जलवायु परिबर्तन पर्बत र मानवको भबीष्य भन्ने मुल नाराका साथ सगरमाथा बृक्षरोपण महाअभियान को अन्तीम दिन श्रावण १५गते चौतारासाँगाचोकगढी नगरुपालिका १४मा सडक किनारमा बृक्षरोपण गरिएको छ।
साउन १५ गते खिर खाने दिनको अवसर पारेर आयोजना गरिएका बाताबरण सरक्षण, भूक्षय रोकथाम , तथा पर्यटन बिकास का लागी जिल्ला बन कार्यलय सिन्धुपाल्चोकबाट बिरुवा उपलब्ध गराइएको थियो । कपुर, धुपी लगाएत बिभिन्न खालका करिब ३००वटा बिरुवा रोपिएको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का कार्यलय सचिब जिबन भण्डारीले जानकारी दिनु भयो ।
डिभिजन वन कार्यालय सिन्धुपाल्चोकको ,प्रमुख ओम सागर भण्डारीको सभापतीत्वमा नगर उपप्रमुख सिता थापाको प्रमुख अतिथी र जिल्ला न्ययधिबक्ता भगवती गौतम र वडा अध्यक्ष उद्धव नेपालको बिशेष अतिथ्यतामा कार्यक्रम भएको हो ।
बृक्षरोपण शुरु हुनु अघी भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर उपप्रमुख सीता थापाले विकास, वातावरण संरक्षण र सामाजिक एकताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो।
उहाँले वृक्षरोपण अभियानलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै नगरपालिकाले हरित नगर निर्माणलाई प्राथमिकतामा राखेको बताउनुभयो। जिल्ला न्यायाधिवक्ता भगवती गौतमले नागरिक दायित्व र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्नुभयो। उँहाले बनको कानुन सबेै भन्दा बढी कडा हुने भएकाले बनको पात हाङ्गा काटेपनी कडा कार्बही हुने बताउँनु हुँदै हरेक कार्यक्रममा महीला सहभागतिा अनिबाइता भएको बताउनु भया। विशेष अतिथि वडा नं. १४ का अध्यक्ष उद्धव नेपालले वडामा वातावरण संरक्षणसँगै जनसहभागितामूलक कार्यक्रमलाई प्रोत्साहन गरिँदै आएको बताउनुभयो।
उहाँले सडक किनारमा गरिएको वृक्षरोपणले भविष्यमा हरियाली प्रवद्र्धनका साथै वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
त्यसैगरी, पुर्ब वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले स्थानीय तह, समुदाय र सरोकारवाला निकायबीचको सहकार्यबाट मात्र दिगो विकास सम्भव हुने बताउनुभयो। वन उपभोक्ता महासङ्घ सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष जनक गिरिले वन तथा वातावरण संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै वृक्षरोपणलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।‘जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान’का जिल्ला संयोजक नेत्रबहादुर बस्नेतले व्यक्तिगत तथा सामाजिक अवसरलाई सत्कर्मसँग जोड्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभयो।
उँहाले केक काटेर जन्मदिन मनाउँने होइन हरेक नागरिकले आफु जन्मेको दिनलाइ बिरुवा रोपेर जन्मदिन मनाउँन पर्नेमा जोड दिनु भयो । कार्यक्रमका सभापति तथा डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख ओमसागर भण्डारीले वन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले वृक्षरोपणलाई केवल औपचारिकतामा सीमित नराखी बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारीसमेत सबैले लिनुपर्नेमा जोड दिनुभयो।
बाताबरण संरक्षणका लागी सुरु गरिएकाने सगरमाथा बृक्षरोपण महाअभियान अन्तरगत यो कायृक्रम सञ्चालन गरिएको बताउँनु हुादै जलबायु प्रदुषणबाट हुने अशरबाट बच्नका लागी यो कार्यक्रम ल्याइउको बताउँनु भयो । प्रहरी निरीक्षक नगेन्द्र बस्नेतले समुदाय–प्रहरी सहकार्यलाई अझ सुदृढ बनाउँदै सामाजिक सद्भाव र शान्ति सुरक्षामा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । उँहाले यो कार्य २०बर्ष पहीले गरेको भए यसको फल अहीले पाइने थियो भन्दै अहीले रोपेको बिरुवाको फल अब २०बर्ष पछी मात्र पाइने बताउानु भयो ।
उँहाले नेपाली मौलिक संस्कृतिको रूपमा रहेको साउन १५ लाई सामुदायिक सद्भाव, वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रमपछि सहभागीहरूले सडकको दायाँ–बायाँ विभिन्न प्रजातिका बिरुवा रोपेका थिएमन्तव्यपछि सहभागीहरूले सामूहिक रूपमा खिर ग्रहण गरी साउन १५ को मौलिक परम्परालाई मनाएका थिए। त्यसपश्चात् सडकको दायाँ–बायाँ वृक्षरोपण गरी हरित वातावरण निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण, सामाजिक एकता र सांस्कृतिक परम्पराको प्रवद्र्धनमा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले बताएका छन्।
