आइएफआरसीका महासचिव जगन चापगाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पु¥याउन लागि आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनुभयो । आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भन्नुभएको छ, “आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय निकायहरुसँगका समन्वयमा आवश्यक पर्दा समुदायलाई थप सहयोग परिचालन गर्न तयार छ, मानवीय सहयोग निरन्त जारी रहन्छ ।” उहाँले रेडक्रसका स्वयंसेवक प्रभावित समुदायमा सक्रिय रहेको जनाउँदै प्रारम्भिक राहत र सहयोग गर्न तल्लीन रहेको उल्लेख गर्नुभएको छ । महासचिव चपागाईले बाढीबाट धेरैको ज्यान गएको, मानिसहरू बेपत्ता भएको तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । रासस