सम्पर्क

जिबनशैली

जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सन्तोष सिग्देल ,ईन्द्रावती गाउँपालिकमा जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएकोे छ । गाँउपालिकाले जेष्ठ नागरीकहरुको लागि घरघरमै स्वास्थ्य सेवा प्रदान गरीरहेको छ । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि स्थानिय खुसी भएका छन् । स्वास्थ्यकर्मीले घरमै आएर उच्च रक्तचाप, सुगर, दम लगायत रोग जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराईरहेका छन् । गाउँपालिकाले ६० वर्ष पुगेका जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम कार्यक्रम समावेश गरी पालिकाका १२ वटै वडामा उपचारात्मक कार्यक्रम सञ्चालन गरेको छ । महिनाको एक पटक अर्थात हरेक महीनाको २१ गतेदेखी २५ गतेसम्म ज्येष्ठ नागरिकको घर घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने तथा औषधी वितरण गर्ने गरीएको छ । स्वास्थ्यकर्मीले घरघरमै स्वास्थ्य परीक्षणका गर्ने क्रममा उनीहरुको मासिक स्वास्थ्य र अवस्थाबारे अभिलेख राखिनुका साथै आवश्यक परामर...

इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सन्तोष सिग्देल इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षतामा बसेको बैठकले मनसुनजन्य विपद्का क्षेत्रमा गाउँपालिका बाट भएगरेका हालसम्मको कार्यको समिक्षा, खर्च अनुमोदन,बाढी पहिरो तथा आगलागीबाट भएको क्षतिको विवरण, राहत तथा पुनर्निर्माणको अवस्था,प्रतिकार्य योजना,छाचोक सडक खण्ड मर्मत तथा इन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने पक्की पुल संरक्षणका बारेका पालिकाको रणनितका बारेमा छलफल भएको गाउँपालिकाका सुचना अधिकारी सन्तोष सापकोटाले जानकारी दिनुभयो ।प्रमुख प्रशासकिय अधिकृत पुर्णप्रसाद दुलालले बैठकको सहजिकरण गर्नुभएको थियो । बैठकमा इन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने पक्की पुल संरक्षणका लागी दुई पालिकाका प्रमुख स्तरीय बैठक बस्ने र सम्बन्धीत निकायलाई पहल गर्ने, छाचोक सडक खण्ड मर्मतका लागी सडक विभागलाई ...

आलेखः त्यो पहिलो महिनावारी…

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २५ भदौः “ह्या उता जा ! जहिले खुट्टा चढाउँछे ।” निदैनिदमा दिदीले गाली गर्दै खुट्टा फ्याली दिनुभयो । मलाई सम्झना छ, त्यो रात सेतो सुरुवाल र निलो कुर्था लगाएकी थिएँ । सधँै झैँ खुट्टा चढाउने बानीले दिदीसँग सुत्दा गाली नखाएको दिन हुन्थेन । अटेरी थिएँ । फेरि दिदीतिरै खुट्टा फ्याँलँे । बालापनको मज्जा नै बेग्लै जति जे गरे पनि माफी पाइन्थ्यो । कान्छी छोरी भएकीले दिदीलाई अलि बढी दुःख दिन्थे । अटेर गरी दिदीतिर फेरि खुट्टा चढाउन खोजँे । तर खुट्टा होइन, कम्मर पो करक्कै खायो । खासै वास्ता गरिनँ । अर्कोतिर कोल्टे फेर्न खोजँे । उल्टै तल्लो पेट चस्कियो । दिदीको हात निदैनिदमा दुखिरहेको पेटमा पु¥याएर कानमा फुसफुसाएँ, “दिदी सारै पेट दुख्यो !” उहाँ हत्तपत्त जुरुक्क उठ्नुभयो । मानौँ कुनै गहिरो सपना देख्दादेख्दै ब्युझिनु भए जस्तै झल्याँस्स हुनुभयो । दिदीले मेरो कुर्था माथि सारेर सुरुवालको पछाडितिर आँखा...

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक, २५ भदौ : यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पु-याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पु-याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । बाढीले क्षति पु-याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिमार्ण भईसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । बाढीले क्षति पु-याएको माकालमा भने मोटरेबल पुल निमार्ण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताउनुभयो । वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताउनुभयो । ताम...

सिपाघाटको मोटरेबल पुल जिर्ण बन्दै, शंरक्षणका लागि कार्यदल गठन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सन्तोष सिग्देल ,  ईन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने मोटरेबल पुल शंरक्षणमा स्थानिय सरकारले चासो देखाएका छन् । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ को विषेश पहलमा जिर्ण बन्दै गरेको पुल शंरक्षणका लागि कार्यदल वठन गरीएको हो । आज ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ जोड्ने पुल शंरक्षणका लागि कार्यदल गठन भएको हो । ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन भएको हो । जसमा ईन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे र मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सोम प्रसाद ढकाल सदस्य रहनुभएको छ । आज पुलको स्थलगत निरीक्षणपछी ईन्द्रावती गाँउपालिका वडा नम्बर १२ मा बसेको बैठकमा वडा नम्बर ७ का वडा अध्...

विपी स्मृती दिवसमा खाद्यान्न वितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चौतारा÷ विपी कोइरालाको एक सय ११ औँ स्मृति दिवसको अबसर पारेर नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगर कार्यसमितिले चौतारामा रहेको बृद्धाश्रममा खाद्यान्न वितरण गरेको छ । नेपाली कांग्रेस पूर्व जिल्ला सभापति श्यामबहादुर श्रेष्ठले आईतबार एक कार्यक्रमकाबीच बृद्धाश्रममा खाद्यान्न हस्तान्तरण गर्नुभयो । खाद्यान्न वितरण कार्यक्रममा पूर्व जिल्ला सचिव विल बहादुर तामाङ, नगर सभापति ईन्द्रलोचन धिताल , नगर सचिव भगवान खड्का, युवा नेता बुद्ध घले , शिक्षक नेता ज्ञानबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।  ...

डगल्यान्ड लघुकथामा समयबिम्ब

जिबनशैली, विचार, समाचार, साहित्य
प्रा.डा. खेम दाहाल १. प्रारम्भ पुण्यप्रसाद कोइराला ९पी।वी।कोइराला २०२६, इनरुवा० को ‘डगल्यान्ड’ लघुकथाको किताब हाम्रो लघुकथा केन्द्रले प्रकाशनमा ल्याएको छ । यसमा पचासभन्दा बढी लघुकथा सङकलित छन र कृतिको आकृति सत्तरी पृष्ठकै हाराहारीमा छ । बाहिरी आवरणमा यो लघुकथा सङग्रह रहर लाग्दो र लोभ लाग्दो पनि छ । लघुकथाकार कोइराला विभिन्न संस्थाबाट पुरस्कृत प्रतिभा भएको कुरा पश्चपृष्ठमा उल्लेख भएको छ । सुरुमा सरर एक दुई लघुकथामा आँखा डुलाउँदा भाषा सरर सर्ने बनेको र कुरो सलक्कै पच्ने स्तरको लाग्छ । यी लघुकथाको सम्पूर्ण अवलोकन नगरी केही भन्न असजिलो हुन्छ । तथापि प्राक्कल्पनामा भरपर्दा कथाहरूले भविष्यमा प्रशंसा पाउने छन । २. विषयप्रवेश यी लघुकथाको विषय समयसापेक्ष हुनुपर्ने छ, सिलसिला मिलेको भाषा हुनुपर्नेछ । अन्त्यमा पुग्दा अर्को कुनै कुरा घुसेपछि छयाङ्ग भएर हृदयभित्र छिर्नुपर्ने हुनुपर्छ । यसका सन्दर...

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २४ भदौ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिनुभयो । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उहाँ त्यो आन्दोलनमा सक्रिय हुनुभएको थियो । भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्...

राप्रपाद्धारा चाडपर्बमा हुने कालाबजारी रोक्न सरकार सँग माग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चाडपर्व नजिकिदै गर्दा बजारमा खाद्य तथा उपभोग्य वस्तुमा भइरहेको अत्यधिक मूल्यवृद्धिले जनजीवन कष्टकर बन्दै गइरहेको ले बजारको प्रभाबकारी अनुगमन र कालोबजारी नियन्त्रण गरी आम उपभोक्तालाई सहज बजारको वातावरण सिर्जना गर्न माग गरेको हो र आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको पाटी प्रबक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनु भएको छ । उँहाले बिज्ञेप्ती जारी गरि यस्तो जानकारी दिनु भएको हो । जारी बिज्ञेप्तीमा चाडपर्व मनाउन राजधानी बाहिर जाने यात्रुहरुको सुविधालाई ध्यानमा राखी यातायातको सहज व्यवस्थापन र प्रभावकारी अनुगमन गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको जनाएको छ । बैठकले राजमार्ग र अति व्यस्त रहने सडकका खाल्डाखुल्डी पुर्न तथा सुरक्षित यात्राका उपायहरु अवलम्बन गर्न राप्रपा...

भेदकारी नीतिले सहकारीमा संकट बढ्दो

जिबनशैली, विचार
बिष्णु निश्चल सहकारी क्षेत्रमा देखिएको संकटले देशको समग्र अर्थतन्त्र तथा समाजलाई नै असर पारेको छ । कुनै न कुनै रुपमा समाजमा रहेका हरेक बर्ग र तह र तप्काका आम मानिस सहकारी क्षेत्रमा जोडिएका छन् । कोही सहकारीमा बचत गरेर या कोही सहकारीको माध्यमबाट ऋण लिएर यसमा जोडिएका छन् । कोही कसैको आफ्न्तको रकम सहकारीमा फसेर तनाबमा परेको देखिन्छ । तर यसको उचित समाधानको लागि नियामक निकार्यले प्रभावकारी रुपमा कदम चालेको देखिदैन । नियमक निकार्यले सहकारीमा बचत गर्नेहरुको बचत फिर्ता गर्नु पर्ने एकसरो मागलाई सम्बोधन हुनेगरी आफ्ना गतिबिधीहरुलाई केन्द्रीत गरेको छ । सहकारीमा रकम अपचलन भएको छ बचतकर्ताको रकम जसरी नि फिर्ता गराउनु पर्छ भनेर नियामक निकायदेखी राजनीतिक दलका नेता सम्म लागेको देखिन्छ । सहकारीको मुल उदेश्यनै सानो सानो रकम जम्मा गर्ने अनि आफ्नै सदस्यहरुलाई लगानी गर्ने हो । बचत संकलन भयो लगानी पनि भयो तर त...