सम्पर्क

जिबनशैली

सडक अबरुद्ध नहुने गरी काम गर्दै मेलम्ची नगर पालिका

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका भित्रको क्षेत्रमा सडक अवरुद्घ नहुने गरि काम अघि बढाईएको बताउनुभएको छ र उँहाले सडक सुचारु गराउने सम्वन्धमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी सँग पाँचपोखरीको सिमा खाल्डे खोलामा छलफल गर्ने क्रममा यस्तो बताउँनु भएको हो । लगातारको वर्षा र पहिरोले मेलम्ची तिपेनी भोताङ सडक अवरुद्ध भएपछि बैकल्पिक मार्ग निर्माणका लागि गैरीगाउँ, सुनखानी लाँगर्चे सडकको अवस्था अवलोकन गर्न नगर प्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान , वडाअध्यक्ष किरणदिप खड्का लगायतका टोलीहरु त्यस तर्फ जानु भएको थियो । सडक अवलोकनपछि सडक सुचारु गराउने सम्वन्धमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारी सँग पाँचपोखरीको सिमा खाल्डे खोलामा छलफल भएको थियो । छलफलका क्रममा आआफ्ना पालिकाहरुमा तत्काल सडक सुचारु गर्न लागी पर्ने र...

घरघरमा सामाजिक सुरक्षा पाउँदा १० नं वडा बासी खुशी

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्ला चौतारासँगाचोकगढी नगरपालिका वडा नं १० ले आफ्ना वडाका सामाजिक सुरक्षा भत्ता लिइरहनु भएका हरुलाइ घर आँगनमा नै गएर सामाजिक सुरक्षा भत्ता बितरण गरिदिएको छ । सामाजिक सुरक्षा भत्ता सँगै भत्ता कार्ड नबीकरण समेत गरेकोमा सेवाग्रहीले उक्त कार्य प्रती बिशेष धन्यबाद दिएका छन । चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १०का वडाअध्यक्ष निल बहादुर तामाङ (सुमन)को नेतृत्वमा असार ७ र ८ गतेसामाजिक सुरक्षा भत्ता बाढ्ने र भत्ता कार्ड नविकरण गर्ने कार्यक्रम भएको हो । सुकुटे, साठिमुरे,कार्किटार,खत्रीथोक, जल्केनी,हरे डाँडा,होल्का,काँडे,भान डाँडा,माझटोल,डाँडाघर,विम्रेनि थुम्की डाँडा र कोल्पाटा लगायत १०वडा भित्रको सम्पुर्ण गाउँ गाउँ टोल टोलमा घर घरमा भत्ता वितरण गरेको वडा अध्यक्ष निलबहादुर तामाङ सुमनले जानकारी दिनु भयो । भत्ता बितरण कार्यक्रममो सिन्धु विकास बैंकको कर्मचारीहरु,साँगाचोक प्रहरि ...

प्रेस काउन्सिल नेपाल द्धारा बिमान दुर्घटना समाचारमा ध्यानकर्षण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
प्रेस काउन्सिल नेपाल द्धारा बिमान दुर्घटना समाचारमा ध्यानकर्षण भएको जनाएको छ । काउन्सिलका सह प्रशासकीय अधिकृत सहप्रबक्ता तथा सुचना अधिकारी रामशरण बोहोरा ले एक बिज्ञेप्ती जारी यस्तो बताएको हो । जारी बिज्ञेप्तीमा २०८१÷०४÷०९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको विषयमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जहाज कम्पनीको नाम, जहाजमा सवार यात्रु र दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यासहित समाचार सम्प्रेषण गर्दा फरकफरक तथ्याङ्कसहित सामग्री सम्प्रेषण भएको एवं कतिपय सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट दुर्घटनास्थलको बीभत्स दृश्यसहित प्रत्यक्ष प्रसारण समेत भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।काउन्सिलबाट भएको नियमित अनुगमनको क्रममा सञ्चार माध्यमबाट पछिल्ला समय दुर्घटनासम्बन्धी समाचार सम्प्रेषण गर्दा आधिकारिक तथ्यको पुष्ट्याइँबेगर हतारमा सामग्री सम्प...

नयाँ भवनबाट सेवा दिदै चौतारा अस्पताल, राम्रो सेवा पाएकोमा सेवाग्रही खुशी

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकमा चौतारामा रहेको चौतारा अस्पतालले नयाँ भवनबाट सेवा दिन थालेको छ । नयाँ भवनबाट सेवा दिन थालेपछी अस्पतालमा सेवाग्राहीको भिडपनि हुन थालेको छ । आइतबार अस्पातलको स्थितीबारे जानकारी लिन अस्पताल पुगेको लोकप्रिय नेत्रज्योतीका प्रतिनिधीहरुसँग कुरागर्दै अस्पताल प्रमुख नि. मडिकल सुपरिटेण्डेन्ट रुद्रमणी भण्डारीले अस्पतालका बारेमा जानकारी दिदै अस्पातालबाट प्रसुति सेवामा शिशु जन्मदादेखी नै आबश्यक उपचारको व्यवस्था गरिएको बताउँनु भयो । विशेषज्ञ डाक्टर सहित ६३ जनाको दरबन्दी रहेको छ । अहिले कार्यरत डाक्टरहरु १४ जना छन् । दरबन्दी पूर्ति भएमा अस्पतालबाट दिने सेवामा थप सुधार हुने बताउँदै हाललाई करारमा ३४ जना माग गरिएको छ।  छिमेकी राष्ट्र चिन सरकारको सहयोगमा ३९ कोठाको भवन बनेको हो । भवनको उद्घाटन तथा हस्तान्तरण गत जेठ १६ गते भए पनि अस्पतालको सेवा सो भवनबाट दिन भने श्रावण ३गते देखी ...

बाह्रबिसे नगरपालिकाद्धारा १९ जनालाई सहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले नगरभित्रका आमाबुबाविहीन बालबालिकाहरुलाई जनही रु १० हजारका दरले आर्थीक सहयोग गरेको छ ।हामी सबैको चाहाना सुन्दर शान्त र सफा नगरको परिकल्पना भन्ने नाराका साथ बाबुआमा बिहीन बालबालिका स्ररक्षण कार्यक्रम अन्तरगत आइतबार गुरु पुर्णीमाका दिन पारेर नगरप्रमुख बालकृष्ण बस्नेतको प्रमुख अतिथ्यतामा आमाबुबा विहिन १९ जना बालबालिकाहरुलाई सरंक्षण तथा शिक्षा, स्वास्थ्यको लागि प्रतिव्यक्ति रू.१०,०००÷– (दश हजार) को दरले रकम हस्तानन्तरण गरेको हो । बाह्रबिसे नगरपालिका महिला तथा बालबालिका संयोक नगर उपप्रमुख मन्जु तामाङको अध्यक्षतमा भएको कार्यक्रममा १९ जनालाई रकम दिदै नगर प्रमुख बस्नेतले उक्त रकम स्वास्थ्य र शिक्षामा खर्च गर्न भन्दै राम्रो पढ्नेलाई नगरबाट अरु थप सहयोग हुने बताउँनु भयो । उहाँले बाह्रबिसे नगरपालिकाले उमाबीसम्म निःशुल्क गरेको र नगरका कोही पनि शिक्षा र स्वास्...

स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, समाचार, साहित्य
  गिता अधिकारी , स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो ।संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा.कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेति, प्राडा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।गीतकार/निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि प्राडा.केसीले दीप प्रज्ज्वलन गरेर समुद्घाटन गर्नुभएको थियो । समारोह...

दोलखा भीमेश्वर मन्दिरको शिलामा पसिना राज्यमा अनिष्ट हुने शङ्का

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  दोलखा जिल्लमा रहेको प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको सिलामा दुई घण्टा देखि निरन्तर पसिना आएको समाचार प्राप्त भएकोछ। सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन रहेको छ।भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठका अनुसार शनिबार दिउँसो १ः४७ देखि सिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ।पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ। मानिसहरु मन्दिर भित्र पसेर घण्ट बजाइरहेका छन्। सिला एक्कासि चम्किलो भएर तप–तप बग्न सुरु गरेको पसिना दुई घण्टा देखि निरन्तर रहेको स्थानीयले बताएका छन्।सिलामा पसिना आउँदा अनिष्टको सूचकका रुपमा लिने जनविश्वास छ। अध्यक्ष श्रेष्ठले जिल्ला प्रशासन मार्फत सरकार र राष्ट्रपतिलाई खबर पु¥याइने जानकारी दिनु भयो ।सिलाको पसिनालाई सेतो कपासले पु...

 बस्नेत द्धारा हैबुङस्थित स्वास्थ्य चौकी भवन उद्घाटन तथा शिविरको उद्घाटन

#, जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक– पूर्व मन्त्री माननीय मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट भएर लाग्नु पर्ने बिकासका कामहरुमा यो त्यो भन्न नहुने बताउँनु भएको छ। बस्नेतले शनीबार मेलम्ची नगरपालिका–३ हैबुङस्थित स्वास्थ्य चौकी भवन उद्घाटन तथा निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै यस्तो बताउँनु भएको हो ।    बस्नेतले विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका काममा सबै एकताबद्ध भएर अगाडी बढ्न र्निे बताउँनु भयो । कार्यक्रममा बस्नेतले आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै राज्यले नै शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुपर्ने बताउँनु भयो । उहाँले नवनिर्मित स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बन...

मोहन बस्नेतद्धारा बाढी पहिरोको स्थलगत निरिक्षण तत्काल राहतमा जुट्न अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
पूर्व स्वास्थ्य मन्त्री माननीय मोहन बहादुर बस्नेत आफ्नो जन्म सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ खाग्दल पुल बगाएको ठाउँ लगाएत निर्बाचन जितेको क्षेत्र २ का बिभिन्न स्थानमा स्थलगत निरिक्षणगरी क्षती भएका स्थानहरुमा तत्काल उद्धारका साथै राहतमा जुट्न र सम्भावीत स्थानमा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन अनुरोध गर्नु भएको छ ।उहाँले सिन्धुपाल्चोक जिल्लाको बाढी प्रभावित बाढीले पु¥याएको क्षतिको विवरण संकलन, सम्भावित जोखिम न्यूनीकरण तथा राहत उद्धारको काममा सहजताका लागी क्षेत्र नम्बर १ को भोटेकोशी, दुगुनागढी, लिपिङ, कोदारी, तातोपानी, चाकु बजार, खागदल र खाडीचौर तथा क्षेत्र नं. २ को तिपेनी बजार लगायत आसपासका क्षेत्र, याङ्री बजार हेलम्बु , मेलम्ची लगायतका क्षेत्रहरूमा स्थलगत निरीक्षण गर्नुभएको छ ।उहाँले बागमती प्रदेश सभाका माननीय, मसिना खड्कालाई साथमा लिएर १ नं. क्षेत्रमा गएर तत्काल र...
बाढीले बगायो खाग्दलको अस्थायी सडक  बेलीब्रीजका कारण  बाह्र्बिसे  खतारामा

बाढीले बगायो खाग्दलको अस्थायी सडक बेलीब्रीजका कारण बाह्र्बिसे खतारामा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिाकमा पर्ने खाग्दलमा असार ३०गते राती आएको बाढीका कारण बेलीब्रीज बगाएको र अबरुद्ध रहेको सडक बाह्र्बिसे नगरपालिकाको सक्रीयतामा हिमपाइप राखेर अस्थाइ रुपमा सञ्चालनमा आएको भएता पनी बिहीबार राती आएको बाढीका कारण हिमपाइपमा लेदो भरिएर थुनीन गइ बिपरत स्थानमा सडक बगाएर पुन सडक अबरुद्ध बनाएको छ । पहीरो गएको स्थानमा सडक खुलाउँनका लागी मननीय मोहन बहादुर बस्नेतले निर्देशन दिनु भए पछी बाह्र्बसिे नगरपालिकाले आफ्रनो सम्पुर्ण शक्ती प्रयोग गरी हिमपाइप राखेर सुचारु ग्रिएको सडक पुन अबरुद्ध हुँदासयौ कण्टेनर बाटौमा अलपत्र परेका छन । खाग्दल खोलाले धार बदलेर बिहीबार जोडिएको ह्युमपाइप छेउको संरचना पनि बेलुकीनै बगाइदिएको छ । खाग्दल खण्ड अवरुद्ध बनेपछि सामाग्री बोकेका र खाली फर्किएका कन्टेनर वारिपारि थन्किएको छ । यसरी सडक अबरद्ध भएपछी नगर उपप्रमुख मनजु त...