सम्पर्क

राजनिती

कोइराला जनता सँग माफी माग्दै नयाँ काँग्रेस निर्माणमा लाग्ने

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ र जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन भन्नु भएको छ । उँहाले बिज्ञेप्ती प्रकाशन गर्दै यस्तो बताउँनु भयको हो । उँहाको बिज्ञेप्तीमानेपालको पछिल्लो परिबर्तीत राजनीतिप्रति मेरो दृष्टिकोणःसंविधानसभावाट जारी संविधान अन्तर्गत मुलुकमा दोश्रो आम निर्वाचनको माध्यमवाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल (प्रचण्ड) लाई पाएको छ । सर्वप्रथम संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई नियुक्त हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।संविधानको रक्षा र...

सिमाना बिबाद चर्कीयो पालीका अध्यक्ष सहीत वडा अध्यक्ष स्थानीयको घेराबन्दीमा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला र काभ्रेपलान्चोक जिल्लाको सिमाना बिबाद ले उग्र रुप लिएको समाचार प्राप्त भएको छ । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाइ निर्वाचन समेत बहीस्कार गरेर बसेका सुनकोसी र इन्द्रावतीनदीले सिमाना बनाएको बीचको भागमा पर्ने दोलालघाट, बन्देउटार र डुम्रेबेँसी बेलडाँडा,का बासिन्दाले भुम्लु गाउँपालीकाका अध्यक्ष प्रेम बहादुर भुजेल सहीत वडा नं ८का वडा अध्यक्ष मोतीलाल तामाङ्ग लाइ घेराबन्दी गरीएको पालीका अध्यक्ष भुजेलले बताउँनु भयो । उँहाका अनुसार सर्बच्चो अदालतको आदेश बिपरित नदी जन्य पदार्थको उत्खनन भएको भनी सुचना प्राप्त भएकाले उक्त क्षेत्रको अनुगमन गर्न जाँदा स्थानीयले हातहतीयार बञ्चरो समेत लिइ आफुहरुलाइ नियन्त्रणमा लिएको र पछी सुरक्षाकर्मीले थाहा पाए पछी आफुहरुलाइ घेराबन्दी बाट मुक्त गरेको बताउँनु भयो । उँहाले खोलाको आधा भाग नदीको बिच बिचबाट समेत नदी जन्य पदार...

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार हुने

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ । ...

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य हुनुहुन्छ । तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन पुस ५ गते अपराह्न ५ः४५ बजेसम्म हुनेछ । समितिले उम्मेदवारको दर्खास्त साथ दाखिल हुनुपर्ने शुल्क रु ५१ हजार तोकेको छ । मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ । कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा ...

नेपाल पत्रकार महासंघ सिन्धुको २८ औँ साधारण सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको २८ औँ साधारण सभा सम्पन्न भएको छ । आईतबार सिन्धुपाल्चोक जिल्लाको सुकुट स्थित सुकुटे बिचमा भएको साधारण सभाको उद्धघाटन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्नुपर्नेमा जोड दिनु भयो । बस्नेतले पूर्वाग्राही रुपमा नभई पत्रकारले सत्य तथ्यको जगमा टेकेर मात्रै पत्रकारिता गर्दा पत्रकारजस्तो उँच्च पेशाको मर्यदा रहने बताउनुभयो । ‘पत्रकार सदैव जनताको आवाज बन्नुपर्दछ’, ‘पत्रकारलाई सहि मार्गमा डोहोर्याउन पत्रकार महासंघको भूमिका महत्वपूर्ण हुन्छ भन्नुहँुदै पदाधिकारी बन्नलाइ होइन पत्रकारिता बन्नका लागी सदस्यता दिन र लिन पर्ने समेत बस्नेतले आग्रह गर्न‘ भयो ।’                बस्नेतले दिन भरी सरकारी, अर्धसरकारी वागीर खाने सामाजिक सघं सस्था चलाउँने, ठेकदार ब्यपार ब्यवसाय गर्ने अनी एकछिन सामाजिक सञ्जाल चलाएकै भरमा पत्रकार हु...

जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको पाचँौ जिल्ला सभा सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आफनो पाचौं जिल्ला सभा सम्पन्न गरको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ प्रतिनिधी सभा सदस्य माननीय मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा भएको सभामा आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम र बजेट अनुमोदन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा जिल्लाको समग्र विकासका योजनाहरु कसरी निर्माण गर्ने र स्थानीय तहहरु र प्रदेश सरकार बिच कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने सम्बन्धमा छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथि बस्नेतले कार्यक्रमको उद्घाटन गर्नु हँुदै जिल्ला सम्मन्वय समितीको भुमिकामा कमी भएको तर नाम बढी भएकाले अधिकार सम्पन्न सम्मन्वय बनाउँन पर्नेमा जोड दिनुभएको थियो । बस्नेतले सरकारले जनताले आभास गर्ने गरी विकासनिर्माण का काम गर्न पर्ने बताउँदै जनताको आबश्यकतालाइ समबोधन गर्न तिनै तहका सरकारको दाइत्व रहेको बताउँनस ...

कपाल फुलेको नेता होइन जनताको काम गर्ने नेता हो ःबस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र नं २का प्रतिनिधी सभा सदस्य माननीय मोहन बहादुर बस्नेतले जनताको काम गर्ने मात्र नेता हुने बताउँनु भयो । उँहाले बिगतमा कसले के गर्यो कसले कसलाइ सहयोग गर्यो भन्ने होइन काँग्रेसको सगंठन कसले बनायो जनताको समस्या समाधान गर्न कसले काम गर्यो भन्ने कामको आधारमा मुल्याकंन गरेर नेता बन्न काँग्रेसका कार्यकर्ताहरुलाइ निर्देशन दिनु भएको छ । बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नः१ क्षेत्रीय कार्य समितिको बैठक लाइ सम्बोधन गर्दै उँहाले सिन्धुपाल्चोक जिल्लामा आफ्नो नेतृत्वमा रहेको गठबन्धनका सबै उम्मेद्वारलाइ जिताएर आफ्नो इज्जत र पावर बढाइदिएकोमा जिल्ला बासीलाइ बिशेष धन्यबाद दिदै २ नं क्षेत्रका मतदाताहरुले आफुलाइ लगाएको गुन तिर्न हर प्रयास गर्ने बताउँनु भयो । उाँहाले १ नं क्षेत्रमा पनी याँहाका माननीयहरुले गर्न नसेकाका बिकासका कामहरु ...

जेष्ठ १५ भित्र काम सक्न दुलालको निर्देशन

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, स्वास्थ्य
दोस्रो पटक प्रदेशसभा सदस्यमा बिजयी भएपछि नेकपा माओवादी युवा नेता युवराज दुलाल शरद ले विकासका काममा ध्यान केन्द्रित गर्न थाल्नुभएको छ । अघिल्लो पटक प्रदेश सदस्य जितेर वागमती प्रदेशका समाजिक विकासमन्त्री बनेपछि जनताको मत जित्ने गरी विकासे काम गर्नुभएका उहाँले यस पटक गठबन्धनका साझा उम्मेद्वार बनेर भारी मतले बिजय भए पछी अबको पाँच बर्ष बिकासको भारी जनतालाइ बोकाउँने तयारी थाल्नुभएको छ । अघिल्ला पाँच बर्ष आफूले सुरु गरेका विभिन्न विकासका कामलाई पूर्णता दिने र आउँदा दिनमा थप बजेट ल्याएर प्रदेशलाई जगमग बनाउने दुलालको योजना रहेको छ । मंगलबार माननीय दुलालले सिन्धुपाल्चोकको चौतारा छापमा निर्माणाधिन दिनेश–रामजी स्मृति बहु प्राविधिक शिक्षालयको अनुगमन गर्नुभएको छ । सिन्धुपाल्चोकमा शैक्षिक र प्राविधिक क्षेत्रमा नयाँ इतिहास रच्ने गरी निमार्ण भइरहेको शिक्षालय आगामी जेठ १५ गते हस्तान्तरण गर्ने गरी काम सक्न उ...

काँग्रेस १ क्षेत्रीयबैठक कवर्डहल बाह्र्बिसेमा

राजनिती, समाचार
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नः१ क्षेत्रीय कार्य समितिको बैठक बाह्र्बिसेको कवडहलमा बस्ने भएको छ । १नं क्षेत्रीय उपसभापती देबेन्द्र खड्काका अनुसार निर्वाचन सकिए पछी मङ्सिर २१ गते बुधबार बिहान ११ बजे केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नः२ बाट निर्वाचित सासद माननीय मोहन बहादुर बस्नेत को प्रमुख आतिथ्यमा बैठक बस्न लागेको हो । बाह्र्बिसे कबड हलमा बस्ने बैठकमा क्षेत्र नः१ भित्रका महासमिति सदस्य हरु,महाधिवेशन प्रतिनिधिहरु क्षेत्रीय कार्यसमिति का सबै, क्षेत्र नः१ बाट जिल्ला कार्यसमिति मा प्रतिनिधित्व गर्नुहुने सबै पदाधिकारि तथा सदस्य हरु,प्रदेश क र ख कार्यसमिति का सबै पदाधिकारी तथा सदस्य र प्रदेश प्रतिनिधिहरु,नगर÷गाउँ पालिका का सभापति र कार्य समितिको सम्पुर्ण पदाधिकारी तथा सदस्य हरु,सम्पुर्ण इकाई सभापति हरु,क्षेत्रीय प्रतिनिधि हरु,निर्वाचित गाउँ÷नगर प्रमुख÷उपप्रमुख÷वडा अध्यक्ष÷वडा ...

सुनकोकोशीले मनायो स्वयमसेविका दिवश

ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
  ’महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा सहित सोमबार १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस देशभरी विभिन्न कार्यक्रम गरि मनाइँएको छ।यसै सन्धर्भमा सिन्धुपाल्चोक जिल्ला महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा सुनकोसी गाँउपालिकामा पनी बिशेष कार्यक्रम आयोजना गरिएको छ सुनकोसी गाँउपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको प्रमुख अतिथ्यतामा र उपाध्यक्ष कान्छिमाया लामाको बिशेष अतिथ्यतामा भएको थियो । वडा अध्यक्षहरु, ,स्वास्थ्यकर्मी,हरुको उपस्थितीमा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष तिमल्सिनाले स्वास्थ्य सामग्री,स्ट्रेचर लगायत सबै ठाँउमा सहज पुर्याउन प्रयत्नभै रहेको बताउनुभयो । उहाँले घरमै सुत्केरीहुने दरलाई न्यूनिकरणका लागिपनि पालिकाले काम गरिरहेको बताउनुभयो । उपाध्यक्ष लामाले स्वास्थ्य विमा निशुल्क गराउन पहल गर्...