सम्पर्क

जिबनशैली

पत्रकारको श्रम शोषण हुनु लज्जा काउन्सिल अध्यक्ष बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  काठमाडौँ, असार ६ पत्रकारहरूले तोकिएको पारिश्रमिक नपाउनु, अरुको पक्षमा बोल्ने र लेख्ने पत्रकारकै श्रम शोषण हुनु लज्जाको विषय भएको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ महिला विभागको आयोजनामा भएको ‘कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा’ विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । पत्रकारको श्रम शोषण हुनु पनि एक प्रकारको हिंसा नै रहेको र यो समस्या समाधन गर्न सञ्चार गृहका नेतृत्वकर्ता रहने सम्पादकले विशेष भूमिका देखाउनुपर्ने उहाँको सुझाव थियो । तर, सम्पादकहरु नै धेरैजसो व्यवस्थापकको भूमिकामा देखिँदा समस्या थपिएकोतर्फ अध्यक्ष बस्नेतले चिन्ता जनाउनुभयो । काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र महिला सञ्चार निर्देशिका, २०७३ ले समेटन नसेकका विषय सहित कार्यस्थलमा हुने हिंसाको विषयमा छुट्टै निर्देशिका बनाउने तयारी भैरहेको उहाँल...

सासद संग्रौला द्धारा बाढीपहीरो सम्बन्धी सांसदामा प्रस्ताव

जिबनशैली, राजनिती, समाचार, स्वास्थ्य
सासद डा. डिला संग्रौला (पन्त) ले बाढीको जोखिममा छ भन्ने विषयमा अध्ययन गरी न्यूनिकरणमा ध्यान दिन आवश्यक रहेको बताउँनु भएको छ । उँहाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषय माथि छलफल गर्नजरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दे त्यस्तो बताउँनु भएको हो उँहाले प्राकृतिक विपत्ति भनेको आकस्मिक रुपमा हुने घटना प्रक्रिया हो । तर, त्यसबाट हामी सचेत हुन केही सावधानी, तयारी अपनाउन सक्छौं । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारले त्यसतर्फ ध्यान नदिँदा धेरै मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । भर्खरै स्थानीय चुनावबाट नयाँ जनप्रतिनिधि आइसकेका छन् । जनप्रतिनिधिहरुको काँधमा स्थानीय रुपमा ठूलो जिम्मेवारी पनि छ । सम्बन्धित स्थानमा रहेका जनप्रतिनिधिले आफ्नो भूगोलको बारेमा जानकारी राख्नु आवश्यक छ । जस्तैः कुन ठाउँ पहिरो, बाढीको जोखिममा छ भन्ने विषयमा अध्ययन गरी न्यूनिक...

मेलम्ची क्षेत्रमा पूर्व सूचना प्रणाली ९साइरन

#, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  देवराज सुबेदी मेलम्ची बाढीग्रस्त मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको छ ।मेलम्ची नगरपालिका वातावरण अधिकृत सुजन दुलालको अनुसार मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आ।व।मा मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली ९साइरन० को अवस्था परीक्षण गरिएको हो । उहाँले भन्नुभयो “यसबाट मनसुनको समयमा हुन सक्ने सम्भावित विपदको जोखिमलाई कम गरि जनधनको क्षतिलाई कम गर्न सकिने छ।“ मेलम्ची नगरपालिकाले गत असारको महविनाशकारी बाढी पश्चात नगरपालिकाको लगानी तथा रामलक्ष्मण इनोभेसन प्रालिको सहयोगमा ‘अर्ली वार्निङ सिस्टम’ ९पूर्व चेतावनी प्रणाली साइरन प्रविधि जडान गरेको थियो ।...

पेट्रोल १९९ डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ जनता मारमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ पुगेको छ ।निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । यो मुल्य बृद्धी सँगै खेती गर्ने पमयमा मल नपाएका कृषक झन मारमा परेका छन । मल खोज्न भौतारिएर हिडेका किसानलाइ गाडीभाडाको मारमा परेका छन ।...

भललाइ जल बनाउँने गिरीको उद्घोष

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगर पालिका वडा नं ११का वडा अध्यक्ष रोषन राज गिरीले आफुले नगरपालीका मा भललाइ जल बनाउँने लगाएतका बिभिन्न कार्यक्रम अगाडी सारेको बताउँनु भएको छ । उँहाले आफुले अबलम्बन गर्न चाहेका निति तथा कार्यक्रम ÷ वडाको लागि उपर्युक्त सल्लाह शुझावको अपेक्षा समेत राखेको बताउँदै आधुनिक मेसिन औजारको प्रयोग गरि ठुला ठुला पोखरी खनी प्लास्टिक पोखरी निर्माण गरि सिंचाइ सुबिधा उपलब्ध गराएर “भललाई जल“ बनाउने अभियान संचालन गर्ने बताउँनु भएको छ । यसै गरी बस्तीका माथिल्ला क्षेत्रमा परेको पानीलाई साना साना पोखरी ट्रेन्चहरु बनाई जमिनमा पठाउने कार्यलाई झरेली अभियान को रुपमा अघि बढाउँदै “जनशक्तिलाई जल शक्ति“ मा रुपान्तरण गर्ने योजना रहेको बताउँनु भयो । “झरेका पात र परेको पानी “ को सदुपयोग गर्ने अभियान संचालन गर्दै प्राराङगिक मल उत्पादन अभियान संचालन गर्ने ।डुम्रेबेशी,बन्देउटार र दोला...

भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन बस्नेतको आग्रह

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत ले भौतिक पुर्वाधार संगै गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नु भएको छ । उँहाले हेलम्बु गाउँपालिका–३ स्थित जयवागेश्वारी माविको ४ कोठे पक्की भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएकोहो ।उँहाले जुनसुकै स्थानमा प्रतिस्पर्धामा सफल हुनेगरी विधार्थीलाई अध्यापन गराउन आग्रह गर्नुभयो ।उहाँले नेपाली काङ्रेसले हुने र सक्ने काम मात्र बोल्ने भन्दै बोलेको काम पूरा गर्ने बताउनुभयो जँहा दुखी पिडीत छन त्यँहा नेपाली कांग्रेस पुग्ने बताउँनु हँदै जनताको दुख सुखमा साथ दिन सके मात्र राजनिती धर्म पुरा हुने बताउँनु भयो । नेता बस्नेतले जनताको दुःखको सारथि कांग्रेस भएका स्पष्ट पार्दै गाउँपालिका लगायत अन्य ठाउँबाट विद्यालयको समस्या समाधान गर्न सहयोग गर्ने बताउँनु भयो । उँहाले पाल्चोक मन्दिर, सडक खानेपानी , विद्युतको सा...

शिक्षक संघ चौतारा द्धारा जनप्रतिनिधिहरूलाई बधाई

#, जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
  नेपाल शिक्षक संघ स्थानीय चौतारा चौतारा साँगाचोकगढी नगरपालिकाले नगरमा नव निर्बाचित पदाधिकारीहरुलाइ बधाइ तथा शुभकामना दिएको छ । संघद्वारा २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई शनीबार एक कार्यक्रमका बिच बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम गरिएको हो । नेपाल शिक्षक संघ बागमति प्रदेशका उपाध्यक्ष यज्ञप्रसाद दंगालको प्रमुख आतिथ्यतामा र नेपाल शिकक संघ सिन्धुपाल्चोकका अध्यक्ष तुलसीप्रसाद दंगालको बिशेष आतिथ्यता वि.पि स्मृति भवनमा उक्त कार्यक्रममा गरीएको थियो । कार्यक्रमको सभापतित्व नेपाल शिक्षक संघ चौतारा साँगाचोकगढी नगर समितिका अध्यक्ष सबिन दंगालले गर्नु भएको थियो भने कार्यक्रम संचालन नगर समितिका सचिव सुनिल तामाङले गर्नु भएको थियो। नेपाल शिक्षक महासंघका उपाध्यक्ष राजेन्द्रप्रसाद सापकोटा , नेपाल शिक्षक संघ नगर कार्य समितिका पुर्व अध्यक्ष केशवल...

नेत्रज्योती कृषी सहकारी द्धारा बिउ बितरण

#, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा नेत्र ज्योती कृषी सहकारी सस्थाले शुक्रबार नवनिर्वाचित वडा अध्यक्ष उद्धब नेपालललाइ बधाइ दिदै पुर्ब अध्यक्ष शेर बहादुर श्रेष्ठलाइ धन्यबाद दिएको छ । बधाइ तथा धन्यबाद कार्यक्रम गर्दै किसानहरुका लागी आबश्यक पर्ने बिउ बितरण समेत गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका १४का कृषकहरुलाइ गोलभेडा, काउली लगाएतका बिउ बितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी १४ नं वडाका वडा अध्यक्ष उद्धब नेपालले वडामा रहेका कृषकहरुका लागी आबश्यक पर्ने मल को लागी बिशेष पहल भइरहेको बताउँदै आबश्यक परेको गोलभेडा र काउलीको बिउको लागी वडाबाट अनुदानको ब्यबस्था गरेको बताउँनु भयो । उँहाले वडाका कृषकहरुको पहीलो समस्या भनेको बिउ, मल, भएकाले यसको समधानका लागी वडा कार्यलय लागी परेको बताउँदै नेत्रज्योती कृषी सहकारी सस्थाले कृषको समस्यालाइ समधान गर्न मल र बिउको व्यबस्था ...

रासायनिक मल अभाव न्युनिकरण हुने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
तत्काल तातोपानी भन्सार कार्यलयले भन्सारमा रहेको रासायनिक मल व्यवसायीलाइ पठाउँने भएको छ । नेपाली काँग्रेस का केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको बिशेष पहलमा तत्काल भन्सारमा रहेको मल बितरणको लागी भन्सार कार्यलयले आबश्यक प्रकृया शुरु गर्ने भएको छ । यसका लागी शुक्रबार मल खरिद गरेका ब्यबसायीहरुलाइ तत्काल भन्सार बाट लैजानका लागी ब्यवसायीहरु सँग छलफल हुने भएको भन्सार प्रमुख नारद गौतमले जानकारी दिनु भयो । बस्नेतको पहलमा भन्सार कार्यलयमा बाह्रबिसे नगरपालिका प्रमुख उपप्रमुख, भोटेकोसी गाउँपालिका प्रमुख उपप्रमुख सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, सहीत तातोपानी भन्सार कार्यलय प्रमुखसंग कार्यकक्षमा प्रत्यक्ष भेट गरि समस्याको बारेमा ध्यानाकर्षण गराउदै यथाशीघ्र रासायनिक मललाई नितिगत संयन्त्र निर्माण गरि वितरणको महत्वपूर्ण र अत्यावश्यक क...

आँखैमा लाउने गाजलु‘’ सार्वजनिक

#, जिबनशैली, मनोरन्जन, विचित्र संसार, समाचार, साहित्य
सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु‘’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ । गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ–आफ्ना राख्नुभएको थियो । ‘सबैको मिहिनेतबाट एउटा राम्रो भिडियो श्रोता÷दर्शकमाझ ल्याएक...