उद्धघाटन हुँदै रमाइलो गाउलेको ढिकी जातो आगोको चुलो
कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
जस्तो काम उस्तै नाम बिदेस जाने पैसाले नेपालमै कमाइन्छ दाम भन्दै युवा समाजसेवी ब्यक्ती नकुल नेपालले रमाइलो गाँउले रेष्टुरेन्ट सञ्चालनमा ल्याउँनु भएको छ। यसको औपचारकि उद्धघाटन भने भाद्र १० गते सोमबार श्री कृष्ण जन्मअष्टमीका दिन देखी शुरु हुने भएको छ । नेपाल ड्राइभिङ सेन्टरकासफल ब्यबसायीका रुपमा परचित समाजसेवी नकुल नेपाल सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४का स्थाइ बासिन्दा हुनुहुन्छ । उँहाले काठमाण्डौको चाहबेल गणेश स्थानमा अर्गानीक खानेकुराको ब्यवस्था गरेर रमाइलो गाउले रेष्टुरेन्ट सञ्चालनमा ल्याउँन लाग्नु भएको हो । लोप हुँदै गएको घट्टमा पिदेको लोकल अर्गानिक पिठोको ढिडो ,ढिकीमा कुटेको चामाल ,ढुङे धारा,आगोमा दाउरा बालेर पकाएको स्वादिष्ट ताजा खाना नास्ताको ब्यवस्था भएको सिलौटामा बनाइएको अचार सहित गाउले परिकार सामाग्रीहरु तैयार गरि खुवाइने सञ्चाक नेपालले जानकारी दिनु भयो ।
...
