सम्पर्क

“जीवनको अन्तिम साथ सम्म दुइ दाम्पति“

 

एकराज श्रेष्ठ दोलालघाट
काभ्रेपलान्चोक जिल्लाको दोलालघाटमा रहेको दुलालेश्वर महादेबको मन्दीर छेउबाट सुनकोशी नदीको किनारमा एकजना बृद्धले आफ्नो श्रीमती साथमा हाम्फालेर बेपत्ता भएको छ । हिजो साँझ वृद्धले लामो समयदेखि बिरामी रहेको श्रीमतिलाई पिठ्युमा बोकेर नदीमा हामफाल्नु भएको जनाइएको छ। २जना हाम्फलेको भन्ने खबर पाउँनसाथ प्रहरी परिचालन गरिएको छ । मण्डन देउपुर न पा वडा ७ कुन्ता घर भएका ८० बर्षिय केदार नाथ पराजुलि र उनका ७५ बर्षिय धर्मपत्नी तिल कु पराजली नाम गरेका बुद्ध बृद्धा हुन सक्ने बताइएको छ । ं सुनकोशीले दुई जीवन एकै साथ बगाएको प्रहरी चौकी दोलालघाट काभ्रेका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरिक्षक येशु अधिकारी ले जानकारी दिनु भएको छ ।