आफ्नो पहीलो प्रथमिकता मेलम्चीकोपुल बनाउँदै प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २का मतदाताहरुले मागेको बिकासका कार्यक्रमहरु गर्ने रहेको नव निर्वाचित प्रतिनिधी सभा सदस्य मोहन बहादुर बस्नेतले बताउँनु भएको छ ।
सिन्धुपाल्चोकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुलाई निर्वाचन आयोगगको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उँहाले यस्तोबताउँनु भएको हो । क्षेत्र नं १का सदस्य माधव सापकोटा सुबोधले तत्काल तातोपानी नाकाको समस्या समधान गर्न केन्द्रयि नेताहरुलाइ ल्याएर अन्तरक्रिया गरिने बताउृँनु भयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको प्रांगणमा एक कार्यक्रम आयोजना गरी आइतबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो ।
गत मंसिर ४ गते आमनिर्वाचन सम्पन्न भएको थियो ।कार्यक्रममा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ((सुबोध), २ बाट निर्वाचित मोहनबहादुर बस्नेत, १ को ९क० बाट निर्वाचित मसिना खड्का, ९क० बाट निर्वाचित सरलसहयात्री पौडेल, १ को ९क० बाट निर्वाचित युवराज दुलाल ९शरद्० र ९ख० बाट निर्वाचित कृष्णकुमार तामाङ ९समिर० सहभागी थिए । क्षेत्र नं। १ बाट निर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदी र २ बाट निर्वाचित सांसदहरुलाई मुख्य निर्वाचन अधिकृत विदुर कोइरालाले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस बिदुरकोइरालाले निर्वाचनमा सहयोग गर्ने सबैमा धन्यबाद दिदै प्रमाण पत्र प्रदान गर्नू भएको थियो ।