सम्पर्क

मनोरन्जन

नगरप्रमुख बस्नेतद्धारा जनमुखी निर्णय

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले सोमबार एक समारोहका बिच पदभार ग्रहण गर्नु हँदै नगरपालिकाको पहलो बैठकबाट नगरमा बहुप्राबिधिक बिद्यालय निर्माण गर्नुका साथै नगर पालीकालाइ दमकल को ब्यस्थागर्ने लगाएत निर्णय सार्वजनिक गर्नु भएको छ सोमबार दिउँसो मेयरनगर प्रमुख बस्नेतले नगरपालिकामा पदभार ग्रहण गर्दै बाह्रबिसे नगरभित्रका दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण र औषधाी उपलब्ध गराउने, नगरभित्र बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने निर्णय गरेकोे हो ।बस्नेतले आगलागीलाई नियन्त्रण गर्नका लागि बरुणयन्त्र खरीद गर्ने र चौबिसे घण्टा उपयोगिताका लागि तैनाथ राख्ने, नगरभित्रका सामुदायिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म निशुल्क दिवा खाजा ब्यबस्थापन गर्ने, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्त्तरोन्नति गरेर क्षेत्रीय स्तरको अस्पताल बनाउने, कृषि, पशुपालनलाई ...

विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न

मनोरन्जन, समाचार
मुना न्यौपाने काठमाडौँ, २५६६औँ बुद्ध जयन्ती समारोहको उपलक्ष्यमा विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न भएको छ । विश्व शान्ति विहार बौद्ध कवि गोष्ठी उप–समितिको आयोजनामा सम्पन्न कार्यक्रम विश्व शान्ति विहार भिक्षु बोधीज्ञान महास्थरविरको सभापतित्व तथा पूर्व मन्त्री एवम् वरिष्ठ साहित्यिकार दिनबन्धु अर्यालको प्रमुख आतिथ्यतामा बानेश्वर शान्तिनगरस्थित बिहार परिसरमा गत शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि दिनबन्धु अर्यालले यस्ता किसिमका कार्यक्रम आयोजना बुद्ध धर्म र दर्शनका बारेमा अझ बढी जान्न र बुद्ध थप टेवा पुग्ने विश्वास गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले बुद्ध दर्शन र ज्ञान अध्ययन गरी कहिल्यै नसकिने बताउँदै भगवान् बुद्धले दिनुभएको सन्देशबाट जीवन परिवर्तन गर्दै लैजान सबैलाई अनुरोध गर्नुभयो । बौद्ध धर्म तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत ५–६ दशकअघिबाटै यो कार्यक्रमको ...

नायीका श्वेता काँग्रेसमा प्रवेश लगत्तै भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्नेे घोषणा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार
मंगलबार विहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाएर नेपाली काँग्रेसको सदस्यता लिएर काँग्रेस प्रबेश गर्नु भए पछी नायीका श्वेता खड्काले साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत आफू राजनीतिमा आउनुको र कांग्रेस नै रोज्नुको कारण खुलाउँदै कांग्रेससँग पारिवारिक लिगेसी जोडिएको, सिद्धान्त मनपरेकाले प्रवेश गरेको बताउँनु भएको छ । उहाँले राजनीतिमा लागेर समाजसेवालाई सक्रिय रुपमा अगाडि बढाउने र अकुत सम्पत्ति आर्जन गर्ने भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्ने अभियानमा सक्रिय रहने घोषणा समेत गर्नु भएको छ । उँहाले कलाकारिता, ब्यवसाय अनी समाजिक सेवाको बाटो हुँदै म यतिखेर खुल्ला राजनैतीक मुलधारमा प्रवेश गरेकी छु । विद्यार्थी जीवनदेखिनै महामानव विश्वेश्वरप्रसाद कोइरालाको बारेमा पढ्दै र सुन्दै आइरहेकी मैले अन्ततः उनै महामानवको बिचारधारामा आफूलाई समाहित गर्दै नेपाली कांग्रेससँग आफ्नो आव...

झ्याडी एकिकृत नमुना बस्तीका श्वेता खड्का काँग्रेसमा प्रवेश

#, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका १४मा रहेको सिमान्तकृत माझी बस्तीलाइ एकीकृत नमुना बस्तीको रुपमा बिकास गर्न लागी पर्नु भएको श्वेता खड्का नेपाली काँग्रेस प्रबेस गर्नु भएको छ । उँहाँ सँगै कलाकार भुवन केसी लगाएत काँग्रेस प्रबेस गर्नु भएको हो । पछिल्ला दिनहरुमा कलाकारहकरुमा राजनीति मोह बढेको देखिएको छ। इस अघी अभिनेत्री रेखा थापा माओवादी हुँदै राप्राप्रामा सक्रिय राजनीति गरिरहनु भएको छ । त्यसै गरी करिश्मा मानन्धर नयाँ शक्ति हुँदै यतिबेला एमालेमा प्रवेश गर्नु भएको छ भन अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का पनि काँग्रेस प्रवेश गर्नु भएको हो ।...

१२ औं छायाँछवि डी सिने अवार्ड कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
डी.सी.ने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ । यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेको छ । प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो । वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल हुनुभयो । यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यहिँ फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अव...

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

मनोरन्जन, समाचार
“नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना”गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिनुभयो । शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस समावेशी अवार्डले प...

ने कपा एमाले राष्ट प्रती जिम्मेवार पुर्ब मन्त्री दावा तामाङ्ग

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, समाचार
ने कपा एमाले राष्ट प्रती जिम्मेवार हुँदै राष्टको नागरिकको समस्या समधान गर्ने श्रम जिबकिो पाटी भएको र यस पाटीले स्थानयि कृषक तथा स्थानीय नागरिकको समस्या समधानका लागी लागी काम गर्ने पाटी भएको नेकपा एमालेका केन्द्रीय सदस्यपुर्ब मन्त्री दावा तामाङ्गले बताउँनु भएको छ । उँहाले नेकपा एमाले चौतारासाँगाचोकगढी नगरपालीका वडा नं १४डडुवामा आयोजित कार्यकर्ता भेलामा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले जेष्ठ नागरिक भत्ताको ब्यबस्था गरेको आफ्नो गाँउ आफै बनाउ जस्ता लोकप्रिय कामगरेकै कारण जनतामा लोकप्रिय बनेको बताउँदै आगामी दिनमा नेकपा एमाले एक्लैेले बहुमतको सरकार चलाएर देश र जनताको समस्या समधान गर्ने त्यसका लागी आम नागरिकले एमालेको सुर्य चिन्हमा मतदान गर्न पर्ने बताउँनु भयो । कार्यक्रमको अर्का अतिथी नेकपा एमालेका प्रदेस कमिटी सदस्य बादल तामाङ्गले निषेधको राजनितीगर्न नहुने भन्द...

प्रवेशको म्यूजिक भिडियो ‘अचार तिलैको‘ सार्वजनिक

मनोरन्जन
गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म यूट्युबको ‘थगलाइफ नेपाल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । ‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रे स्थित तीन पिप्लेमा छायाँकन गरिएको हो । म्यूजिक भिडियोमा सुमन बजगाईं र अञ्जना दुवाडीको साथमा सीताराम दाहालको समेत अभिनय रहेको छ । शर्मा जी प्यूठानको निर्देशन रहेको म्यूजिक भिडियोको गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । सो म्यूजिक भिडियोको छाँयाकन तथा सम्पादन गौरव भण्डारीले गर्नुभएको हो । गायिका प्रधानले यसअघि ५० भन्दाबढि गीतमा आवाज दिइ सकेकी छन् भने गायक खतिवडाको यो पहिलो गीत हो । सार्वजनिक भएको अचार तिलैकोबाट खतिवडा बढि आशावादी हुनुहुन्छ । https://www.youtube.com/watch?v=RN26bNNn-P8&authuser=0...

लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

#, ब्रेकिङ न्युज १, मनोरन्जन
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मनुभएका लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँ अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत फेला पर्नुभएको थियो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । उहाँले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उहाँले अभिनय गर्दै आउनुभएको थियो । उहाँका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उहाँले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।  ...

जयनन्द लामाको ४० वर्षअघि संकलन गरेको गीत बल्ल बजारमा (भिडियोसहित)

मनोरन्जन
ख्यातिप्राप्त लोकगायक जयनन्द लामाले ४० वर्षअघि संकलन गरेको मौलिक लोकगीत गाएर सार्वजनिक गर्नुभएको छ । पाँच दशकदेखि लोक र लोकदोहोरी गीत गाउँदै आउनुभएका लामाले दुई दशक लामो अन्तरालपछि महाभारत लेकको जंगलमा याला बोलको लोकगीत हालै आफ्नै युट्यबमार्फत सार्वजनिक गर्नुभएको हो ।पछिल्लो समय विभिन्न फिल्ममा अभिनय गरी सो क्षेत्रबाट समेत लोकप्रियता कमाउँदै आउनुभएका गायक लामाकै शब्द र संगीत रहेको लोक गीत उहाँका साथमा दीपा लामाले गाउनुभएको छ । जयनन्द र दीपालाई समूह गायनमा यो गीतमा बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले साथ दिनुभएको छ । सार्वजनिक लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ । ‘यो मैले ३०÷४० वर्षअघि नै संकलन गरेको गीत हुँ, जो पहाडी र हिमाली श्रृंखलाको बीचमा बस्ने सम्पूर्ण नेपालीको पुरानो र मौलिक परम्परागत गीत हो’ गीतका बारेमा जान...