सम्पर्क

नाकाबारे उद्योग वाणिज्य संघले गरायो सरकारको ध्यानाकर्षण

बार्षीक २ अर्व भन्दा बढी राजस्व संकलन गर्ने तातोपानी नाका आवतजावत गर्ने सडक अवरुद्धबारे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ । सरकाले समयमा सडक खुलाउन पहलकदमी नबढाएको भनि संघले तातोपानी नाकाबारे चासो बढाएको हो ।
संघका अध्यक्ष बुद्धराज बस्नेतले एक विज्ञप्ती जारी गर्दै शुक्रबार सरकारलाई चासो दिन आग्रह गरेका हुन् । दैनिक लाखौको राजस्व संकलन गर्ने तातोपानी भन्सार कार्यालयले समेत आफ्लो बार्षिक लक्ष्य हासिल गर्न सक्ने अवस्था छैन । गत वर्ष ५० करोड ५२ लाखमा ठेक्का लागेकोमा समेत चीन सरकाले बनाईदिन्छ भन्ने आस्वासन मात्र देखाएको भन्ने कुरा उल्लेख छ ।
अरनिको राजमार्गमा पर्ने तातोपानी –कोदारी सडक असार ३१ गतेबाट भोटेकोशी गाउँपालिका २ मा पर्ने इको पहिरोको कारण ३ घर क्षति र ७० घरहरु उच्च जोखिममा रहेका छन् । १ सय ५० भन्दा बढी मालबहाक कन्टेनरहरु राजधानी प्रवेश गर्न पाएका छैनन् । फलफुल लोड गरिएका कनटेनरहरुसमेत जाममा परेपछि व्यवसायीहरु मारमा परेका छन् ।
राजधानी नजिक रहेको नेपालको राजस्व संकलन गर्ने नाकाहरु मध्ये दोस्रो स्थानमा रहेको नाकाको आवतजाजत रोकिदा समेत सरकाले चासो नदिएको भनि उद्योग बाणिज्य संघले आरोप लगाएको छ ।
आम उद्योगी र व्यवसायीहरुको हक र हितका लागि स्थापित नीजी संस्थाहरुको छाता संस्थाको रुपमा उद्योग वाणिज्य संघले भुमिका खेल्दै आईरहेको कुरा संघका अध्यक्ष बस्नेतले बताउँनु भयो ।
भोटेकोशी गाउँपालिकामा पर्ने इको पहिरोमा सडक भासिएपछि आवतजावतमा समस्या परेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार र ट्रक कन्टेनर व्यवसायी संघले आफ्नै पहलमा गत बर्षहरुमा पनि सडक अवरुद्ध हुँदा अवरोध खुलाउने कार्य गर्दै आईरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउँनु भयो ।