सम्पर्क

विचार

सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

सडक निर्माणको गुणस्तरीय काम गर्न उप–प्रमुख थापाको निर्देशन

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
  सिन्धुपाल्व्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिकाको उप प्रमुख सिता थापाले हरेक बिकासका कामहरुमा गुणस्तरिय हुन पर्छ गुणस्तर हिन काम गर्ने जो केही भए पनी कार्बहीको भागी हुन पर्छ भन्नु भएको छ । उँहाले चौतारा साँगाचोकगढी–४ चागुलेटोल–बासपाटी–सिम्ले–ठुलाखेत आफर कृषि सडक निर्माणको गुणस्तर र प्रभावकारिताबारे स्थानीयबाट गुनासो बढेपछि उप–प्रमुख सीता थापाको नेतृत्वमा नगरपालिकाको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गर्ने क्रममा यस्तो बताउँनुएको हो । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राविधिक शाखा प्रमुख बिकास श्रेष्ठ योजना प्रमुख दुर्गा ढुगेंल लगाएतका सहभागी टोलीले निर्माण कार्यको अवस्था र प्रगतिको जानकारी लिएको हो। कुल ३ करोड रुपैयाँ लागत रहेको योजनामध्ये १ करोड ९२ लाख रुपैयाँमा गौतम प्रभात जेभीसँग ठेक्का सम्झौता भएको छ। स्थानीयको माग र योजनाको आवश्यकताअनुसार ठेक्का अवध...
लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

लोककल्याणकारी विज्ञापन राज्यको दया होइन

जिबनशैली, विचार, विचित्र संसार
रमेश कुमार बोहोरा काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन, प्रशासनिक प्राथमिकता वा खर्च कटौतीको सामान्य निर्णय हुन सक्छ । तर छापा माध्यमका लागि यो कुनै एउटा बजेट शीर्षक घटाइएको विषय मात्र होइन । यो हजारौँ पत्रकार तथा श्रमजीवी पत्रकारको रोजगारी, स्वरोजगारमा आधारित साना तथा मझौला प्रकाशनको अस्तित्व, नागरिकसम्म सार्वजनिक सूचना पुर्‍याउने राज्यको प्रणाली र अन्ततः लोकतान्त्रिक सञ्चार बहुलतासँग जोडिएको गम्भीर प्रश्न हो । सबैभन्दा महत्वपूर्ण कुरा, सरकारले बुझ्नैपर्ने तथ्य हो । लोककल्याणकारी विज्ञापन कुनै सरकार, मन्त्री वा राजनीतिक दलले पत्रकारलाई दिएको कृपा होइन । यो सात दशक लामो सार्वजनिक सूचना प्रवाहको एउटा स्थापित प्रणाली हो । यसको प्रारम्भिक आधार वि.सं. २...
ग्यासको लाइनमा काठमाडौं ः तथ्यांकमा आपूर्ति, चुलोमा अभाव

ग्यासको लाइनमा काठमाडौं ः तथ्यांकमा आपूर्ति, चुलोमा अभाव

विचार
 बिहान उज्यालो हुन नपाउँदै काठमाडौं उपत्यकाका विभिन्न चोकमा खाली ग्यास सिलिन्डर बोकेका मानिसको लामो लाइन देखिन थालेको छ । हातमा खाली सिलिन्डर बोकेर घन्टौँदेखि पालो कुरिरहेका उपभोक्ताको अनुहारमा थकान र निराशा देखिन्छ । कोही काम छाडेर ग्यासको खोजीमा आएका छन्, कोही विद्यार्थी पढाइ छाडेर लाइनमा बसेका छन् भने कतिपय परिवारमा सुत्केरी, वृद्धवृद्धा र बिरामी भएकाले खाना पकाउने इन्धनको अभाव झन् पीडादायी बनेको छ । काठमाडौंमा अहिले ग्यासको संकट केवल एउटा उपभोग्य वस्तुको अभावमा सीमित छैन, यो आम नागरिकको दैनिक जीवन, रोजगारी, पढाइ र पारिवारिक दैनिकीसँग जोडिएको संकट बनेको छ । १४ भदौमा रसुवा–भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको नियमित आपूर्ति अवरुद्ध भयो । राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक...
पिडीत बालबालिकारुलाइ बाह्र्बिसे नगरले निशुल्क पढाउँने

पिडीत बालबालिकारुलाइ बाह्र्बिसे नगरले निशुल्क पढाउँने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले गत भदौ १० गते गएको भीषण रसुवा बाढीमा अभिभावक गुमाएका बालबालिकाको पठन पाठनका लागी शिक्षाको पूर्ण जिम्मेवारीे लिने भएको छ । भदौ १० गते रसुवा बाढीमा आफ्नो बुबा गुमाएर काजकिरिया गरिरहेकी बाह्रबिसे नगरपालिका–३ की ११ वर्षीया खुश्बु कार्कीलाई भेटेर उँहाको पिता स्व पदम कार्की प्रती श्रद्धान्जली ब्यक्त गर्नु हुँदै उँहा लगाएत शोकाकुल परिबार प्रती समबेदना ब्यक्त गर्दै बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले नगरपालिकाले उहाँको शिक्षाको जिम्मेवारी लिने जानकारी दिनुभएको हो। रसुवा बाढीमा बाह्रबिसे नगरपालिकाका ६१ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएकाहरूको खोजी गर्दा पनि फेला नपरेपछि केहीको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।सोही क्रममा बाह्रबिसे नगरपालिका–३ का पदम कार्कीको पनि कुशको शव बनाएर अन्त्येष्टि गरिएको थियो । उहाँकी ११ वर्षीया छोरी खुश...
भोटेकोशी बाढीः एक हजार २९३ शव फेला

भोटेकोशी बाढीः एक हजार २९३ शव फेला

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १९ भदौः रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेलापरेको हो । घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा एक हजार ३० वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी दुई हजार १०६ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । साथै पहिचान नभ...
डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
म्याग्दी, १८ भदौः बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु ५० हजारको भेडेखुर्सानी ( क्याप्सिकम ) बिक्री गर्नुभयो । “दुई प्लास्टिक टनेलभित्र लगाएको भेडे खुर्सानी बेचेर यो याममा रु ५० हजार कमाई भयो”, उहाँले भन्नुभयो, “ भेडे खुर्सानी बेचेर सकिएपछि गोलभेडा र रायोसागखेती गर्ने योजनामा छु ।” बसाइँसराइ, वैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव, बाँदर र बढ्दो लागतका कारण खाद्यबाली खेती गर्न समस्या हुन थालेको अवस्थामा व्यावसायिक तरकारीखेती गरेर घरव्यवहार चलाउन सहज भएको ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारीको अनुभव छ । बेनी नगरपालिकाको माथिल्लो भेगमा पर्ने डडुवाका बासिन्दा दशकअघिसम्म खेतबारीमा परम्परागत धान, गहुँ, मकै, कोदोखेती गर्दथे । आठ वर्षअघि स्थानीय हराभरा कृषि सहकारी संस्थाको आयोजनामा कास्की र पर्वतका तरकारीखेती भएका ठाउँमा भएको अवलोकन भ्रमणपछि डडुवाका किसानले खेती गर्ने शैली बँ...
बाढीले बगाएपछी भगवानको कृपाले बल्ल बल्ल बाँचे सुभाष खड्का

बाढीले बगाएपछी भगवानको कृपाले बल्ल बल्ल बाँचे सुभाष खड्का

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बाहिर निस्कदा सरिरमा कुनै बस्त्र नभएको हातले केही आँखा मा लागेको माटो पुछेर हेर्दा आमा छोदिङ्मो गाउँपालिकाको शाखा प्रमुख सहितको गाडी आएर सुरक्षीत स्थानमा लगेर धोईपखाली गरिदिनु भइ "डोबो तेम्बा फुर्बु बेसीस हस्पिटलमा" उपचार समेत भएको जानकारी दिनु भयो। सँगैका साथी हरु गाडी बचाउँन लागे कोहि मोवाइलमा भिडीयो बनाउँन लागे म भागे बल्ल बल्ल भगवानको आशिर्बादले बाचेको छु । यो भनाइ वीर अस्पतालमा उपचार गराइ रहनु भएका सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिका वडा नं ४ केराबारीका सुभाष खड्काको हो । हाम्रा लोकप्रिय समाचारका स-सम्पादक कृष्ण बहादुर गुरुङ (सुमन) सँग अस्पतालको बेडमा उपचार गराइरहनु भएको अबस्थामा मङ्गलबार कुरा गर्नु भएको हो । कुरा कानीका क्रममा खड्काले पेशाले आफु ड्राइभर भएको र भदौ १० गते पनि आफ्नो कार्यको सिलसिलामा टिम्मुरे बजारमा गाडीको ट्रिपका लागी लाइन लगाएको थिए । त्यती बेला साथीभाईहरु ४०–४५ जन...
बाह्रबिसेनगरपालिकाद्धारा तत्कालका लागी प्रतिपरिबार ११५०००का दरले राहत दिने

बाह्रबिसेनगरपालिकाद्धारा तत्कालका लागी प्रतिपरिबार ११५०००का दरले राहत दिने

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाले आफ्ना नगरका बेपता भएका नागरिकहरुका परिबारलाइ बिपद व्यवस्थापन शाखामार्फत प्रती परिबार लाइ रु एकलाख पन्ध्र हजारका दरले तत्कालका लागी राहत सहयोग गर्ने भएको छ ।   नगरप्रमुख बालकृष्ण बस्नेतको सचिवालय द्धारा प्राप्त जानकारी अनुसार आज बसेको कार्यपालिकाको बैठकबाट यस्तो निर्णय गरिएको हो । नगर प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले २०८३÷०५÷१० गते बुधबारका दिन रसुवा जिल्ला स्थित भोटेकोशी नदी लगायतका स्थानहरूमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण यस नगरपालिकाका विभिन्न वडाहरूमा बसोबास गर्ने व्यक्तिहरू उक्त घटनामा परी ज्यान गुमाउनु हुने र बेपत्ता परिवारलाई प्रति परिवार राहत स्वरूप रु. १ लाख १५ हजार विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराउने र प्राकृतिक विपद्को यस दुःखद घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा सुरक्षित पुनःस्थापनालाई तीव्...
सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

खानेपानी, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
काठमाडौँ, १५ भदौः विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३÷८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको छ । विज्ञापन बोर्डले पत्रपत्रिका, विज्ञापन एजेन्सी तथा अन्य सञ्चारमाध्यमलाई बोर्डमा अनिवार्य रूपमा सूचीकरण तथा नवीकरण गर्न आग्रह गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यसअघि सूचना जारी गरी सूचीकरण तथा नवीकरण नगरी विज्ञापन कारोबार गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने र बोर्डबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनको रकमसमेत भुक्तानी नहुने स्पष्ट गरिसकिएको बोर्डले जनाएको छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २६ को उपदफा (१) मा विज्ञापन कारोबार गर्ने सञ्चारमाध्यम तथा विज्ञापन एजेन्सीले तोकिए बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्ने व्यवस्था छ । यस्तै, केही नेपाल ऐन संशोधन गर्ने ऐ...
गलत हल्लाका कारण लिपीङ देखी खाडीचौर सम्म भागदौड सुरक्षानिकायद्धारा भ्रममा नपर्न आग्रह

गलत हल्लाका कारण लिपीङ देखी खाडीचौर सम्म भागदौड सुरक्षानिकायद्धारा भ्रममा नपर्न आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  गलत हल्लाका कारणसिन्धुपाल्चोक जिल्लाको लिपीङ देखी खाडीचौर सम्म भागदौड मच्चीएको छ । बिहानै देखी सिमसिम पानी परिरहेको र लिपीङ सिमानामा चिनीया सुरक्षाकर्मीले गेट लगाइदिए पछी एक्कासी सबैको भागाभाग भएको अनुमामन गरिएको छ । केहीदिन अगाडी मात्रै रसुवामा बाढीआएर ठुलो जनधनको क्षती हुनु र अहीले पनी पानी पर्नु लिपिङबाट चिनको सिमानाको गेट लगाएपछी बाढी आएको शङ्का गरेर भागाभाग भएको हुन सक्ने अडकल गरिएको छ । बाढी बाट त्रसित रहेको नदी किनाराबासीहरुका लागी आधिकारिकता भन्दा पनी हल्लाको कारण भागदौड भएको हो हल्लाकै भरमा बाह्र्बिसे बजारका मानीसहरु बजार छोडेर माथी गएको सामाजीक सञ्जालमा देखीएको छ । बाढी नआएको र सरकारी पक्षबाट पनी कुनै सुचना नआएकोले सुरक्षाका लागी सचेत रहनु स्वभाबीकै भएता पनी अनाबश्यक हल्लाको पछाडी लागेर भागदौड गर्दा अनाबश्यक अरु घटना घट्न सक्ने हुन्छ त्यसैले हल्लाको पछाडी नलागी आधिकारिक...