
