कतारमा गुल्मी समाजको बृहत् साँस्कृतिक कार्यक्रम
दर्शन सुनार कतार,
गुल्मी सेवा समाज कतारको प्रतिबद्धता,निस्वार्थ निस्वार्थ समाज सेवा आजको आवश्यकता“ भन्ने मुल नाराका साथ वडा–दशै शुभ दिपावली तथा छठ पर्वको अवसरमा गुल्मी सेवा समाज कतारको आयोजना मा शुक्रवार फुलबारी रेष्टुरेन्टको सभाहलमा भव्यताका साथ सस्कृती कार्यक्रम सम्पन भएको छ । लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरुको सह– आयोजनामा आयोजित “बृहत् साँस्कृतिक कार्यक्रम २०२४“ शुक्रवार फुलबारी रेष्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन भएको हो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट प्रमुख अतिथि अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । “संस्थाको आकस्मिक कोष सहयोगार्थ“ गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमलाई सफल बनाउन कतारमा स्थापित विभिन्न बैचारिक सगंठन,सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नेपालबाट सांगीतिक प्र...
