दर्शन सुनार, लोकप्रिय समाचार / दोहा, कतार
नेपाल मगर संघको महिला बिभागले २७औं स्थापना दिवस भब्य रुपमा मनाईएको छ । “जनसंख्याको आधारमा पुर्ण समानुपातिक महिला प्रतिनिधित्वको लागि हाम्रो आन्दोलन, सशक्तीकरण र पहिचानको संरक्षण सम्बर्द्धन पक्षमा हाम्रो अभियान“, भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेको महिला बिभागले २७औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । शुक्रबार प्लाजा मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा नेपाल मगर संघ कतार महिला बिभागकी दिलुमाया आले मगरको सभापतित्व तथा नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष रेशम आले मगरको प्रमुख आतिथ्यतामा “चेलीमाईती भेटघाट तथा महिला सचेंतना कार्यक्रम २०२४“ भब्य रुपमा मनाएको हो ।
बिधिगत रुपमा ब्यानर अनावरण तथा दिप प्रज्वलन सगै प्रथम सहिद क्याप्टेन लखन थापा मगरको तस्बिरमा राख्नुभएको थियो भने कार्यक्रम संयोजक सीता राना मगरले कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो । स्थानिय कलाकार ललिता लामा, रुमा, समिक्षा मगर,एलिसा मगर, जुनु कुमाल, एलिसा राई, सरला तामाङ, कोशेली मगर र अनिल बिस्वकर्माले सांगीतिक प्रस्तुतिले थप मनोरञ्जन छाएको थियो ।कार्यक्रमको प्रमुख अतिथी रेशम आले मगर र जनजाती महासंघका अध्यक्ष डिएन मगरलाई फेटाद्धारा सम्मान गरिएको थियो । नेपाली प्रवासी तामाङ समाज,सुनुवार सेवा समाज शाखा कतार, किरात राई यायोक्खा कतार,र तमु गुरुङ समाज कतारले चेली माईतीको सम्बन्ध थप बलियो बन्ने र आत्मियता भावं सद्भाव प्रकट हुने बताउदै कोशेली प्रदान गरेका थिए । पाचथंर सेवा समाज कतारकी अध्यक्ष लिला राईले महिला सशक्तिकरणको बारेमा प्रोजेक्टद्धारा प्रशिक्षण दिनुभएको थियो । नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीले पछिल्लो समय कतारमा अन्काउन नम्बरबाट कल आउने र तपाईको बैक कार्डको म्याद सकिएको छ । पिन नम्बर दिनुस भनेर यावत प्रलोभन देखाएर बैक एकाउन्टको पैसा लुट्ने गरेका धेरै कुरा बाहिर आईरहेको र बताउदै सचेतना गराएकी थिईन। केसीले हामीले कतारमा दुख गरेर कमाएको पैसा कति खर्च गर्ने कति बचाउने,आफ्नो भबिस्यको लागि पनि अलिकति सोच्ने लगायत पैसाको लेनदेन हिसाब किताबमा आफु सतर्कता रहन समेत आग्रह गर्नुभएको । जनजाती महांसंघमा आवद्ध रहेका मातृ संस्थाका महिला संयोजकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आले मगरले केही समय पहिले आफू ठुलो समस्यामा परेको बताउदै आफू ठुलो दुखबाट बाच्नं सफल भएर कार्यक्रमको हलमा उपस्थित हुन पाउँदा आफू भाग्यमानी रहेको र खुसी मिलेको बताउनुभयो । कलाकार जनक मगर,दीपक एक्चाई मगर,पाण्डप थापा मगर,डि बि भट्टराई,र सुवर्ण सारु मगरले पूर्वी भेगमा प्रचलित ’वारी जमुना पारी जमुना’ लोकगितमा सामुहिक नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षण दिएका लिला थापा र लोकमाया केसीलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
महिला बिभागकी सचिब रबिना मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापती माया आले मगरले हलमा उपस्थित सम्पुर्णलाई एक मुष्ठमा धन्यवाद व्यक्त गर्दै हार्दिक आभार व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंसंघमा आवद्ध रहेका विभिन्न मातृसंस्थाहरुका प्रमुख तथा प्रतिनिधि ,नेपाल मगर संघ शाखा कतारको मातहतमा रहेका विभिन्न एरिया समिति,उपसमिति तथा बिभागका पदाधिकारीहरु सहित साँस्कृतिक परिवारका कलाकारहरुको उपस्थिति रहेको थियो ।
