गुणस्तरहिन काममा कुनै सम्झौता हुँदैन ःनगर प्रमुख तामाङ
स्थानीय नागरिकले स्थानीय स्तरमा नै सेवा सुबीधा पाए भने मात्र स्थानीय सरकार भएको अनुभुती हुने भएकाले यस प्रती सबैको चासो रहन पर्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । तामाङले उक्त कुरा नगरपालिकाको वडा नं. ७ र ८ को मेलम्ची दुवाचौर बाँसखर्क सडक खण्डको ग्रावेल, वडा नं. ७ को प्रशासनिक भवन र वडा नं. ११ खानीगाउँको सिंढी लगायत निर्माण कार्य सम्पन्न भएको र सञ्चालनमा रहेका योजनाहरुको अनुगमनका क्रममा स्थानीय नागरिकहरु सँग कुरा गर्दै यस्तो बताउँनु भएको हो । गुणस्तरहिन स्थानीय बिकासका बारेमा कुनै पनी हालतमा सहमती र सम्झौता नहुने बताउँदै गुणस्तरहिन काम गर्ने उपभोक्ता समिती तथा ठेकदारहरु जो भए पनी कार्बाही गर्नै बताउँदै हरेक कामहरु पारदर्सी र गुणस्तरिय हुन पर्ने बताउँनु भयो । मेलम्ची नगरपालिकामा चालू आर्थिक वर्ष ०८०÷०८१ को बजेटबाट निर्माणाधीन प्रशासनिक भवन, सडक र सिंढीको बुधबार ...
