नेपाल बार एशोसिएसनको पदाधिकारीद्धारा पदभार ग्रहण
नेपाल वार एशोसिएसन जिल्ला अदालत वार इकाइ सिन्धुपाल्चोकका नव निर्बाचित पदाधिकारीहरुद्धारा पदभार ग्रहण गरेका छन । गत असोज २८ गते भएको बारको १७ औ अधिवेशनवाट भुपेन्द्र थिङको अध्यक्षतामा नयां कार्य समिति सर्वसम्मत निर्वाचित भएको थियो । नव निर्वाचित कार्यसमितिका पदाधिकारी हरुलाइ माननिय जिल्ला न्यायधिस विदुर कोइराला द्धारा शुक्रबार सपथ ग्रहण गराउँनु भए सँगै नवनिर्बाचित पदाधिकारीहरुले आआफ्नो पदभार ग्रहण गरेका छन । बारको निर्वाचन संयोजक रोहिणीराज जोशी ले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नु भएको थियो। नवनिर्वाचित कार्यसमिति अध्यक्ष लगायतलाइ जिल्ला अदालत सिन्धुपाल्चोकको तर्फवाट माननिय जिल्ला न्याधिस विदुर कोइराला र श्रेस्तेदार राजेन्द्र वाग्ले ले बधाइ साथमा खादा टिका लगाइ स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमको सभाध्यक्ष श्री रोहिणीराज जोशीले गर्नुभएको थियो भने कार्यक्रम माननिय जिल्ला न्याधिश विद...
