सम्पर्क

राप्रपाद्वारा काठमाडौँमा विरोध प्रदर्शन,सडक र सदन दुबैबाट आन्दोलन गर्ने

काठमाडौँ, २७ भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा बुधबार बिरोध जुलुस सहीत बृहत् विरोध सभा तथा बिरोध प्रदर्शन गरेको छ ।गौहत्या अन्त्य गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै राप्रपासहित पार्टी निकट सङ्गठनले प्रदर्शन गरेको हो । देश र धर्मको रक्षा तथा भ्रष्टाचारको विपक्षमा राप्रपाले काठमाडौँको भृकुटीमण्डपदेखि शान्तिवाटिकासम्म ¥याली निकालेको थियो । कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गौहत्या तत्काल रोक्न सरकारलाई आग्रह गर्नुभयो । उँहाले सामाजिक सद्भाव बिथोल्ने, धार्मिक द्वन्द्व ल्याउने र राष्ट्रिय एकतामा खलल पार्ने कामको आफ्नो पार्टीले प्रतिवाद गर्ने बताउनुभयो । सभालाइ सम्बोधन गर्दै कांग्रेस , एमाले ,माओवादी र घण्टी पार्टी एउटै हो साँढेको टाँङ मुनी बाल्टी थापेर दुध आउँदैन त्यसैले दुध आँन त गाइकै टाँग मसनी बस्नु पर्छ लिंदेन ले भन्नुभयो । यसै गरी कार्यक्रममा .डा. प्रकाशचन्द्र लोहनीले प्रधान मनत्री पुष्पकमल दाहालमप्रचण्डलाई चुनौती दिदै , एकलाख मान्छे उतार्ने फूर्ती नदिनु हामी दुई लाख उतारिदिदिन्छौँ भन्नु भयो । कार्यक्रममा पशुपती शम्शेर जवराले राष्टीयताका सवालमा भन्दा ब्यक्तीगत सवालमा गणतन्त्रबादी नेताहरु लागेका कारण नेपालमा गणतन्त्र अफाप सिद्ध भइसकेको बताउँनु भयो । यसै गरी राप्रपाका नेता माननीय ज्ञानेन्द्र शाहीले गणतन्त्र फालौ नेपाल बचाएर देस बिकास गरौंहिन्दुधर्म सहित राज संस्था स्थपना गरौ भन्दै नागरिक सडकमा आएको बेला सत्ताको नेतृत्व गरेको देसको प्रधान मन्त्रीले बर्षा सकिने बितीक्कै एक लाख मान्छैलाइ सडकमा ल्याएर बिरोध गर्छाै भनेकोमा आपत्ती जनाँउदै कसको बिरोध गर्न लागेको सन्सारमा प्रधान मन्त्रीले यसरी सडकमा बिरोध गर्छू भनेको सुनेको पनी छैन देखेको पनी छैन भन्दै यस्ता प्रकारका लाजमर्दाे कुरा नगर्न प्रधान मन्त्रीलाइ अनुरोध गर्नू भयो उँहाले अब राप्रपाले सघीयता,गणतन्त्र र धार्मीक निरक्षपता खप्न नसक्ने भन्दै हिन्दु राष्ट स्थपना, सघीयता खारेजी का लागी सडक सदन दुबै स्थानबाट आन्दोलन गरिने बताउँनु भयो । प्रदेश खारेजको माग बुलन्द पार्दै राप्रपा अब सडक र सदन दुबै तताउने छ ।भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डको पूर्ण छानबिन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्नेलगायतका विषयमा माग गर्दै प्रदर्शन गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।राप्रपाले गौ हत्यारालाई कार्वाही गर,संघीयता खारेज गर,सनातन हिन्दु राष्ट्र कायम गर,भ्रष्टाचारीलाई कार्वाही गर,मूल्य वृद्धि नियन्त्रण गर,राजसंस्थाको पुनर्स्थापना गर,संघीयताको उपहार महङ्गी र भ्रष्टाचार जस्ता नाराहरु लगाउँदै बिरोध प्रदर्शन गरेको थियो ।