सम्पर्क

सामुदायिकवनको बक्तृत्वकलामा चौतारको समृद्धि खड्का प्रथम

सगुन बस्नेत
सवल हरित अर्थतन्त्रका लागी युवा सहभागिता र दिगो व्यवस्थापनमा स्थानीय सरकारको प्रतिबद्धता बिषयक बक्तृत्वकला प्रतियोगितामा कृष्ण रत्न गङ्गा माध्यमिक बिद्यालय चौताराकी समृद्धि खड्का पहीलो हुन सफल हुनु भएको छ । साामुदायक बन दिबश २०८३को अबशरमा चौतारा साँगचोकगढी नगरपलिका वडा नं ११मा रहेको जनबिकास माबीमा भएको बक्तृत्वकला प्रतियोगितामा नगर भित्रका १२वटा बिद्यालयले भाग लिएको थियो । वनको दिगो ब्यवस्थापन र सामुदायिक अधिकार शुसासन र हरित अर्थ तन्त्र समृद्धीको आधार भन्ने मुल नारा बोकेर हरेक बर्षको श्रावण २५ गतेलाइ सामुदायक बन दिबशको रुपमा मनाइने गरेको छ । सोही अबशर पारेर बन उपभोक्ता महासंघले बिद्यार्थीहरु बिच बक्तृत्वकला प्रतियोगिातको आयोजना गरिएको आयोजक बन उपभोक्ता महासघंका जिल्ला अध्यक्ष जनक गिरीले जानकारी दिनु भयो । चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा वडा अध्यक्ष रोषन राज गिरी र उद्धब नेपालको अतिथ्यतामा भएको उक्त प्रतियोगितामा नगरका १२वटा बिद्यालयले भाग लिएका थिए । प्रतियोगितामा सहभागिहरु मध्य प्रथम स्थान श्री कृष्ण रत्नगंगा मा. वि. चौताराकी छात्रा समृद्धि खड्का , दोस्रो स्थान श्री सेतिदेवि मा. वि. स्याउलेकी छात्रा रेनुका तामाङ, तेस्रो स्थान श्री जुगल बोडीङ स्कुल चौताराकी छात्रा रिति घले र सान्त्वना स्थान श्री जनविकास मा. वि. साँगाचोक पाथिभराकी छात्रा विनुशा पराजुलीले हासिल गरेका छन ।
सामुदायिक वन दिवस २०८३ को अवसरमा वन संरक्षण, वातावरणीय सन्तुलन तथा सामुदायिक वनको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।कार्यक्रममाका प्रमुख अतिथी नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले वन संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै सामुदायिक वनलाई आयआर्जनसँग जोड्दै संरक्षण र सदुपयोगलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनु भयो । उँहाले आफ्नो अती महत्वपुर्ण बैठक भए पनी सामुदायिक वनको कार्यक्रम भएका कारण आफुले यस कार्यमा महत्व दिएको बताउँनु भयो । उँहाले वन विनाशका कारण वातावरणीय असन्तुलन, बाढीपहिरो, भूक्षय तथा जलवायु परिवर्तनका असर बढ्दै गएको भन्दै वन संरक्षणलाई सबैको साझा दायित्वका रूपमा लिनुपर्ने बताउँनु भयो । सामुदायिक वनले स्थानीय समुदायको जीविकोपार्जनसँगै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको सापकोटाले बताउँनु भयो । बिशेषअतिथी रोषन राज गिरीले वक्तृत्वकला प्रतियोगिताले विशेषगरी विद्यार्थी तथा युवापुस्तामा वन, वातावरण र जैविक विविधता संरक्षणप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताउँनु भयो । उँहाले स्थानीय उत्पादनमा सहभागी हुन सबैलाइ अनुरोध गर्नु भयो । सहभागीहरूले सामुदायिक वनको संरक्षण, विकास र दिगो उपयोगका लागी बालबालीकाको महत्वपुर्ण भुमिका हुने बताउँनु भयो ।कार्यक्रममा अर्का अतिथी वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालले वन संरक्षणका अभियानलाई नारामा मात्र सीमित नराखी व्यवहारमै लागू गर्नुपर्नेमा जोड दिनु भयो उँहाले १४नं वडामा जिल्लाकै पहीलो र राष्ट्र्को तेश्रो जन्मउत्सव पार्क निर्माण भएको र उक्त पार्क व्यवस्थापनका लागी सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो । जिल्ला बन कार्यलयका प्रमुख ओमसागर भण्डारीले सिन्धुपाल्चोक जिल्लाको ठोकर्पाका तत्कालिन प्रधान पञ्च निल प्रसाद भण्डारीको अग्रसरतामा सामुदायक वनको अबधारणा आएको र सोही अबधारणालाइ आधार मानेर यो दिबश मनाउँन शुरु गरिएको स्मरण गर्नु भयो ।सामुदायक बन उपभोक्ता महासंघका महासचिब पार्बता गौतमले समुदायको सक्रिय सहभागिता र सम्बन्धित निकायको प्रभावकारी समन्वयबाट मात्रै वन तथा वातावरण संरक्षणको अभियान सफल हुने बताउँनु भयो । जन्मदिनलाइ सत्कर्ममा जोडौ अभियानका जिल्ला संयोजक नेत्र बहादुर बस्नेतले हरेक नागरिकले आफ्नो जन्मदिनमा केक काट्ने भोज लगाउँने गर्नु भन्दा पनी कम्तीमा पनी एउटा बिरुवा रोपेर जन्म दिन मनाउँन पर्छ भन्ने उद्धेश्यका साथ जन्मदिनलाइ सत्कर्ममा जोडौ भन्ने अभियान चलाइएको बताउँनु भयो । जनबिकास माध्यमिक बिद्यालयका प्र अ बिरेन्द्र राज गिरीले उपस्थित सबैलाइ स्वागत गर्दै आफ््नो बिद्यालयमा यस्तो महत्वपुर्ण कार्यक्रम गरिदिएकोमा बिशेष धन्यबाद दिनु भयो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघंका प्रदेस अध्यक्ष महेस सापकोटा, जिल्ला प्रहरी कार्यलयका राजेन्द्र कटुवाल ,सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य गंगा खड्का , बाग्मती प्रदेश महासंघका सचिवालय सदस्य शिव नेपा स्थानिय महासंघका अध्यक्ष प्रतिनीधि लगायतको आतिथ्यता रहेको कार्यक्रममा जिल्ला महासंघका पदाधिकारीहरु, स्थानीय महासघका पदाधिकारिहरु, सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रतिनिधिहरु , जिल्ला प्रहरी कार्यालय, बिध्यालयका प्र. अ. तथा शिक्षकहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि, सामुदायिक वनका उपभोक्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा मेलम्चि स्थानिय महासंघका अध्यक्ष भोलानाथ आर्चाय, श्री जनविकास मा. बि. पाथीभरा, जिल्लाको उत्कृष्ट सामुदायिक वन चौतारा सागाँचोकगढी नगरपालिका वडा नं ९ को तालकोट रानीपोखरी सामुदायिक वन लाई सम्मान तथा कदर पत्रले सम्मान गरिएको थियो । डिभिजन वन कार्यालयका प्रमुख ओम सागर भण्डारी,  जिल्ला प्रहरी कार्यलयका राजेन्द्र कटवाल र केन्द्रीय महासचिव पार्वता गौतमलाई मायाको चिनो प्रदान गरिएको थियो । ‘प्रतियोगितामा विनोद सापकोटाको संयोजकत्वमा कविराज भट्ट र प्रभा सुवेदी सहितको तीन सदस्यीय निर्णायक मन्डल गठन गरिएको थियो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जनक राज गिरिको सभाध्यक्षतामा समपन्न कार्यक्रम जिल्ला महासंघका सहसचिव विष्णु ढुङ्गानाले सन्चालन गर्नुभएको थियो ।