सम्पर्क

कृषि

कल्याणकारी कोषको रकम राष्ट्रिय विकासमा परिचालन गर्ने सेनाको तयारी

कल्याणकारी कोषको रकम राष्ट्रिय विकासमा परिचालन गर्ने सेनाको तयारी

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १४ साउनः नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा रहेको रकम राष्ट्रिय विकासमा योगदान पुग्नेगरी परिचालन गर्ने सोच अघि सारेको छ । रक्षा मन्त्रालयमा आज आयोजित चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पहिलो चरणमा कोषको रकम जलविद्युत् तथा सौर्य ऊर्जामा लगानी गर्ने जानकारी दिनुभयो । “हाम्रो कल्याणकारी कोषलाई राष्ट्रिय विकासमा योगदान पुग्ने गरी खर्च गर्ने विकल्प खोजिरहेका छौँ । यसबाट राष्ट्रको विकास पनि होस् र कल्याणकारी कोषमा रहेको रकमको उचित सदुपयोग पनि होस् भन्ने हाम्रो उद्देश्य हो”, प्रधानसेनापति सिग्देलले भन्नुभयो, “त्यसका लागि हामीले प्रयास गरिरहेका छौँ । पहिलो चरणमा जलविद्युत् र सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने कामलाई परीक्षणका रूपमा अघि बढाउने सोचमा छौँ । यो सफल भयो भने कोषको रकम विकास नि...
सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौँ, १३ साउनः सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको छ । यो सहमतिसँगै चिकित्सकहरूले जारी राखेका विरोधका कार्यक्रमहरू फिर्ता लिएका छन् । चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि कुटपिट र दुव्र्यवहार भएको भन्दै नेपाल चिकित्सक सङ्घले दोषीमाथि कारबाहीका लागि दबाब दिन मङ्गलबार र बुधबार देशका स्वास्थ्यसंस्थाहरूमा ओपिडीलगायतका सेवा बन्द गरेर विरोध गरेको थियो । सोही विवाद समाधानका लागि नेपाल सरकार र चिकित्सक सङ्घबीच आज पाँचबुँदे सहमति भएको हो ।  आज अपराह्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक सङ्घका पदाधिकारीहरूबीच छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको थियो । सो सहमतिपत्रमा सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्र...
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ साउनः आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ ।  ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः । गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ््घसंस्थाले कार्यक्रम गरी शिक्ष...
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १३ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको...
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

कृषि, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार
काठमाडौँ, १२ साउनः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकाससँग जोड्ने गरी सरकारले नीतिगत, कानुनी तथा व्यावहारिक सुधारलाई प्राथमिकता दिएको बताउनुभएको छ । विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सूचना प्रविधि, कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा लगानीका लागि नेपाल तयार रहेको स्पष्ट पार्नुभयो । आज सूचना र तथा सञ्चार मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पदाधिकारीसँग भएको भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक सुधारका काम अघि बढाइरहेको बताउनुभयो ।  छलफलमा एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष ज्ञानेन्द्र रेग्मी, उपमहासचिव कृष...
नाकाबारे उद्योग वाणिज्य संघले गरायो सरकारको ध्यानाकर्षण

नाकाबारे उद्योग वाणिज्य संघले गरायो सरकारको ध्यानाकर्षण

अन्तर्वाता, कृषि, खानेपानी, बिजनेस, बिदेश, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
बार्षीक २ अर्व भन्दा बढी राजस्व संकलन गर्ने तातोपानी नाका आवतजावत गर्ने सडक अवरुद्धबारे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ । सरकाले समयमा सडक खुलाउन पहलकदमी नबढाएको भनि संघले तातोपानी नाकाबारे चासो बढाएको हो । संघका अध्यक्ष बुद्धराज बस्नेतले एक विज्ञप्ती जारी गर्दै शुक्रबार सरकारलाई चासो दिन आग्रह गरेका हुन् । दैनिक लाखौको राजस्व संकलन गर्ने तातोपानी भन्सार कार्यालयले समेत आफ्लो बार्षिक लक्ष्य हासिल गर्न सक्ने अवस्था छैन । गत वर्ष ५० करोड ५२ लाखमा ठेक्का लागेकोमा समेत चीन सरकाले बनाईदिन्छ भन्ने आस्वासन मात्र देखाएको भन्ने कुरा उल्लेख छ । अरनिको राजमार्गमा पर्ने तातोपानी –कोदारी सडक असार ३१ गतेबाट भोटेकोशी गाउँपालिका २ मा पर्ने इको पहिरोको कारण ३ घर क्षति र ७० घरहरु उच्च जोखिममा रहेका छन् । १ सय ५० भन्दा बढी मालबहाक कन्टेनरहरु राजधानी प्रवेश गर्न पाएका छैनन् ।...
बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न

बर पिपल रोप्दै नेत्रज्योति कृषि सहकारी संस्थाको १४औँ स्थापना दिवस तथा साधारण सभा सम्पन्न

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
चौतारा, साउन ९ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४मा प्रधान कार्यलय रहेको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडले आफ्नो १४औँ स्थापना दिवस तथा वार्षिक साधारण सभा बर पिपल रोपेर सम्पन्न गरेको छ। चैतारासाँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बरको बिरुवा र वडा अध्यक्ष उद्धब नेपालले पिपलको बिरुवा रोपेर स्थपना दिबश तथा साधरण सभाको शुभारम्भ गर्नु भएको हो ।चौतारासाँगाचोकगढी नगरपालिका १४मा रहेको थान्बारेगढी जन्मत्सोव पार्क घमाने डाँडामा भएको सहकारी सस्थाले स्थापना दिवसको अवसरमा वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै वर र पिपलका बिरुवा रोपण गरी कार्यक्रमको शुभारम्भ गरेको हो।चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा १४ नं वडाका वडाका अध्यक्ष उद्धव नेपालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला बार इकाई सिन्धुपाल्...
राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
ताराचन्द्र देवकोटाकाठमाण्डौ ,देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका युवा नै समृद्ध नेपालका आधारस्तम्भ हुन् । राष्ट्रिय आवश्यकताअनुरुप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउँदै युवाहरूमा यही भावना जागृत गराउने उद्देश्यका साथ २००८ सालबाट युवा विद्यार्थीलाई सहभागी गराई राज्यले ‘नेशनल क्याडेट कप्र्स’ एनसीसी तालिम शुरु गरेको थियो, जतिबेला क्रान्तिबाट शान्तिमा फर्किएको नेपाली काङ्ग्रेस सम्मिलित मोहनशमशेर राणा नेतृत्वको सरकार थियो ।२००८ सालमा दरबार हाइस्कूल–त्रिचन्द्र कलेजका विद्यार्थीहरुको तीन प्लाटुन बनाई गोदावरी ९अहिलेको सेन्टजेभियर्स० को हातामा डा।बद्रीराज पाण्डे, डा।तेजलाल श्रेष्ठ, अर्जुन नरसिंह राणालगायतले एक महिने हतियारसहित आवाशीय तालिम लिएका थिए । २००८ सालबाट राज्यले शुरु गरे पनि २०२२ सालमा आधिकारिकता पाएको एनसीसी तालिमलाई थप व्यवस्थ...
चौतारा–१० का बासिन्दालाई काठमाडौं मेडिकल कलेजमा उपचारमा विशेष सहुलियत

चौतारा–१० का बासिन्दालाई काठमाडौं मेडिकल कलेजमा उपचारमा विशेष सहुलियत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
नेत्र बहादुर बस्नेत , सन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–१० का बासिन्दाले अब काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड र वडा कार्यालयबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतामा काठमाडौं मेडिकल कलेजका प्रशासन कार्य प्रबन्धक अर्चना थापा र जनसम्पर्क प्रमुख सुधा कट्टेल तथा वडा नं. १० का अध्यक्ष निलबहादुर तामाङले हस्ताक्षर गर्नु भएको छ । सम्झौताअनुसार वडा नं. १० का बासिन्दाले उपचारका लागि अस्पताल पुग्दा प्राथमिकताका आधारमा सेवा प्राप्त गर्नुका साथै अधिकांश स्वास्थ्य सेवामा विशेष छुटको सुविधा पाउनेछन्।     सम्झौताअनुसार बिरामी दर्ता (ओपीडी कार्ड) निःशुल्क उपलब्ध हुनेछ भने जनरल बेड शुल्कमा...
साँझ ७बजे देखी बिहान ५बजे सम्म सवारी सञ्चालनमा रोक, प्रशासनको आग्रह अनाबश्यक बाहीर ननिस्कनु

साँझ ७बजे देखी बिहान ५बजे सम्म सवारी सञ्चालनमा रोक, प्रशासनको आग्रह अनाबश्यक बाहीर ननिस्कनु

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, शिक्षा, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै जिल्ल बासीहरुलाइ यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मान्दै सिन्धुपाल्चोक जिल्लाको अरिनको राजमार्ग लगाएतका राजमार्गहरुमा बेलूका ७बजे देखी बिहान ५बजे सम्म सवारी आबत जावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे ले सिन्धुपाल्चोक जिल्लाका राजमार्गहरुमा पहीरोको जोखीम र सानातिना खोल्सा तथा खोलाहरुमा समेत बाढीको सम्भावना रहेकोले रात्रीको समयमा समस्या हुन सक्ने भएकाले सवारीसाधन हरुलाइ रोक लगाइएको बताउँनु भयो । यो सँगै कुनै समस्या भएमा तत्काल हटलाइन नम्बर १२३४ नेपाल प्रहरीको१००फोन गर्न समेत अनुरोध गर्नु भएको छ ।  ...