‘नयाँ शीतयुद्ध’को विरोधगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
लोकनारायण सुबेदी
चीनको प्रतिष्ठित आधिकारिक पत्रिका ग्लोबल टाइम्सको सम्पादकीयले १५ अगस्टका दिन अन्तर्राष्ट्रिय स्थितिका बारेमा एउटा महत्वपूर्ण सम्पादकीय लेख्दै नयाँ शीत युद्धको बिरो गर्न अन्तर्राष्ट्रिय समुदायलाई बिशेष आग्रह गरेको छ । वेब सम्पादकः झोंग वेनशिङ, लियांग जुनले गरेको त्यो आग्रहमा यतिबेला शीत युद्धमा झोक्न अमेरिका, जापान र दक्षिण कोरिया मिलेर गर्न थालेका त्यस्ता गतिहरुको बारेमा उल्लेख गर्दै त्यसको बिश्वमा पर्ने नकारात्मक प्रभावले बिश्व साझा भबिष्यमाथि नै दख्खल पुग्ने हुँदा त्यसको बिरोध गरिनु पर्ने जनाइएको छ।
त्यस सम्पादकीयमा भनिएको छ – ‘‘राजनीति र कूटनीति, अन्तर्राष्ट्रिय व्यापार र अर्थशास्त्र तथा संयुक्त राज्य अमेरिकामा सेनाको तीन प्रमुख क्षेत्रहरूका हालैका घटनाहरूलाई एकसाथ जोडेर हेर्ने हो भने, त्यहाँ एक डरलाग्दो खोज हुनेछ। यसै साता अमेरिका, जापान र दक्षिण कोरियाका नेताहरूले क...
