सम्पर्क

जिबनशैली

दृष्टिबिहिन बिद्यार्थी लाई उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकको सहयोग

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले दृष्टिविहीन बालबालिकालाई आवश्यक शैक्षिक र खाद्य सामग्री सहयोग गरेर आफ्नो स्थपना दिबश मनाएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको वनदेवी माध्यामिक विद्यालयका दृष्टिविहीन ११ जना बालबालिकालाई संघले शैक्षिक र खाद्य सामग्री सहयोग गरेर आफ्नो स्थपना दिबश मनाउँन पाएको धेरुे खुशी लागेको सघंका अध्यक्ष बुद्धराज बस्नेतले बताउँनु भयो । जिल्लको एकमात्र दृष्टिबिहिन स्रोत कक्षा सञ्चालित विद्यालयमा पुगेर ३० औँ स्थापना दिवस मनाएको हो । सघंका पदाधिकारी हरु बनदेबी माबीमा पुगेर छात्रावासमा बसेर अध्ययन गरिरहेका दृष्टिविहीन ११ जना बालबालिकालाई शैक्षिक र खाद्य सामग्री सहयोग गरेको महासचिव ईश्वर गुभाजूले जानकारी दिनु भयो । महासचिव गुभाजूका अनुसार संघले ४ थान डिजिटल भ्वाइस रेकर्डर, ५ सय पिस कार्डबोर्ड पेपर चामल सहित दाल, चिउरा, तेल, चाउचाउ, चिनी, बिस्क...

साना र नयाँ दल बढ्दो ‘थ्रेसहोल्ड’ को चक्रब्युमा पर्ने खतरा

अन्तर्वाता, जिबनशैली, राजनिती, विचार, विचित्र संसार
आरपी गैरे प्रमुख तीन दल–नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले लामो समय देखि आलोपालो सरकारको नेतृत्व गर्दै आएका छन तर पनि उनीहरुले दावी गरे अनुसार मुलुक अघि बढ्न सकेको छैन । नेपाली जनता लामो समयदेखि गरिबीको रेखामुनि छन् । गरिबीबाट उनीहरु आर्थिक रूपमा माथि उठ्न सकेका छैनन् । यसको मुख्य दोषी प्रमुख दलहरू नै हुन् । प्रमुख तीन दलले यसको जिम्मेवारी लिनुपर्छ । लामो समयदेखि शासनसत्ता चलाएर पनि उनीहरुले जनतालाई खुशि पार्न सकेनन् । राजनीति गर्ने नेताहरू इमानदारी हुनु पर्छ । राजनीतिमा इमान्दारीता भएन भने जनताले दुख्ख पाउँछन । हिजो जस्तो निष्ठा र त्यागको राजनीति आज छैन ।प्रमुख दलहरूको अदूरदर्शिताले देश बर्बाद भएको छ । एकले अर्काको खुट्टा तान्ने र राम्रो काम गर्न नदिने गलत संस्कारको बिकास भएको छ । मुलुक बनाउने कुरा राजनीति दलहरु र तिनका नेतलाई खासै चासो नभए जस्तो देखिएको छ । आफ्नो र आफ्ना मान्छेक...

सामुदायिक बन दिवस को अबशरमा ब्यक्तीत्व कला सहीत बृक्षरोपण

कृषि, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ७मा रहेको ज्ञानमन्दीर नमुना माबीमा “सामुदायिक वनको प्रभावकारितातीनै तहको सरकार र समुदायको सहभागिता “ भन्ने मुल नाराका साथ सामुदायिक बन दिवस मनाइएको छ । चौतारा सिन्धुपाल्चोक सामुदायिक बन उपभोक्ता महासघ नेपाल जिल्ला महासघ सिन्धुपाल्चोक को आयोजना , चौतारा सागाचोकगढी नगरपालिका वडा नँ ७ को सहयोग र डिभिजन बन कार्यालय सिन्धुपाल्चोक र श्री ज्ञान मन्दिर नमुना मा. बि. मेल्चौरको समन्वयमा “सामुदायिक वनको प्रभावकारितातीनै तहको सरकार र समुदायको सहभागिता “ भन्ने मुल नाराका साथ सामुदायिक बन दिवस २०८१ को अवसर पारेर शुक्रबार श्रावण २५गते चौतारा सागाचोकगढी नगरपालिका अन्तर्गत मा. बि. स्तरिय ब्यक्तीत्व कला प्रतियोगिता कार्यक्रमको आयोजना गरेर दिबश मनाएको हो ।सामुदायिक बन ब्यवस्थापन्मा स्थानिय सरकार र समुदायको भुमिका विषयक उक्त बक्तृत्व कला प्रतियोगितामा नगरप...

विपद्को सामना गरिरहेका छौं : नगर प्रमुख तामाङ

अन्तर्वाता, जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
दिपिन ढुगंना , मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले विपद्को क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभएको छ । मेलम्ची नगरपालिकामा उल्लेख्य मात्रामा विपद्का घटनाहरु भइरहेकाले केहि समस्या उत्पन्न भएपनि नगरपालिका आफ्नो जिम्मेवारीबाट टाढा नभएको दावि गर्नुभयो । नगर प्रमुख तामाङले बेलिब्रिज सम्पन्न भएको, अर्को पुल बनाउने प्रक्रिया अगाडी बढाईएको भएतापनि माथिल्लो निकायमा गएर अड्किएको जानकारी दिनुभयो । प्राविधिक ज्ञान तथा सिप बिनानै आवश्यकताका नाममा जथाभावी सडक खन्दा विपद्को धेरै सामना गर्नुपरेको कुरा प्रमुख तामाङले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरु एवम् संकटासन्न ब्यक्तिहरुको स्वास्थ्य पुनर्स्थापना तथा सामाजिक सेवामा पहुँच वृद्धि परियोजना अन्तर्गत जलवायु परिवर्तन अनुकुलन तथा विपद जोखिम न्यूनीकरण सम्बन्धी एक दिने गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले विपद्का क्षेत्रमा नगरपाल...

ईन्द्रावती गाउँपालिकाको वार्षिक समीक्षा, ८२ दशमलव २९ प्रतिशत प्रगति

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार, स्वास्थ्य
सन्ताेष सिग्देल,नवलपुर । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷८१ अन्तर्गत संचालित कार्यक्रमहरुको बार्षिक समिक्षा गरेको छ । गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा गाउँपालिकाका बिषयगत शाखाहरुले भए गरेका कामका बारेमा प्रस्तुतीकरण गरेका थिए । ईन्द्रावती गाउँपालिकाले गत आ.व मा कुल ८२.२९% प्रगती हाँसिल गरेको छ । १८% काम गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो । गाउँपालिकाको गत आ.व को आर्थिक बिवरण प्रस्तुत गर्दै लेखा शाखा प्रमुख भास्कर पन्तले आर्थिक बर्ष २०८०÷०८१ को अनुमानित आय ८५ करोड १० लाख ९५ हजार रहेको जानकारी दिनुभयो ।   तर वास्तविक प्राप्ती भने ७६ करोड ३२ लाख ३४ हजार ६ सय ९७ भएको छ । ठुलो मात्रामा घाटा बजेट निर्माण हुनु, समयमा रकमान्तर नहुनु, समयमै योजना तथा कार्यक्रम सम्पन्न ...

श्रोता तथा दर्शकमाझ लोकप्रिय बन्दै गायक सरोज लामिछाने

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
देब राज सुबेदी , पछिल्लो समय युवा पुस्तामा निकै व्यस्त रहेका लोकप्रिय गायक तथा सर्जक सरोज लामिछानेको चर्चा थप चुलिँदै गएको छ । विगत डेढ दशक देखि गीत सङ्गीतको यात्रामा निरन्तर संघर्ष गरिरहेका गायक सरोज अहिले पनि उत्तिकै शसक्त र उर्जाशील भएर लागिरहेका छन् । २०४९ साल माघ २ गते सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाको फटकशिलामा बुबा उत्तममणि लामिछाने र आमा सावित्रा लामिछानेको कोखबाट जन्मिएका गायक लामिछाने पाँच जना परिवार मध्यका उनी कान्छा छोरा हुन् । सानै उमेरदेखि गीत लेख्न , गाउँन, नाच्न कार्यकम चलाउन र अभिनय गर्न निकै रुचि र चासो राख्ने लामिछाने बहु आयामिक कलाकारका रुपमा स्थापित भएका छन् । पछिल्लो समय नेपालमा काँठ क्षेत्रका गितहरु ओझेल पर्दै गएको अवस्थामा लामिछाने अहिले तिनै काँठको धरोहरको रुपमा परिचीत छन् र उनको आगमन संगै काँठे भाकाले समेत नंया उचाई हासिल गरेको छ । लोक दोहोरी गित भन्ने बित...

विपद जोखिम न्यूनीकरण र पुर्वसुचना प्रणाली सुढृढिकरणका लागी छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  दिपिन ढुंगाना सिन्धुपाल्चोक जिल्ला बहुप्रकोपको जोखिम उच्च रहेको जिल्ला हो । बर्षेनी लाखौ मात्रमा विपदजन्य घटनाहरुबाट क्षति हुने गर्दछ । खास गरी मनसुन जन्य विपदहरुबाट सिन्धुपाल्चोक जिल्लामा व्यापक क्षति हुने गरेको छ । २०७८ सालको मेलम्ची बाढी पश्चातका वर्षहरुमा बाढी तथा पहिरोले व्यापक असर पुर्याएको छ ।विपदको क्षतिलाई न्युन गर्नको लागी मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्रमा बाढी तथा पहिरोमा आधारित पुर्वसुचना प्रणाली विकास हुँदैछ । मानविय क्षति रोक्न तथा धन सम्पतीको रक्षाको लागी पुर्वसुचना प्रणालीकोे अहम भूमिका रहेको हुन्छ । बाढी तथा पहिरोमा आधारित पुर्वसुचना प्रणालीको विकास सिन्धुपाल्चोक जिल्लाको अन्य पालिकाहरु तथा देशको अन्य जोखिमयुक्त स्थानहरुमा गर्न सकिएमा जनधनको क्षतिलाई कम गर्न सकिन्छ ।सिन्धुपाल्चोक जिल्लाको विपद्को जोखिमहरुलाई कम गर्ने उद्धेश्यका साथ जिल्ला विपद् व्यवस्थापन स...

नागलाई खुसी पार्न नागपूजा गरिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
लेखनाथ (कास्की), २४ साउन : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी भोलि परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्बिर टाँसेर मनाइँदैछ । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ ।पोखरा–२६ विजयपुर निवासी पण्डित गणेश अधिकारीले नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहिआएको बताउनुभयो । “अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । यस दिन नागदेवताको पूजाअर्चना गर्न दूध, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ”, उहाँले भन्नुभयो, “सामान्यतया अगाडि सर्पनै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा,...

‘बजाउँदै चुरा’ भन्दै गीता

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
गिता अधिकारी काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा सोमिक गौतमको सिनेमेटोग्राफी र अमृत चापागाईंको सम्पादन एवं कलर छ ।गीतको भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारले कम्मर मर्काउनुभएको छ । गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीताका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरी’ जस्ता आधा दर्जन गीत श्रोता/दर्शकमाझ आएका छन् ।नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको गीता बताउनुह...

प्रधानसेनापतिबाट बिदा हुँदै शर्मा, आफ्नो कार्यकालको उपलब्धि सार्वजनिक

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, २३ साउन : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा सम्पन्न भए गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । आगामी भदौ २४ गतेदेखि अवकाशमा जान लाग्नुभएका प्रधानसेनापति शर्माले शुक्रबारदेखि घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा आज सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराउनुभएको हो । आफ्नो कार्यकालका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सदैव इमान्दारिता, वफादारिता, निःस्वार्थ भाव र निरन्तर परिश्रमलाई मूलमन्त्रको रूपमा अङ्गिकार गरी कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थभन्दा संस्थागत स्वार्थलाई शिरोपर गरी राष्ट्र तथा सङ्गठनको हितअनुरूप कार्य गर्नुहोला । भावी प्रधानसेनापतिलाई पनि मलाई जस्तै साथ र सहयोग मिल्ने विश्वास लिएको छु ।...