श्री बुद्धोदय लिसंखुको नृत्यमा ससांरी माइ पहीलो
प्रेम कुमार श्रेष्ठ लिसंखुपाखर
सिन्धुाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नं २ लिसंखु स्थित श्री बुद्धोदय मा वि अक्षयकोषको आयोजनामा विजयदशमी २०८० को पावन अवसरमा श्री बुद्धोदय मा वि को प्राङ्गणमा हिजो महाअष्टमीका दिन शुभकामना आदन प्रदान तथा गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगिता कार्यक्रम भएको छ। श्री बुद्धोदय मा वि अक्षयकोषका अध्यक्ष विश्वास योञ्जनको सभापतीत्वमा बागमति प्रदेश सभाका माननीय सदस्य माईली तामाङको प्रमुख आतिथ्यता, लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको विशिष्ट बिशेष आतिथ्यता र उपाध्यक्ष मिठुदेवी लामाको विशेष आतिथ्यता भएको हो कार्यक्रममा पुर्व जनप्रतिनिधि, समाजसेवी, वुद्धिजिवी, शिक्षाप्रेमी लगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीता रहेको थियो । माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा श्री संसारीमाई माध्यमिक विध्यालय लिसंखु प...
