शिक्षा बिनाको जीवन जिवनै होईनः नगरप्रमुख बस्नेत
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका का नगर प्रमुख बालकृष्ण बस्नेतले शिक्षा बिनाको जीवन जिवनै होईन हरेक बिषयमा शिक्षाको आबश्यक हुन्छ जो सँग शिक्षा ज्ञान छैन उसले केही पनि गर्न सक्तैन त्यसैले नगरमा कोही पनी नागरिक लाइ शिक्षाबाट बञ्चीत हुन नपरोस भन्नका लागी नगरले बिशेष कार्यक्रम ल्याएको बताउँनु भएको छ । उँहाले १२ कक्षासम्म निःशुल्क शिक्षा ८ सम्म खाजाको ब्यवस्था गरेको शिक्षा क्षेत्रमा मात्रै नगरपालिकाले ३करोड३७लाख बजेट बिनियोजन गरेको र नपुग भए अझै थप्ने बताउनु भएको छ। उँहाले आइतबार नगर भरीका बिद्यालयका प्रअ हरु सँगको छलफलका क्रममा यस्तो बताउँनु भएको हो । कवडहल खोर्साननीबारीमा भएको छलफलमा उँहाले राम्रो पढाइ गर्ने शिक्षकलाई सबैले टोलटोलमा, राम्रो भन्छन् भन्दै नगरका सबै शिक्षित भयो भने त्यसको जस शिक्षकले लिने हो त्यसकारण उपलब्धी तर्फ लागी पर्न अनुरोध गर्नुभयो । शिक्षा बिनाको जीवन जिवनै होईन ...
