सम्पर्क

जिबनशैली

जडीबुटी तथा फलफुलको अनुगमन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय र वन निर्देशनालयले सिन्धुपाल्चोकको विभिन्न स्थानमा जडीबुटी तथा फलफुल बृक्षारोपणको अनुगमन निरीक्षण गरेको छ । वन निर्देशनालय हेटौडाका योजना तथा अनुगमन अधिकृत सन्त माया श्रेष्ठको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनमा वन तथा वातवरण मन्त्री बिशाल खड्काको निजी सचिव रमेश दुलाल, डिभीजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत कृष्ण बहादुर थापा लगायतको टोलीले जिल्लाको बिभिन्न स्थानमा अनुगमन गरेको हो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ नेत्रज्योती कृषी सहकारी संस्थाको अगुवाइमा कृषकहरुले लगायतको तिम्मर, मेलम्ची नर्सरी, नमुना कृषीफर्मले गरेको दुवाचौरको बृक्षारोपण, चौतारा सांँगाचोकगढी नगरपालिका ८ सिमपाखामा कबुलियती वन समुहले गरेको फलफुल बृक्षारोपण तथा पात्लेपानी नर्सरीको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा स्थानीय कृषकहरुले बिरुवा उपलब...

बाल यौन शोषण बिरुद्ध टुँडिखेलमा नाटक

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
विश्व मानवअधिकार दिवसको अवसरमा बालश्रम र बालयौन शोषणको विरुद्ध र बाल अधिकारको रक्षाको लागी श्री कृष्ण रत्न गंगा बालक्लबले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट), जिल्ला कार्यालय (रे.जि.का) सिन्धुपाल्चोक र श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालय को आयोजना र चौ.सा.ढि न.पा. वडा नं ५ वडा कार्यालयसंगको समन्वयमा चौतारा बजारको टुँडिखेलमा जनचेतनामूलक नाटक प्रदर्शन गरेको छ। कार्यक्रम श्री कृष्ण रत्न गंगा माध्यमिक विद्यालयको प्राङ्गणबाट बालश्रम अन्त्य गरौँ, बालअधिकारको रक्षा गरौँ र बालमैत्री स्थानीय शासनको सुनिश्चितता गरौँ भन्ने नारासहित टुडिँखेल चोक सम्म पुगी, सोही चोकमा नाटक प्रदर्शन गरी सम्पन्न भएको थियो। नाटकको परिकल्पना र कथा लेखन बालक्लबका अध्यक्ष र सोहि विद्यालयको कक्षा नौँ मा अध्ययनरत छात्रा नेहारीका मास्केले गर्नुभएको थियो। चौतारा सदरमुकामको बजारका अधिकांश होटल रेस्टुराँमा अझै पनि बालश...

बिपद ब्यवस्थापनमा सहकार्य गरेर अगाडी बढ्ने बाह्र्बिसे नगर पालीकाको प्रतीबद्धता

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सगुन बस्नेत बिपदमा परेकाहरुलाइ तत्काल उद्धार गर्ननका लागी कसरी काम भइरहेको छ र के कस्ता समस्या छन कसरी समधान गर्न सकिन्छ भन्ने बारेमा बाह्र्बिसेमा एक अन्तरक्रीया कार्यक्रम भएको छ । अन्तरक्रयिया कार्यक्रममा बोल्दै नगर उप प्रमुख मन्जु तामाङले बिपदका बारेमा कसरी तत्काल बिपद ब्यस्थापन गर्न सकिन्छ भन्ने बारेमा जानकार रहनु महत्वपुर्ण कुरा भएको ले यस्ता कार्य गर्ने सस्थाहरु साँग नगरपालीकाले सहकार्य गर्न चाहेको बताउँनु भयो । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले बिपद ब्यवस्थापनमा सामाजीक सुरक्षाका कुराहरु जोडीन आउँने हँुदा यसरी पालिकामा त्तकाल आइपर्ने बिपदको बारेमा कसरी ब्यव्सथापन गर्ने र यसका चुनौती र समधान कसरी गर्न सकिन्छ भन्ने कुरा यसरी नै अन्तीम बिन्दुमा पुग्न सकिने भएकाले यस्ता सस्थाहरु सँग अन्तरक्रिया भइरहन पर्ने बताउँनु भयो । उँहाले यस्ता सस्थाहरु सँग सहकार्य गरेर स्थानीय स...

जेष्ठ १५ भित्र काम सक्न दुलालको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, स्वास्थ्य
दोस्रो पटक प्रदेशसभा सदस्यमा बिजयी भएपछि नेकपा माओवादी युवा नेता युवराज दुलाल शरद ले विकासका काममा ध्यान केन्द्रित गर्न थाल्नुभएको छ । अघिल्लो पटक प्रदेश सदस्य जितेर वागमती प्रदेशका समाजिक विकासमन्त्री बनेपछि जनताको मत जित्ने गरी विकासे काम गर्नुभएका उहाँले यस पटक गठबन्धनका साझा उम्मेद्वार बनेर भारी मतले बिजय भए पछी अबको पाँच बर्ष बिकासको भारी जनतालाइ बोकाउँने तयारी थाल्नुभएको छ । अघिल्ला पाँच बर्ष आफूले सुरु गरेका विभिन्न विकासका कामलाई पूर्णता दिने र आउँदा दिनमा थप बजेट ल्याएर प्रदेशलाई जगमग बनाउने दुलालको योजना रहेको छ । मंगलबार माननीय दुलालले सिन्धुपाल्चोकको चौतारा छापमा निर्माणाधिन दिनेश–रामजी स्मृति बहु प्राविधिक शिक्षालयको अनुगमन गर्नुभएको छ । सिन्धुपाल्चोकमा शैक्षिक र प्राविधिक क्षेत्रमा नयाँ इतिहास रच्ने गरी निमार्ण भइरहेको शिक्षालय आगामी जेठ १५ गते हस्तान्तरण गर्ने गरी काम सक्न उ...

नगर प्रमुख बस्नेतद्धारा थामी परिबारलाइ सहयोग

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्ला बाह्र्बिसे नगर पालिकाका नगर प्रमुख बाल कृष्ण बस्नेत द्धारा सुत्केरीमहीलाको निधनमा दुख ब्यक्त गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा न ४ नयाँ बस्ति निबासी २ महिनाको सुत्केरी महिला कविता थामि लाइ रुघा खोकी लागेर बेहोस भए पछी किस्टोन अस्पताल बाह्र्बिसेमा उपचारका क्रममा निधन भएको थियो । नगर प्रमुख बस्नेतले मृतकको थामी प्रती श्रदान्जली ब्यक्त गर्दै मृतककोे परिबारलाइ तत्काल किरिया खर्चबापत आफ्नो ब्यक्तिगतरू ३९०००÷– नगद प्रदान गर्नु भएको छ । उँहाले उक्त २ महिनाको बच्चाको लागि पौष्टिक आहार बापत नगरपालिका बाट २ बर्ष सम्म महिनाको रू ५०००÷–को दरले उपलब्ध गराउने र बच्चाको पठन पाठनका लागी नगरपालिका बाट टनत्रबृती समेतको ब्यवस्था मिलाइदिने बताउँनुभएको छ । नगर प्रमुख बस्नेतले यस अघी पनी यसरी आपतमा परेकाहरुलाइ ब्यक्तीगत रुपमा सहयोग गर्दे आउँनु भएको छ ।  ...

भोटेकोशीमा बिपद ब्यवस्थापन सम्बन्धी छलफल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती, प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यका विषयमा एक बृहत छलफल भएको छ । v6   v3   भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासङ नुर्बु शेर्पाको अध्यक्षतामा युरोपेली युनीयनको आर्थिक सहयोग पिपुल इन निड, सेभ द चिल्डेन इन्टरन्यासनल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र स्कट वील्सन नेपालको संयुक्त पहलमा भोटेकोशी गाउँपालिकासँगको सहकार्यमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा भएका असल अभ्यास, चुनौती र आगामी प्राथमिकताका विषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । तातोपानी स्थित होटल स्मल हेभेनमा भएको कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम, बजेट तथा कार्यक्रम र यसको का...

बिभीन्न कार्यक्रम गरी भोटेकोशीले मनायो स्वयमसेविका दिवश

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइँएको छ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाले पनी यस बर्षको १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अबशरमा बिभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपलिका अध्यक्ष श्री पासाङ नु्र्पु शेर्पा द्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको कार्यको उच्च मूल्याकंन गर्दै कदर पत्र समेत दिनु भएको थियो । उँहाले समुदायमा सबै भन्दा पहीले पुगेर समुदायको समस्या सँग जुध्नका लागी पुलको भुमिका निर्वाह गर्ने यो समुहले गरेका हरेक काम प्रशंसनिय रहेको बताउँदै पालिकाका हरेक नागरिकको स्वास्थ्य स्थिती मात्र होइन उनीहरुका हरेक समस्या महीला स्वयम सेवीकालाइ बढी थाहा हुने हुँदा समस्या समधानमा सहयोग पुगेको ...

सुुकुम्बासी समस्या तत्काल समाधान गर्न चार किसान संगठनको माग

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
देशमा रहेको सुकुम्बासी परिबारको सहि पहिचान र समस्याको न्यायपूर्ण समाधान गर्ने भन्दा पनि यो समस्यालाई एक वा अर्को किसिमले लामो समयदेखि आलेटाले गर्दै थाँती राख्ने, जटील तुल्याउने र यसलाई केवल सत्तामा जाने भर्याँङ्ग मात्र बनाउने काम सत्तामा रहँदै बस्तै आएका दलहरुले गर्दै आएकोले यो समस्या समाधानहीन भएर कचल्टिएको र बेला बेलामा यसले उग्ररुप लिने स्थिति सिर्जना हुने गरेको देखिदै आएको चार किसान संगठनले बक्तब्य मार्फत जनाएको छ ।सगंठनद्धारा जारी बक्तब्यमा अहिले बागमति र बिष्णुमति किनारामा सुकुम्बासीको नाममा रहे बसेका परिबारको समस्याको मूल कारण पनि यही नै । अतः जो सुकुम्बासी परिबार हो त्यसको पहिचान सही पहिचान गरी बसोबास र रोजगारीको ब्यवस्था गर्नु र यो समस्याको सही समाधान खोज्नु राज्यको आधारभूत दायित्व हो । देशमा ८ लाख परिबारभन्दा बढी सुकुम्बासी रहेको स्वीकार गर्ने राज्यले यस दायित्वबाट पञ्छिन, अलग्ग...

मेलम्ची खानेपानीद्धारा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ ।मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेर यस्तो अनुरोध गरेको हो । समितीले सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरू गरिएकाले उक्त पानी पथान्तरणका क्रममा हुन सक्ने सम्भावीत क्षेती बाट बच्नका लागी यस्तो सुचना जारी गरेको हो । समितीद्धारा जारी सुचनामा सुरूङ प्रवेश मार्गहरू सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको हो।गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरू गरिएपछी यो सुचना आएको हो ।  ...

जिल्ला निर्वाचनद्धारा प्रमाण पत्र बितरण, मेलम्ची पुल र तातोपानी नाका पहीलो प्रथमिकता

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
आफ्नो पहीलो प्रथमिकता मेलम्चीकोपुल बनाउँदै प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २का मतदाताहरुले मागेको बिकासका कार्यक्रमहरु गर्ने रहेको नव निर्वाचित प्रतिनिधी सभा सदस्य मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।    सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुलाई निर्वाचन आयोगगको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उँहाले यस्तोबताउँनु भएको हो । क्षेत्र नं १का सदस्य माधव सापकोटा सुबोधले तत्काल तातोपानी नाकाको समस्या समधान गर्न केन्द्रयि नेताहरुलाइ ल्याएर अन्तरक्रिया गरिने बताउृँनु भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको प्रांगणमा एक कार्यक्रम आयोजना गरी आइतबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो । गत मंसिर ४ गते आमनिर्वाचन सम्पन्न भएको थियो ।कार्यक्रममा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ((सुबोध), २ बाट निर्वाचित मो...