सम्पर्क

मनोरन्जन

पूर्व उर्जामन्त्री खड्का पक्राउ

पूर्व उर्जामन्त्री खड्का पक्राउ

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
    नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान बुढानीलकण्ठ क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।प्रहरीको अनुसार सम्पत्ति शुद्घीकरणसम्बन्धी विषयमा अनुसन्धान गर्न सम्बन्धित निकायले अनुरोध गरेपछि खड्कालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । यसबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।  ...
शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १५ चैतः सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू विसं २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । २०८२ फागुन २१ गते सम्पन्न आमनिर्वाचनबाट नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमतका साथ निर्वाचित गरी सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण अभिभारा सुम्पेकोमा सरकार सम्पूर्ण नेपाली जनतामा हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ । (क) साझा प्रतिबद्धता, समन्वय र जनविश्वास १) संवत् २०८२ फा...
ओली र लेखक पक्राउको बिरोध ७पक्राउ तत्काल रिहाई को माग

ओली र लेखक पक्राउको बिरोध ७पक्राउ तत्काल रिहाई को माग

खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको राससले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।उहाँका अनुसार बबरमहलमा केहीप्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरीसँग घम्साघम्सी भएको थियो । प्रहरीको लाठी लागेर केही प्रदर्शनकारी घाइतेसमेत भएका छन् । त्यस क्रममा प्रदर्शनकारी उत्तेजित बन्न थालेपछि एक सेल अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको भट्टराईले बताउनुभयो ।आज बिहान अध्यक्ष ओली पक्राउपछि एमालेले गरेको निर्णयअनुसार कार्यकर्ता प्रदर्शनमा निस्किएका थिए । काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका ...
नेपाली काँग्रेसद्धारा निश्पक्ष छानबीन गरी कानुनी कार्बहीको माग

नेपाली काँग्रेसद्धारा निश्पक्ष छानबीन गरी कानुनी कार्बहीको माग

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
नेपाली काँग्रेसले निश्पक्ष रुपमा छानबिन गरी दोषी सबैलाइ कार्बह ीगर्न माग गरेको छ पाटी प्रबक्ता देबराज चालीसेद्धारा आज एक बिज्ञेप्ती जारी गर्दै यस्तो माग गरेको हो । जारी बिज्ञेप्तीमा .१ २०८२ भदौ २३ र २४ को घटनाका सन्दर्भमा भदौ २५ गते नै नेपाली कांग्रेसले उच्चस्तरीय आयोगमार्फत २३ गतेको दमन र २४ गतेको विध्वंशको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको थियो भने भदौ २७ गते तत्कालीन उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा वसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले “भदौ २३ र २४ गतेका घटनाको छानवीन गरी दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन” आग्रह गरेको थियो। नेपाली कांग्रेस प्रारम्भबाट नै भदौ २३ र २४ दुवै दिनका घटनाको निष्पक्ष, कानूनसम्मत र पूर्वाग्रह रहित ढङ्गले छानविन गरी आवश्यक कानूनी कारवाही गर्नुपर्छ भन्ने पक्षमा अविचलित र दृढ छ। २. निर्वाचन पश्चात यही चैत्र ६ देखि ८ गतेसम्म बसेको नेप...
नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार
काठमाडौँ, १३ चैतः नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँले त्यस निर्वाचनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गर्नुभयो । नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुनुहुन्छ । उहाँको जन्म विसं २०४७ वैशाख १४ गते काठमाडौँको नरदेवीमा भएको हो । उहाँको पुख्र्यौली घर महोत्त...
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाहलाई शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले आजै बिहान नेपालको संविधानको धारा, ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु उपस्थित हुनुहुन्थ्यो । समारोहमा संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्रीको शपथ पहिलोपटक वैदिक–सनातन परम्परा...
राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी सचेतना कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न

राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी सचेतना कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न

#, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी सचेतना कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न सिन्धुपाल्चोक — राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालन हुन लागेको राष्ट्रिय आर्थिक गणना २०८२ सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठी, अन्तरक्रिया तथा छलफल कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न भएको छ। कार्यक्रममा आर्थिक गणनाको उद्देश्य, तथ्याङ्क सङ्कलन विधि, गणनामा समावेश गरिने क्षेत्रहरू तथा यसको महत्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई आर्थिक गणनाले देशको आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्न सहयोग गर्ने र नीति निर्माणमा महत्व पूर्ण आधार बन्ने विषयमा जानकारी गराइएको थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार “अर्थतन्त्र सशक्तिकरणका लागि आर्थिक गणना” भन्ने नारासहित सञ्चालन हुन लागेको यस गणनामा देशभरका सबै प्रकारका आर्थिक गतिविधिमा संलग्न औपचारिक तथा अनौपचारिक प्रतिष्ठानरव्यवसायहरू समेटिनेछन्। ग...
ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ

ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ

#, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
काठमाडौँ, १२ चैतः नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।रासस...
सडकबाटै जनताको पक्षमा भूमिका खेल्ने उज्यालो नेपाल पार्टीको घोषणा

सडकबाटै जनताको पक्षमा भूमिका खेल्ने उज्यालो नेपाल पार्टीको घोषणा

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफनो पार्टीले सडकबाटै जनताको प्रतिनिधित्व गर्दै देशका विभिन्न समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् । बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्याक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै जनताको अपेक्षा अनुसार काम गर्न नसकेको सरकारलाई खबरदारी गर्नु आफनो पार्टीको प्रमुख दायित्व रहेको उल्लेख गरे । उनले मुलुकको राष्ट्रियता सुदृढ पार्ने, विद्यमान आर्थिक तथा सामाजिक समस्याहरु समाधान गर्ने र देशलाई समृिद्घको दिशातर्फ अघि बढाउने उद्देश्यले उज्यालो नेपाल पार्टीले सशक्त ढंगले आवाज उठाउने स्पष्ठ पारे । “हामी सडकमै बसेर पनि जनताको पक्षमा सरकारको भूमिका खेल्छौँ । जनताले दिएका अधिकार र अपेक्षालाइृ केन्द्रमा राखेर हामीले काम गर्नेछौँ” उनले भने । घिसिङले राम्रो कामको सर्मथन गर्ने तर जनविरोधी गतिविधि र गलत नीतिह...
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार
काठमाडौँ, ११ चैतः प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा कार्यभार सुरु गर्नुभएको छ । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज पद तथा गोपनियताको शपथ लिनुभएको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाउनुभएको हो । ज्येष्ठ सदस्य केसीलाई संसद् सचिवालयका उच्च अधिकारीहरुले स्वागत गर्नुभएको थियो । संसद् सचिवालयले भोलि बिहीबार ज्येष्ठ सदस्य केसीबाट प्रतिनिधिसभाका नवनिर्वाचित बाँकी २७४ जना सदस्यलाई शपथ गराउनुहुने कार्यक्रम तय गरेको छ । नयाँ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्य केसीले संसद् बैठकको अध्यक्षता गर्नुहुनेछ ।रासस...