सम्पर्क

राजनिती

स्वतन्त्र पार्टी चौसागढी न.पा १२ वडा समिति गठन

राजनिती, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ समिति गठन गरिएको छ । चौतारा नगरपालिकाको नगर सभापति रविन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । सभापतिमा विनोद गिरि, उप–सभापतिमा कविता गिरि, सचिवमा राम कुमार श्रेष्ठ, सदस्यमा क्रमश राधिका गिरि, केनिका कार्की, कलमान गिरि, खिल बहादुर सुनुवार, महेन्द्र गिरि सुवास सुनुवार, देवेन्द्र श्रेष्ठ र सोममाया नेपाली चयन हुनुभएको रास्वपाका नगर सभापति श्रेष्ठले जानकारी दिनुभयो ।  ...

नमुना बन्दै मेलम्ची नगरपालिका

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि हासिल गरेका उपलब्धिका साथै पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । शनिबार मेलम्चीमा पत्रकार सम्मेलन गरी नगर प्रमुख आइतमान तामाङले नगरको उपलब्धि प्रस्तुत गर्नुभएको हो । यसरी एक बर्षे कार्यकालको उपलब्धी साबृजनीक गर्ने सिन्धुपाल्चोक जिल्लाको पहीलो पालिका बनेको छ । एक बर्षे कार्यकाल Final Draftपञ्च बर्षीय कार्यक्रमका बारेमा जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बिशेष गरी आफु निर्बाचित भए पछी सवारी चालक का साथै कार्यलय भित्रका कर्मचारी हरु आफु अनुकुल राख्ने चलन चली आएको भएता पनी मेलम्ची नगरपालिकाले भने पुर्बवत स्थितीमा नै कर्मचारी परिचालन गरिरहेको कारण पनी मेलमची नगरपालिका वित्तीय सुशासन जोखिम मूल्यांकन गुणस्तर परीक्षणमा जिल्लाभित्र प्रथम हुनुका साथै वाग्मती प्रदेशमा दोस्रो र नेपालमा नै टपटेन स्थानमा पर्न सफल भएको बताउँनु भयो । यसअघि नगरप...

चौतारा काँग्रेसले १४वटै वडाहरुमा भेला आयोजना गर्ने

#, ब्रेकिङ न्युज २, राजनिती, समाचार
  नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगर पालिका पार्टीकोे नगरमा निर्बचित वडा अध्यक्ष, वडा पाटी सभापतीहरु,र नगरकार्यसमिततीका पदाधिकारीहरु सहीतको सयुक्त बैठक बसेको छ । शुक्रबार बिपी स्मृती भवन चौतारामा नगर सभापती इन्द्रलोचन धितालको सभापतित्वमा भएको बैठकले पाटी जिल्लाको निर्देशन अनुसार जेष्ठ २० गते भित्र सबै वडाहरुमा कार्यकर्ता भेला गरि सक्ने भएको छ । जस अनुसार वडा नं १,२,३,६ मा जेष्ठ १३गते दिउँसो र वडा नं ३,४र ८मा १३गते बिहान भेला बोलाइएको छ । यसै गरी वडा नं ५मा ७गते दिउँसो, वडा नं ९मा ६गतेयसै गरी वडा नं ७,११,र१४नं वडामा १५ गते बिहान र वडा नं १०र १२मा १५ गते दिउँसो र वडा नं १३ मा २० गते भेला बोलाउँने निर्णय भएको नगर सचिब भगवान खड्काले जानकारी दिनु भयो । बैठकमा पुर्ब जिल्ला पाटी सचिब झलक नेपालले नेपाली काँग्रेसले बिगतका दिन हरुमा पनी अनियमितता र भ्रष्टचार गर्नेलाइ बचाउँने कुनै पनी कदम ...

स्वास्थ्य प्रेस संयोजकमा दुलाल

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्नो प्रेस संयोजकमा रामचन्द्र दुलाललाइ नियुक्त गर्नु भएको छ । प्रेस युनियन सिन्धुपाल्चोकका पार्षद दुलाल नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका उपाध्यक्ष समेत रहनु भएको छ । यसै गरी माननीय बस्नेतको निजि सचिवालयको स्वकीय अधिकृतमा रामेश्वर आचार्य नियुक्त हुनु भएको छ भनेप्रशासन सहायक मा दिपक दुलाल नियुक्त हुनुभएको जनाइएको छ ।  ...

सरकार उद्योगी तथा व्यवसायीको पक्षमा छः मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार उद्योगी तथा व्यवसायीको पक्षमा रहेको बताउनुभयो । मंगलबार एकता व्यापार संघको आयोजनामा भएको ‘बृहत् निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू लागेको भन्दै उहाँले कोरोना सङ्क्रमणका कारण बन्द रहेका नाकालाई कूटनीतिक पहलमार्फत चाँडो सञ्चालन गर्न आफूले पहल गर्ने बताउनुभयो । कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । उहाँले व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु मुलुककै लागि दुर्भाग्यको विषय भएको बताउनुभयो । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध...

राप्रपा महिला संगठन महाधिबेशन,भ्रष्टचारको फाइल खोल्न लिङ्देनको अनुरोध

ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी निकट महिला संगठनको महाधिवेशन आइतबारबाट काठमाडौंमा शुरु भएको छ ।        आइतबार भएको पार्टी निकट महिला संगठनको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले वाइडबडी, लडाकु शिविर लगायतको फाइल पनि खोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह आग्रह गर्नु भएको छ ।(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका ठूला फाइल खोल्न सरकारसँग अनुरोध गर्दै ‘लामो समयदेखि नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् । अहिले केही मानिसहरू पक्राउमा परेका छन् । एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नाम आइरहेका छन् । म यहीँबाट सरकारलाई भन्न चाहन्छु यो छानबिनको क्रम जसरी अगाडि बढेको छ । विगतका वाइड बडि काण्ड, ललिता निवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जान हुँदैन । यो देखाउनका लागि मात्रै हुनु हुँदैन,’ भन्नु भयो । उँहाले ‘ प्रधानमन्त्री पुष्पकमल दाहालले सुनियतका साथ सुव...

जनताको सेवाका लागि सधै सहकार्य गर्छु ः स्वास्थ्य मन्त्री बस्नेत

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि सधै सहकार्य गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ द्धारा आयोजित सामाजिक संजाल प्रयोगकर्ता भेटघाट कार्यक्रम यस्तो बताउनुभएको हो । शनिबार सुनकोसी गाउँपालिका–४ सिन्धुबीच रिसोर्टमा नवनियुत्त स्वास्थ्य मन्त्री मोहन बस्नेतको प्रमुख आतिथ्यता उक्त कार्यक्रम गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कोभिडको संक्रमणको बेला आफु दिनरात खटेर जनताको सेवामा लागेको कारण आफुले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्रीमा नियुक्ती हुनुभएको बताउनुभयो । कोभिड संक्रमण तथा बाढिपहिरोको बेला पहिला जनता बचाऔ अनि राजनीति गरौला भन्ने नाराको साथ दिनरात खटिनुभएको उहाँ जुनसुकै पदमा रहेपनि नरहेपनि जनताको सेवामा हरपल रहिरहने बताउनुभयो । विगतमा स्वास्थ्यमन्त्री हुँदा गरेका उत्कृष्...

तीन मन्त्रीद्वारा शपथ, कार्यभार सम्हाले सँगै स्वास्थ्यमा महत्वपुर्ण ४ निर्णय

ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधी सभा क्षेत्र नं २का माननीय मोहन बहादुर बस्नेत सहीत नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू लाइ राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँहरुलाई बुधबार मन्त्री पदमा नियुक्त गर्नुभएको थियो । तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बन्नुभएको हो । कानुनमन्त्री बन्नुभएका धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत हुनुहुन्छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेत केन्द्रीय सदस्य हुनुहुन्छ । शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्...

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सांसद बस्नेतलाई

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक–२ बाट निर्वाचित मोहनबहादुर बस्नेतलाई पुनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ । जनताको सेवा गर्दागर्दै विसं २०१५ भदौ २७ जन्मनुभएका बस्नेतले प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै लिनुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गर्नुभएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । मन्त्री बस्नेत २०७० सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको चौथो मन्त्रिपरिषद् सूचना तथा सञ्चारमन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । साथै, २०५६ मा प्रधानमन्त्री देउवाकै नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्री काम गर्नुभएको थियो । नवनियुक्त मन्त्री बस्नेत विगत लामो समयदेखि सामाजिक, राजनीतिक, शैक्षिकलगायतका विभि...

महाबिर पुनको अनशन राजनितीक समर्थन ऐक्यबद्धता

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्वदेसी उत्पादनलाइ मान्यता दिन लगाएत बिभिाँ मागहरु राखी माइतीघरमा अनशन बस्नु भएका महाबिर पुनको आन्दोलनलाइ बिभिन्न राजनिती दलका नेताहरु, समाजीक सघ सस्थाहरुले ऐक्यबद्धता जनाएका छन । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको राप्रपाको नेतृ बागमती प्रदेस सभा सदस्य माननीय कुमारी तामागंले जानकारी दिनु भयो । उँहाका अनुसार धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको समुह...