पाँचपोखरी टि-ट्वान्टी क्रिकेट : उपाधिका लागि हेलम्बु र पाँचपोखरी क्रिकेट क्लब भिड्ने
अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
सञ्जय तामागं काठमाडौँ । आठौँ संस्करणको जिल्लास्तरीय पाँचपोखरी टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ। सोमबार तल्लो मूलपानी क्रिकेट मैदानमा भएको सेमिफाइनलमा पाँचपोखरीले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई र हेलम्बुले मेलम्ची नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पहिलो सेमीफाइनलमा पाँचपोखरीले पाँचपोखरी क्रिकेट क्लबलाई ३३ रन र हेलम्बु गाउँपालिकाले मेलम्ची नगरपालिकालाई २७ रनले पराजित गर्दै दुबैले फाइनल भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङ गरेको पाँचपोखरी क्रिकेट क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनायो। प्रतिक श्रेष्ठले २४ बलमा ४४ रन बनाए भने कप्तान सार्थक धितालले ४१ र बुद्धिमान पाख्रिनले ३३ रन जोडे । अन्त्यतिर पुजन धितालले १० बलमा अविजित २६ रनको आक्रामक इनिङ्स खेले । हिमा...









