राष्ट्रिय स्वतन्त्र पार्टी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ समिति गठन गरिएको छ । चौतारा नगरपालिकाको नगर सभापति रविन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सभापतिमा विनोद गिरि, उप–सभापतिमा कविता गिरि, सचिवमा राम कुमार श्रेष्ठ, सदस्यमा क्रमश राधिका गिरि, केनिका कार्की, कलमान गिरि, खिल बहादुर सुनुवार, महेन्द्र गिरि सुवास सुनुवार, देवेन्द्र श्रेष्ठ र सोममाया नेपाली चयन हुनुभएको रास्वपाका नगर सभापति श्रेष्ठले जानकारी दिनुभयो ।
