सम्पर्क

श्रावण २३गते बाह्रबिसेमा काँग्रेसको कार्यक्रम हुने

श्रावण २३गते बाह्रबिसेमा नेपाली काँग्रेस क्षेत्र नं १ले काग्रेसको “जिल्ला स्तरीय नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ।
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले जिल्लाका नेता तथा कार्यकर्ताबीच संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल गर्ने उद्देश्यले उक्त भेटघाट कार्यक्रम राखेको क्षेत्रीय सभापती बालकृष्ण बस्नेतले बताउँनु भयो । बस्नेतका अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा हुने उक्त कार्यक्रममा जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुको सहभागीता हुनेछ । क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले नेपाली काँग्रेसका कार्यकर्ताहरुको समस्याका बारेमका जानकारी लिने समस्याका समधान गर्ने स्थानीय बिकासमा अझ बढी जनमुखी काम गर्नका लागी यो भेटघाट कार्यक्रम अती महत्वपुर्ण हुने बताउँनु भयो । उँहाका अनुसार अनुसार कार्यक्रममा नेपाली कांग्रेसप्रति आस्था राख्ने नेता, कार्यकर्ता, जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, शुभेच्छुक र कांग्रेसप्रेमीहरूको सहभागिता रहने भएको छ।२०८३ श्रावण २३ गते शनिबार, बाह्रबिसे नगरपालिका–खुर्सानीबारीमा दिउँसो ११ः०० बजे आयोजना हुने भएको हो ।